चैतेदसैँमा कालिका मन्दिरमा दर्शनार्थीको घुइँचो
०४ वैशाख २०८१
•
१ मिनेट पाठ
चैतेदसैँमा कालिका मन्दिरमा दर्शनार्थीको घुइँचो
चैतेदसैँको अवसरमा तनहुँको पवित्र धार्मिकस्थल तनहुँ कालिका मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ। 




व्यास नगरपालिका–४ सहिद शान्ति पार्कभित्र रहेको कालिका मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको हो।

बडादसैँ र चैतेदसैँको अवसरमा कालिका मन्दिरमा विशेष पूजाआजा हुने गरेको छ। मन्दिरमा पूजाआजा गर्नका लागि दमौली आसपासबाट भक्तजन आएका व्यास–४ का वडाध्यक्ष मनबहादुर गुरुङले बताए।

विगतको केही वर्ष कोरोना महामारीका कारण भक्तजन उपस्थिति कम देखिने गरेकामा यस वर्ष उल्लेख्य वृद्धि भएको व्यास–३ का अजित पन्तले जानकारी दिए।

घुइँचोका कारण पूजाआजा गर्न समय लागेको उनको भनाइ छ।उक्त मन्दिर मल्लकालीन प्यागोडा शैलीमा निर्माण गरिएको छ।

तीन करोड लागतमा मन्दिर निर्माण गरिएको हो। तीन तले मन्दिर ५५ फिट उचाइको रहेको छ। मन्दिरमा विभिन्न देवीदेवताका आकृति भएका ६० वटा टुँडाल हालिएको छ भने मन्दिरमा नौ फिट उचाइको गजुर राखिएको छ। 

पृथ्वी राजमार्गअन्तर्गत दमौली बजारबाट एक किलोमिटरको दूरीमा रहेको मन्दिर परिसरमा पार्क निर्माण गरी पैदलमार्ग बनाइएको वडाध्यक्ष गुरुङले बताए।उनका अनुसार सवारीसाधनका लागि पक्की बाटो निर्माणको योजना बनाइँदै छ।

‘अप्ठ्यारो ठाउँमा ८० मिटर बाटो ढलान गरिएको छ। दमौली बजारबाट एक किमी दूरीमा पर्ने पार्कभित्र सरकार, निजी क्षेत्र र स्थानीयवासीको सहयोगमा केही पूर्वाधार निर्माण सम्पन्न भइसकेका छन् भने गुरुयोजना अनुसारको थप पूर्वाधार निर्माण हुन बाँकी छ’, वडाध्यक्ष गुरुङले भने।

उनका अनुसार ३७ हेक्टर क्षेत्रफलमा काँडे तारबार, १० फिट चौडाइको एक किमी पक्की सिँढी निर्माण, दुई वटा वनभोजस्थल, एउटा कुरुवा घर, सार्वजनिक शौचालय निर्माण सम्पन्न भइसकेका छन्। रिजर्भ ट्याङ्की बनाएर खानेपानीको व्यवस्थापन गरिएको उनले जानकारी दिए। रासस
अर्को समाचार
चैते दसैँमा वीरगञ्जमा डोली यात्रा
२६ चैत्र २०८०
•
२ मिनेट पाठ
चैते दसैँमा वीरगञ्जमा डोली यात्रा
वीरगञ्जको प्रख्यात गहवा माई मन्दिरले चैतेदसैँका अवसरमा गहवा माईको निशानसहितको डोली यात्रा गर्ने भएको छ। मन्दिर व्यवस्थापनको काम गर्दै आएको माईस्थान सञ्चालन समितिले पहिलो पटक वैशाख ४ गते चैतेदसैँका अवसरमा माईको निशानसहितको डोली यात्रा गर्ने तयारी गरेको हो।  




समितिका अध्यक्ष नरेन्द्र शाहले पहिलो पटक गहवा माईको निशानसहितको डोली यात्रा गर्न लागेको जानकारी दिए। ‘गहवामाई मन्दिर वीरगञ्ज क्षेत्रको मात्रै आस्थाको धरोहर नभइ समग्र मधेस प्रदेशसँगै छिमेकीमुलुक भारतको विहार राज्यका दशनार्थीको आस्थाको केन्द्रबिन्दु रहँदै आएको छ’,उनले भने, ‘यो मन्दिरमा भाकल तथा पूजापाठ गरेमा सिद्धि प्राप्त हुने जनविश्वास छ। जसका कारण दैनिक दुई हजारभन्दा धेरै दशनार्थी आउने गर्छन्।’

मन्दिरका मूल पुरोहित राधेश्यामप्रसाद उपाध्यायले डोली तथा निशान पूजाको शुभसाइत वैशाख ४ गते दिनको २ बजे र डोली यात्राको साइत सोही दिनको ४ बजे रहेको बताए।  

डोली यात्रा गहवा माई मन्दिर प्राङ्गणबाट सुरु भई वीरगञ्जको रोड नम्बर २ हुँदै विर्तामाई मन्दिर, अलखिया मठ, महावीर मन्दिर, घण्टाघर हुँदै गहवा माई मन्दिर प्राङ्गणमा हुनेछ। मन्दिरका मूल पुरोहित उपाध्यायले मन्दिरको स्थापना मिति यकीन नभए पनि सयौँ वर्ष पुरानो र ऐतिहासिक मन्दिर भएको बताए।  

आकर्षक शैलीमा मार्बल प्रयोग गरी निर्माण गरिएको मन्दिर दुई तलाको छ। मन्दिरको गर्भगृहमा ऐतिहासिक गहवा माईको मूर्ति र सातवटा देवीको पिण्ड राखिएको छ। मन्दिरको माथिल्लो तलामा चाँदीमा कुँदेर नागको सात वटा देविको पिण्ड राखिएको छ।

वीरगञ्ज महानगरपालिका नगरप्रमुख राजेशमान सिंहले वीरगञ्जको वैभवकारुपमा गहवामाई मन्दिर रहेको बताए। ‘महानगरले गहवा माईको सात दिदीबहिनीको मन्दिरको प्रचारप्रसार गर्न लागेका छौँ’, उनले भने।  

समितिका सचिव कन्हैयालाल केशरीले डोली यात्रामा करिब पाँच हजारभन्दा धेरै भक्तजनको उपस्थिति हुने दाबी गरे। ‘गहवा माईको नगर परिक्रममा गराएमा नगरवासीको सुखशान्ति र समृद्धि प्राप्त हुने जनविश्वास रहँदै आइरहेको छ’,उनले भने,‘दसैँको नवरात्रि र चैते दसैँमा यो मन्दिरमा विशेष मेला लाग्ने गर्छ।’

समितिका अनुसार डोली यात्रामा करिब आठ लाख खर्च लाग्नेछ। सो खर्च भक्तजनको स्वतःस्फूर्त दान रकमबाटै चल्नेछ। यो मन्दिरमा विशेष गरी शनिबार र मङ्गलबार श्रद्धालुभक्तजन दर्शनका लागि आउने गर्छन्।  

मन्दिरमा साधारण पूजा गर्न शुल्क लाग्दैन। तर मन्दिरको गर्भगृहमा गएर विशेष पूजा गर्न रु दुई सय ५५ को टिकट लिनुपर्छ। यो मन्दिरमा सरकारी निकायले फूलपातीमा बढाइँ गर्ने परम्परा छ। यो मन्दिर वीरगञ्जको घण्टाघरचोकबाट दुई मिनेटको दूरीमा पर्छ। -रासस
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३७ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस