१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

नगर सभामै उप-मेयरले गरिन् मेयरलाई जुत्ता प्रहारको प्रयास

कपिलवस्तु नगरपालिकाकी उपमेयर सुनिता गुप्ताले १५ औं नगर सभा चलिरहेका बेला मेयर सुदिप पौडेलमाथि जुत्ता ताकेर प्रहार गर्ने प्रयास गरेकी छिन।

कपिलवस्तुको तौलिहवा स्थित सभा हलमा दिउसो सभामा मन्तव्य दिने क्रममै उप मेयरले सभामा अध्यक्षताका आसन ग्रहण गरेर बसेका मेयर माथि २ पटक जुत्ता प्रहार गर्ने प्रयास गरेकी हुन्।

मन्तव्यमा उप मेयर गुप्ताले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कर्मचारी वडाध्यक्ष मेयरलाई भ्रष्टाचार गरेको लगायतका विभिन्न आरोप समेत लगाएकी थिइन। आक्रोशित अवस्थामा उपमेयर गुप्ता मञ्चमा रहेको टेबल समेत फालेकी थिइन। जुत्ता प्रहार गर्ने प्रयास गरे पछि उप मेयर गुप्तालाई सभामा रहेको अन्य वडाध्यक्ष कर्मचारीहरूले हात समातेर रोकेका थिए। त्यस पछि उप मेयर सभाबाट बाहिरिएकी थिइन। सो लगत्तै सभाले उप मेयरको सो क्रियाकलापको निन्दा गर्दै आवश्यक कारबाहीका लागि निर्णय गरेको मेयर पौडेलले बताए।

मेयर सरह आफूलाई पनि अधिकार सुविधा र बजेटको माग गरेका कारण मेयर र उप मेयर बिच लामो समय देखि विवाद रहँदै आएको छ। गत पुस भित्रै गर्नु पर्ने हिउँदे सभा समेत लामो प्रयास पछि मङ्गलवार मात्र हुने तय गरिएको थियो। घटना लगत्तै सभाले घटना विरुद्ध खेद प्रस्ताव पारित गरी आवश्यक कारबाही गर्ने निर्णय गरेको मेयर पौडेलले बताए। घटना पछि न्यायिक समितीका २ सदस्यहरूले राजीनामा दिएका छन्। वडा नम्बर १० का अध्यक्ष मोहनलाल शर्मा र वडा नम्बर ११ का अध्यक्ष रामगोपाल यादवले दिएको राजीनामा सभाले पारित गरेको छ।

बजेट तथा योजना निर्माण समितिको संयोजक उप मेयर हुने प्रावधान छ। सोही अनुरूप उप मेयर गुप्ताले ५ महिना भन्दा बढी समय बैठक नबसी बजेट निर्माण अडकायर राखेको मेयर पौडेलले बताए। आफुले उप मेयर गुप्तालाई सक्दो सम्मान दिएको तर अहिले आफूमाथि नै अभद्र व्यवहार गरेको बताए। सभाले नगरपालिकाको २०८० को पूरक बजेट पास गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद अर्यालले बताए। नक्सा पास सरलिकृत गर्ने र अनुगमन कार्यविधी समेत पास गरेको छ। वडाध्यक्षहरूले उप मेयर विरुद्ध कारबाहीको माग गर्दे जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन्। 

प्रकाशित: ४ वैशाख २०८१ १७:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App