२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

अन्तर्राष्ट्रिय पर्वतीय संवादको वेबसाइट सार्वजनिक

जेठको दोस्रो साता हुने पर्वत, मानव र जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय संवादको आधिकारिक वेबसाइट बुधवार सार्वजनिक गरिएको छ।

प्रधानमन्त्रीका जलवायु तथा वातावरण सल्लाहकार डा.पपुलर जेन्टलले उक्त वेबसाइट सार्वजनिक गरेका हुन्।

बुधवार सार्वजनिक गरिएको उक्त वेबसाइट (http://mountain.mofe.gov.np) मा सम्मेलन सम्बन्धी सम्पूर्ण जानकारी राखिएको छ।

आगामी जेठ ९ र १० (मे २२ र २३)मा काठमाडौँको चन्द्रागिरि हिल्समा आयोजना हुन लागेको ‘इन्टरनेसनल डायलग अन माउन्टेन, पिपुल एन्ड क्लाइमेट’ नामक संवादमा विश्वका पर्वतीय मुलुकका प्रतिनिधि, विषय विज्ञ र साझेदार संस्थाका प्रतिनिधिसहित २०० जना सहभागी हुने अपेक्षा गरिएको छ।

जलवायु विज्ञान तथा पर्वतीय प्रमाण, पर्वतीय समाधान र साझा विषयवस्तु र पर्वतीय संसाधन तथा अवसर गरी ३ प्रमुख बिषयमा यो संवाद केन्द्रित रहेको छ। सम्मेलनमा २ बटा प्लेनरी र १० बटा संवाद सञ्चालन गर्ने तयारी छ।

सम्मेलनका लागि बन तथा वातावरण मन्त्रीको नेतृत्वमा सल्लाहकार समिति र बन तथा वातावरण सचिवको नेतृत्वमा आयोजक समिति गठन गरिएको छ। सम्मेलन सफल पार्न सचिवालयको स्थापना गरिएको छ भने विज्ञको समूह पनि गठन गरिएको छ। 

प्रकाशित: १२ वैशाख २०८१ १८:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App