आफैंले बनाएको पेस्तोल पड्किंदा युवक घाइते
१६ वैशाख २०८१
•
१ मिनेट पाठ
आफैंले बनाएको पेस्तोल पड्किंदा युवक घाइते
आफैंले बनाएको पेस्तोल पड्किँदा बाँकेमा एक युवक घाइते भएका छन्। जिल्लाको राप्ती सोनारी गाउँपालिका ५ बिनौनास्थित चाचरफर्का निवासी १६ वर्षिय सचिन थारु घाइते भएका हुन्।




जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख (एसपी) तुलबहादुर कार्कीका अनुसार शनिबार राती करिव १२ बजेतिर युवकले उक्त पेस्तोल पाइटको गोजीमा राखेको र निकाल्ने क्रममा आफैं पड्केको थियो।

पेस्तोलको छर्रा थारुको दायाँ खुट्टाको पछाडि लागेको एसपी कार्कीले बताए। घाइते थारुको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

घाइते थारुले युटुव हेरेर आफुले पेस्तोल बनाउन सिकेको प्रहरी समक्ष प्रारम्भिक बयान दिएका छन्।

उनले काठ र फलाम प्रयोग गरेर पेस्तोल जस्तै देखिने हतियार बनाएका थिए। उक्त घटनाको अनुसन्धान भइरहेको बाँके प्रहरीले बताएको छ।

राप्ती सोनारी गाउँपालिका वडा नम्बर ५ मा रहेको भुवर भवानी माध्यामिक विद्यालयको कक्षा ११ मा अध्ययनरत थारुलाई घटनालगत्तै इलाका प्रहरी कार्यालय धामपुरले उपचारका लागि अस्पताल पुर्‍याएको थियो।

घाइतेको अवस्था अहिले सामान्य रहेको प्रहरीले जनाएको छ। युवकले बनाएको उक्त हतियारलाई प्रहरीले नियन्त्रणमा लिएको एसपी कार्कीले बताए। घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको छ,’ उनले नागरिकसँग भने।
अर्को समाचार
बाँके जानकीको जडिबुटी गोदाममा आगलागी
०६ वैशाख २०८१
•
१ मिनेट पाठ
बाँके जानकीको जडिबुटी गोदाममा आगलागी
बाँकेको जानकी गाउँपालिका ६ स्थित पिप्रहवा चोकस्थित एक जडिबुटी गोदाममा आगलागी भएको छ।




बाहुबलि हर्बल उद्योग प्रालिको गोदाममा बिहीबार बिहान ७ बजेबाट आगलागी सुरु भएको हो।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता (डिएसपी) नारायण डाँगीका अनुसार आगो अझै पनि नियन्त्रणमा आउन सकेको छैन।

उक्त जडिबुटी गोदाम नेपालगन्जका व्यवसायी राजेश जैनको रहेको बताइएको छ। प्रहरीका अनुसार आगो नियन्त्रण गर्न बाँके र बर्दियाका करिब आठ दमकल ल्याइएको छ।

स्थानीय बासिन्दा नरेन्द्र ओलीले आगलागीबाट एउटा गोदाम पूरै ध्वस्त भएर अर्को गोदाममा आगो लागिरहेको बताए।

गर्मी याम सुरु भएसँगै आगलागीका घटना हुन थालेका छन्। स्थानीय वासिन्दा र सुरक्षाकर्मी ठूलो संख्यामा भेला भएका छन्।
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस