काठमाडौं विश्वविद्यालयका प्राडा लक्ष्मण ज्ञवालीले बालबालिकाको सिकाइका क्रममा देखापर्ने कठिनाइ ‘डिस्लेक्सिया’ रोग नभई एक अवस्था रहेको बताएका छन्।
हात्तिवनस्थित काठमाडौं विश्वविद्यालयमा आज भएको एक अन्तरक्रियामा उनले ‘डिस्लेक्सिया’को अवस्थाबारे अध्ययनपत्र प्रस्तुत गर्दै बालबालिकाले अक्षर ठम्याउन नसक्ने, बुझाइमा समस्या आउने, अक्षर उल्टो लेख्ने, कम बोल्ने, लजाउने जस्ता लक्षण देखिने क्रियाकलापबाट अभिभावक एवं शिक्षक पीडित भएको बताए।
यद्यपि यी लक्षण देखिनुका कारण पत्ता लगाएर शिक्षक र अभिभावकले परामर्श मार्फत उपचार गर्न सकिने उनको भनाइ थियो। उनले आफ्नो अध्ययनमा नेपालमा १० प्रतिशत विद्यार्थी डिस्लेक्सियाबाट पीडित भएको पाइएको बताए।
नेपाल अङ्ग्रेजी भाषा शिक्षक सङ्घ (नेल्टा), भारतीय अङ्ग्रेजी भाषा शिक्षक सङ्घ (एल्टाई) र नेपाल अङ्ग्रेजी भाषा शिक्षक सङ्घ (नेल्टा) ले गरेको दुई दिने ‘बहुविषयक अन्तर्राष्ट्रिय’ सम्मेलनमा विभिन्न विषयका विज्ञले कार्यपत्र प्रस्तुत गरेका थिए। सम्मेलनमा नेपाल, भारत, सिङ्गापुर, ताइवान लगायत देशका विज्ञको सहभागिता थियो।
प्राध्यापक मोतिकला सुब्बा देवान, लोयाल कलेज चेन्नाई भारतका डा. के एस अन्टोन्सीयाम, काठमाडौं विश्वविद्यालयका अङ्ग्रेजी भाषा विभाग प्रमुख डा. टीकाराम पौडेल, सिचुआन विश्वविद्यालय चीनका विद्यावारिधि तहका विद्यार्थी प्रशान्तकुमार विक लगायत ४० भन्दा बढी विज्ञले कार्यपत्र प्रस्तुत गरेका थिए।
नेल्टाका राष्ट्रिय कार्यक्रम संयोजक विकास रिमालले नेपालमा बहुस्तरीय विज्ञहरूको विचार विमर्श गरी बुझ्ने र बुझाउने सम्मेलनको उद्देश्य रहेको बताए।