बुटवल–व्यापारिक मार्गमा निर्माण कम्पनीको लापरबाही
०१ असार २०८१
•
४ मिनेट पाठ
बुटवल–व्यापारिक मार्गमा निर्माण कम्पनीको लापरबाही
७५० मिटर लम्बाइको ६ लेन सडक बनाउन कति समय लाग्ला ? एक, दुई, चार, ६ वा आठ वर्ष वा त्योभन्दा धेरै ?। देशकै दोस्रो ठुलो व्यापारिक नाका भैरहवा–बेलहियाका स्थानीयले यो प्रश्नको जवाफ खोज्न थालेको वर्षौं भइसक्यो। किनकि बुटवल–बेलहिया व्यापारिक मार्गअन्तर्गत भैरहवा भन्सारदेखि दक्षिणतर्फ बाइपाससम्मको मुख्य सडक भत्काउन थालेको आठ वर्ष भयो। जम्मा ७५० मिटरको ६ लेन सडक बनाउन निर्माण कम्पनीलाई ठेक्काको म्याद ६ पटक थपियो। तर सडक अहिले पनि अलपत्र छ।




२०७३ सालमै निर्माण कम्पनी बिरुवा कन्स्ट्रक्सन प्रालिले ७५० मिटर लम्बाइको यो सडक निर्माण गर्न ठेक्का पाएको थियो । दुई वर्षमा सम्पन्न गर्ने गरी १८ करोड रूपैयाँमा ठेक्का सम्झौता भएको हो। तर आठ वर्षमा ६ पटक म्याद थप्दा पनि बिरुवाले सडक निर्माण नगरी अलपत्र छोडिदिएको छ।

स्थानीयले आठ वर्षअघि नै प्रशासनको निर्देशनबमोजिम सडक क्षेत्रभित्र पर्ने घरसंरचना हटाएर खाली गरिदिएका थिए । त्यसलगत्तै ठेकेदारले सडक भत्काउन थालेको हो। तर २०७३ देखि भत्काइएको सडक अहिलेसम्म बनेको छैन । सडकको पूर्वी किनारमा रहेका अध्यागमन, क्वारेन्टाइन, पर्यटन, प्रहरीलगायत सरकारी कार्यालय पनि त्यतिबेलै सारिएका थिए। सडकको पश्चिम किनारमा रहेको इलाका प्रहरी कार्यालय बेलहियालाई सारेर भन्सार परिसरमा लगिएको छ। 

पश्चिमी किनारमा रहेको भैरहवा भन्सारले यात्रु शाखा सारिसकेको छ। सरकारी संरचनाका कारण सडक निर्माणमा कुनै रोकावट नभए पनि ठेकेदारले कामअगाडि नबढाएको भैरहवा भन्सारका अधिकारी बताउँछन्। नेपाल–भारत पारवहन सेवा सहज बनाउने उद्देश्यले विस्तार गरिएको बुटवल–बेलहिया व्यापारिक मार्गअन्तर्गत बेलहिया–सुनौली नाका जोड्ने सडक हो यो। 

भारतबाट दैनिक सयौं मालबाहक गाडी यही सडक हुँदै नेपाल प्रवेश गर्छन्। स्थलमार्ग हुँदै सबैभन्दा धेरै पर्यटक भित्रिने नाका पनि यही हो । जुन नाकाको मुख्य सडक नै विगत ८ वर्षदेखि भत्काएर असरल्ल पारिएको छ। लथालिंग सडकले पर्यटकीय नाकालाई बिजोग बनाएको छ। निर्माणाधीन सडककै कारण सबै क्षेत्र नराम्ररी प्रभावित भएका छन्। 

धुुलोले सडकछेउका स्थानीय हैरान छन्। अस्तव्यस्त सडक र धुलोका कारण व्यापारव्यवसाय चौपट भएको बेलहियाका स्थानीय रामनरेश जैयसवालले बताए। नेपाल प्रवेशको मुख्य नाकामै वर्षौंसम्म सडक अलपत्र हुँदा त्यसको असर पर्यटन क्षेत्रमा पनि परेको छ। बिरुवाले ८ वर्षमा जम्मा ७० प्रतिशत काम गरेको सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ।

स्थानीयले पटक पटक सडक निर्माणको कामलाई गति दिन दबाबमूलक कार्यक्रम गरे पनि सम्बन्धित निकाय मुख दर्शक भइदिँदा ठेकेदारको लापरबाही बढेको बेलहियाका स्थानीय तथा पर्यटन व्यवसायी श्रीचन्द्र गुप्ताले बताए। ठेक्का लिएर काम नगर्ने निर्माण कम्पनीलाई समयमै कारबाही नगर्दा सात सय मिटरको सडक आठ वर्षसम्म अलपत्र परेको सोसाइटी अफ ट्राभल्स एन्ड टुर अप्रेटर नेपालका अध्यक्षसमेत रहेका गुप्ताले बताए।

बिरुवा कन्स्ट्रक्सनले पहुँचको भरमा नियामक निकायलाई प्रभावमा पारेर विभिन्न बहानामा निर्माणको काम अलपत्र पारिदिएको हो। सम्बन्धित निकायले पनि उसलाई (बिरुवा कन्स्ट्रक्सनलाई) समयमै कारबाही गर्नुको साटो पटकपटक म्याद थप गरी उल्टै प्रोत्साहन गर्दै आएको थियो।

ठेकेदारको लापरबाहीप्रति सडक डिभिजन कार्यालयले आँखा चिम्लिदिएपछि स्थानीयले पछिल्लो समय जिल्ला प्रशासनमार्फत बिरुवालाई कारबाही गर्न र निर्माणको कामलाई गति दिन दबाब बढाएका थिए । स्थनीयको पटक पटकको दबाबपछि गत वैशाखमा प्रशासनले ठेकेदार कम्पनीलाई कारबाही गर्न सडक डिभिजनलाई निर्देशन दिएको थियो। प्रशासनले ठेक्का सम्झौताको कार्यप्रगति अत्यन्तै निराशाजनक रहेकाले निर्माण कम्पनीलाई कारबाहीका लागि हस्तक्षेपसहित निर्देशन दिन आग्रह गर्दै गृह मन्त्रालय, अख्तियार र सडक विभागलाई पनि बोधार्थ पठाएको थियो।

पहुँचकै भरमा ८ वर्षसम्म आयोजना अलपत्र पारेको बिरुवालाई प्रशासनको निर्देशनपछि बल्ल सडक डिभिजन कार्यालय बुटवलले कारबाहीका लागि सिफारिस गरेको छ। सडक डिभिजन कार्यालय बुटवलका सूचना अधिकारी इन्जिनियर महेश्वर लम्सालले बिरुवासँगको ठेक्का सम्झौता तोडेर नयाँ ठेक्काका लागि विभागमा पत्राचार गरिएको बताए। विभागबाट बजेट सुनिश्चित भएपछि पुनः ठेक्का आह्वान गरिने उनले बताए। पटकपटक म्याद थप गर्दा पनि कामै नगरी सडक अलपत्र पारेपछि निर्माण कम्पनीलाई कारबाही स्वरूप ठेक्का तोड्ने, कालोसूचीमा राख्ने र बाँकी कामको अनुमानित लागत इस्टमेट गरी उक्त रकमबराबर हर्जाना तिराउने गरी सिफारिस गरिएको सूचना अधिकृत लम्सालले बताए। बिरुवाले सो सडकमा बाँकी कामको अनुमानित लागत रकम करिब ७ करोड रूपैयाँ बराबर तिर्नुपर्ने उनले बता।
अर्को समाचार
मालिकामा पर्यटक भित्र्याउन सडक निर्माण
०५ फागुन २०८१
•
२ मिनेट पाठ
मालिकामा पर्यटक भित्र्याउन सडक निर्माण
म्याग्दीको धवलागिरी गाउँपालिका–३ मा रहेको पर्यटकीयस्थल मुना मालिका जोड्ने सडक निर्माण थालिएको भएको छ। गण्डकी प्रदेश सरकार र धवलागिरी गाउँपालिकाले मुनादेखि मालिका धुरी जोड्ने सडक निर्माण थालेका हुन्। भौगोलिक विकटता र यातायातको असुविधाका कारण ओझेलमा परेको मुना मालिकामा पर्यटक भित्र्याउनका लागि सडक निर्माण गर्न लागिएको धवलागिरी गाउँपालिका–३ का वडा अध्यक्ष देवेन्द्र रोकाले जानकारी दिए। 




“गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा विनियोजन गरेको १५ लाख रुपैयाँ बजेटबाट उपभोक्ता समिति मार्फत मुनादेखि साइलाखर्कसम्म दुई किलोमिटर एक सय मिटर सडक निर्माण सकिएको छ,” उनले भने “गण्डकी प्रदेश सरकारले बिनियोजन गरेको २० लाख रुपैयाँ बजेटबाट साइलाखर्कदेखि मालिका धुरीतर्फ थप तीन किलोमिटर सडक निर्माणका लागि पूर्वाधार विकास कार्यालयले ठेक्का आव्हानको तयारी गरेको छ।”

दुई योजना मार्फत पाँच किलोमिटर सडक निर्माण भएपछि पाँच घण्टाको यात्राअवधी ४५ मिनेटमा छोटिने वडा अध्यक्ष रोकाले बताउनुभयो।  मुनादेखि मालिका धुरी पुग्न हाल कम्तीमा छ घण्टा जङ्गलको उकालो बाटोमा पैदलयात्रा गर्नुपर्छ।  सडक निर्माण भएपछि एक घण्टा भन्दा कम समय पैदलयात्रा गरेर मालिका पुग्न सकिनेछ।  

सूर्योदय, हिमशृङखला, पहाडी भूगोल, वन पैदावार, वन्यजन्तुको अवलोकन गर्न सकिने मुना मालिका समुन्द्री सतहदेखि तीन हजार सात सय मिटर उचाइमा छ। पुथा, गुर्जा, सिस्ने, धौलागिरि, मानापाथी, अन्नपूर्ण, निलगिरी हिमशृङखलाको अवलोकन गर्न सकिने मुना मालिका सुनसान छ।  म्याग्दी र बागलुङका वस्तीहरू देखिन्छ।  बादल र पहाडको लुकामारी हेर्न पाइन्छ।  

मुनादेखि मालिका धुरी जाने पदमार्ग दुर्लभ बन्यजन्तु रेडपान्डा (हाब्रे) को बासस्थान पनि भएको वडा अध्यक्ष रोकाको भनाइ छ। मुना मालिकामा हरेक वर्षको बुद्धपूर्णिमामा दिन मेला लाग्ने गर्छ। जालिका, मालिका र कालिका देविको थान रहेको छ। बुद्ध पूर्णिमाका दिन मुना मालिकामा पूजाआजा गर्नाले मनोकाङ्क्षा पुरा हुने जनविश्वास रहेको छ। 

मालिका गाउँपालिकाको देविस्थान र धवलागिरीको मुनाका बासिन्दाहरू यहाँ पूजाआजाका लागि जाने गर्दछन्। पहिले पहिले यहाँ धार्मिक मेला लाग्ने र ठेलो फाल्ने प्रतियोगिता हुने गरेको बुढापाका बताउँछन्‌। यो क्षेत्रमा मुनाका कृषकले गाईभैँसी र भेडाबाख्राको गोठ लैजाने चलन थियो। पाहुना, पर्यटक र भक्तजन आश्रयस्थलमा बास बस्छन्। होटल तथा रेष्टुरेन्ट नभएकाले खाने र बन्दोबस्तीका सामान आफै लैजानुपर्ने हुन्छ।  

यात्राअवधी र बाटो छोट्याउने, आश्रयस्थल बनाउने, चिया पसल सञ्चालन, देविस्थान, ताकमकोत र ढोरपाटनको जलजलासँग मुना मालिकालाई जोडेर पदमार्ग सञ्चालनका लागि सम्भाव्यता अध्ययन भैरहेको धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगर बताउँछन्। रासस
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock २ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस