रामेछापमा यात्रुबाहक बस दुर्घटना ९ जना घाइते भएका छन् भने २ को अवस्था गम्भीर रहेको छ। लिखु तामाकोसी गाउँपालिकाको बिर्ता लामपानीमा यात्रुबाहक बस आज बिहान दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक तथा सुचना अधिकारी कौशल न्यौपानका अनुसार बसमा जम्मा सवार ९ जना रहेको र ती मध्ये २ जनाको अवस्था गम्भीर रहेको छ।
खिम्ति केउरिनि हुँदै मन्थली जाँदै गरेको अरनिको यातायातको बा ५ ख ५६२५ नम्बरको यात्रुबाहक बस बिहान साढे आठ बजे राती पानी पर्दा कच्ची सडकमा माटो भएकाले बसको अगाडिको चक्का भाँसिएर दुर्घटना भएको हो।
प्रहरीको टोली घटनास्थलमा पुगेको र उद्धारको काम भइरहेको उनको भनाई छ। थप विवरण आउन बाँकी छ।