२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

उच्च सुरक्षा सतर्कतामा प्रहरी

काठमाडौं – बुधबार बिहान नेपालमै पहिलो पटक ठूलो मात्रामा तेल खेर जानेगरी ट्याङ्कर दुर्घटना भयो। उदयपुरको कटारीमा बुधबार बिहान २ बजेतिर १२ हजार लिटर डिजल बोकेको ना६ख ३२३१ नम्बरको ट्याङ्कर दुर्घटना हुँदा दुई जनाले ज्यान गुमाए भने तीन जना गम्भीर घाइते भएका छन्।  

दुर्घटनामा परी चालक बारा जिल्ला अम्लेसगन्ज–४ का २३ वर्षीया पूर्णप्रसाद खनाल र मकवानपुर जिल्ला नामाटारका ३१ वर्षीया सरोज मोक्तानको ज्यान गएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार, भक्तपुरका २४ वर्षीया सुवास तामाङ्ग, बारा निजगढका १७ बर्षीया अभिषेक श्रेष्ठ र दोलखा चरिकोटका २५ वर्षीया सुजन गोले गम्भीर घाइते भएका छन्।

यो नेपालमै पहिलो ठूलो ट्याङकर दुर्घटना हो’ महानगर ट्राफिक प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता उमेश सञ्जितकारले पुष्टि गर्दै भने, ‘आजसम्म नेपालमा यस्तो ठुलो ट्याङकर दुर्घटना भएको हामी कहाँ रेकर्ड छैन।’

ट्याङकर दुर्घटना भएसँगै ठुलो आगलागी हुन सक्ने जोखिम बढेकाले प्रहरीले उच्च सतर्कता अपनाएको जनाएको छ। १२ हजार लीटर तेल भिरमा बगेकाले आगलागी हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै जनतालाई सो नजिक नजान सचेत गराइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी नवराज भट्टले जानकारी दिए।

‘भिरमा तेल बगेकाले छेकबार गर्न सम्भव छैन’, भट्टले भने, ‘बस्तिबाट घटनास्थल टाढा रहेकाले धेरै जोखिमको अवस्था छैन।’ उनले भने, ‘तर पनि जंगलमा आगलागी भएर ठूलो क्षति हुन सक्छ। त्यसलाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाइएको छ।’

प्रकाशित: १४ चैत्र २०७४ ०५:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App