हिमाली जिल्ला ताप्लेजुङमा ६ महिनाको अवधिमा मानव अधिकार उल्लंघनका ३० वटा घटना भएको पाइएको छ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशनपूर्व अर्धवार्षिक समीक्षा कार्यक्रममा यस्तो बताएको हो।
इन्सेक जिल्ला प्रतिनिधि एलिना दियालीका अनुसार २०८० पुसदेखि २०८१ असारसम्ममा भएका मानव अधिकार उल्लंघनसँग सम्बन्धित ३० वटा घटनामध्ये सबैभन्दा बढी घरेलु हिंसाका घटना भएका छन्। दियालीका अनुसार यो अवधिमा घरेलु हिंसाका १६ वटा घटना भए।
यस्तै बलात्कार र कुटपिटका समान ६–६ वटा, जातीय विभेद र आत्महत्या दुरुत्साहनका १–१ वटा घटना छन्। ६ महिने अवधिमा आठ वर्षीया बालिकादेखि ६८ वर्षीया महिला बलात्कृत भएको घटनालाई इन्सेकले समीक्षाका रूपमा उठाएको छ। समीक्षा कार्यक्रममा बाढीपहिरोबाट सृजित समस्यादेखि विपद्को पूर्व तयारीका विषयले समेत प्रवेश पाएको इन्सेक ताप्लेजुङले जनाएको छ।
यस्तै हिंसापीडित महिला तथा बालिका राख्न जिल्लामा पुनस्र्थापना केन्द्र (सेफ हाउस) स्थापना गरिनुपर्नेमा जोड दिइएको छ। माध्यमिक शिक्षा परीक्षा (एसइई) को हालै प्रकाशित नतिजामा जिल्लाका २३ सामुदायिक विद्यालयको नतिजा शून्य भएको र ननग्रेड अर्थात् एनजी नतिजाका कारण आफूमा शैक्षिक असफलताको कारण देखाई मेरिङदेन गाउँपालिकाकी एक बालिकाले आत्महत्या गरेको विषयसमेत इन्सेकको समीक्षाका क्रममा उठेको थियो।
समीक्षा कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले मानव अधिकार साझा सवाल भएको बताए। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख (डिएसपी) रवि रावल, सशस्त्र प्रहरी बल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाका गुल्मपति सशस्त्र प्रहरीका डिएसपी रवीन सिलवाल, जिल्ला कारागार कार्यालय ताप्लेजुङका प्रमुख कुलेन्द्र खवास, गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष खड्गविक्रम सुुवेदीसहितले मानव अधिकार सवाल, यसको संरक्षण र सामाजिक दायित्वका विषयमा आआफ्ना धारणा राखेका थिए।