त्यसपछि महानगरपालिकाले जेठ २७ गते उच्च अदालत पाटनमा रिट दायर गरेको थियो। सो रिटमा उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले महानगरपालिकाले माग गरेबमोजिमको अन्तरिम आदेश दिएको थियो।
रिट निवेदनमा महानगरपालिकाले, आफ्नो क्षेत्रभित्रको वडा नं. २२, २३ र २४ अन्तर्गत पर्ने न्युरोड बजार क्षेत्रमा आर्थिक वर्ष २०८०–०८१ को आर्थिक बजेटबाट फुटपाथ (सडक पेटी) विस्तार गर्ने योजना अनुरूपको कार्य सञ्चालन गर्ने सन्दर्भमा विपक्षी सडक डिभिजन कार्यालयले मिति २०८१ जेठ १२ बाट अवरोध सृजना गरी सडक पेटी निर्माण गर्न नदिने ब्यहोराको पत्राचार एवं भौतिक रूपमा हस्तक्षेप गरेको उल्लेख गर्दै उपचारको र तत्काल अन्तरिम आदेश माग गरेको थियो।
काठमाडौं महानगरपालिकाका नगर सभा सदस्यहरूकाे आज बसेकाे अनाैपचारिक बैठकले मेयर बालेन्द्र साहलाई जति सक्दो छिटो कार्यपालिका र त्यसपछि नगरसभा बैठक बोलाउन दबाब दिएका छन्।
केही दिनअघि कार्यपालिका ४२ मध्ये ४१ सदस्यकाे अनौपचारिक बैठकले पनि छिटो कार्यपालिका बैठक बाेलाउन मेयर साहलाई दबाब दिएको थियाे। आजकाे छलफलमा नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र र एकीकृत समाजवादीका जनप्रतिनिधिहरूकाे उपस्थिति रहेको वडा २२ का अध्यक्ष चिनकाजी महर्जनले जानकारी दिए।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १७ को उपदफा १ अनुसार ‘कार्यपालिकाको बैठक कम्तीमा महिनाको एक पटक बस्नेछ’ भन्ने व्यवस्था रहे पनि काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक पुसदेखि बस्न सकेको छैन। नगरसभाकाे बैठक ६ महिनामा अनिवार्य बस्नुपर्ने हुन्छ। अझ बजेटकाे सम्मुखमा नगरसभा बैठक बस्नै पर्ने बाध्यता छ। तर, मेयर साह भने कार्यपालिका र नगर सभा दुवै बैठक छल्दै हिँड्न थालेपछि महानगरपालिकाभित्र गर्नुपर्ने विकास निर्माण, नीतिगत निर्णयलगायत पनि अन्योलमा पर्दै आएका छन्।
स्थानीय तहले असार १५ गतेसम्ममा बजेट ल्याउनुपर्ने कानुनी बाध्यता छ त्याे समेत मेयर साहले बैठक छल्दै आएपछि अन्याेलमा परेकाले दबाब दिन छलफल अघि बढाएकाे महर्जनले जानकारी दिए। ‘मेयरको नेतृत्वको सीमा निर्धारण समितिको बैठक समेत उहाँकै कारण बस्न नसक्दा बजेट कस्तो र कत्रो ल्याउने भन्नेमा समेत अन्योलता सिर्जना भएको छ,’ महर्जनले भने, ‘उहाँ (मेयरज्यु) कहिले नेतालाई गाड्ने भन्नुहुन्छ कहिले सिंहदरबारमा आगाे लगाउँछु भन्नुहुन्छ। तर, महानगरपालिका भित्रचाहिँ उहाँले अभिभावकीय भूमिका खेल्न नसक्दा एकपछि अर्काे समस्या देखिएको छ।’
लामो समयदेखि कार्यपालिका बैठक बस्न नसक्दा आर्थिक वर्ष २०८२–८३ का लागि बजेट निर्माणको प्राथमिकताका विषयमा महानगरले कार्यपालिकामा छलफल गर्न नपाएको भन्दै महर्जनले भागेर हाेइन बैठकमा बसेर समस्या समाधानकाे उपाय खाेज्न पनि मेयर साहलाई आजकाे अनाैपचारिक बैठकले आग्रह गरेकाे जानकारी दिए।
स्थानीय सरकार सञ्चालन ऐनमै सभा तथा कार्यपालिकाको बैठक नगर प्रमुखले बोलाउने र बैठकको अध्यक्षता गर्ने प्रावधान छ। तर, मेयरले बैठक नबोलाउँदा आगामी आर्थिक वर्षको बजेट आउने–नआउने समेत अन्योल देखिएपछि कार्यपालिका सदस्यपछि नगरसभा सदस्यहरूले दबाब सुरु गरेका हुन्। जनताप्रति उत्तरदायी हुनुपर्ने जनप्रतिनिधि नै जवाफदेही नहुँदा जनउत्तरदायी काममा अवरोध देखिएको पनि जनप्रतिनिधिहरूको गुनासाे छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...