वैलैमा वर्षा,समयमै रोपाँईले धान उत्पादन बढ्ने आशा
०९ साउन २०८१
•
३ मिनेट पाठ
वैलैमा वर्षा,समयमै रोपाँईले धान उत्पादन बढ्ने आशा
सदरमुकाम गाईघाट नजिकै भुल्केमा सरिसकेको धान रोपो । तस्विरः महेश्वर/नागरिक
समयमै वर्षा सुरु भएकाले यो वर्ष उदयपुरका किसानलाई बेलैमा रोपाँई गर्ने अवसर जुरेपछि धान उत्पादन बढ्ने आशा पलाएको छ । विगत वर्षहरूजस्तो खडेरी नलागी समयमै पानी पर्दा रोपाँई पनि बेलैमा गर्न पाएपछि किसानलाई उत्पादन बढ्ने आसा पलाएको हो ।




असार पहिलो सातादेखि साउन दोस्रो साताभित्र गरिसक्नुपर्ने रोपाँई यो वर्ष समयमै सकिन लागेको छ । विगत वर्षहरूजस्तो समयमा पानी नपर्दा ढिला रोपाँई गर्ने समस्या यसपालि किसानले भोग्न परेको छैन । वर्षा समयमा नहुँदा भदौ अन्तिमसम्म रोपाँई गर्नुपर्ने बाध्यता किसानले यस वर्ष खेप्नु नपरेको कृषि ज्ञान केन्द्र उदयपुरले जनाएको छ । समयमै वर्षा भएकाले रोपाँई पनि बेलैमा सुरु भएकाले किसानलाई सहज भयो ।

यो वर्ष समयमै वर्षा हुँदा बेलैमा रोपाँई थालेर लगभग अन्तिम अवस्थामा पुगेको ज्ञान केन्द्रका प्रमुख योगेन्द्र यादवले बताए । विगत वर्षहरूजस्तो यो वर्ष खडेरी नलागी वैशाख सुरुदेखि नै वर्षा हुँदा आकाशे पानीको भरमा खेती गर्ने किसान पनि लाभान्वित भएको यादवले बताए । यो वर्ष वैशाखयता निरन्तरजस्तो पानी परिरहेको छ । सातामा २÷३ दिन बिराएर वर्षा भइरहेकाले सिँचाई सुविधा नपुगेको खेतमा पनि रोपाँई गर्न सहज भएको छ ।

वर्षा पर्याप्त भएपछि सिँचाई पुगेको खेतमा कुलोबाट पानी पटाउन र सिँचाई सुविधा नभई आकाशे पानीको भरमा खेती गर्ने किसानलाई पनि रोपाँई गर्न यसपालि कुनै दुःख छैन । समयमै पानी पर्दा जेठ अन्तिमदेखि नै रोपाँई सुरु भएर असार १५ गते मनाइने ‘धान दिवस’सम्ममा १५ प्रतिशत रोपाँई भइसकेको ज्ञान केन्द्रका प्रमुख यादव बताउँछन् । त्यसयता पनि लगातार रोपाँई भइरहेको र साउन पहिलो सातासम्म ७९ प्रतिशत भइसकेको तथ्याङ्क यादवले दिए ।

‘यो वर्ष पहिलाजस्तो वर्षा नहुने समस्या छैन, त्यसैले बेलैमा किसानले रोपाँई सुरु गर्न भ्याए’ प्रमुख  यादवले भने ‘असार १५ गतेभित्रै १५ प्रतिशत रोपाँई भइसकेको थियो । अहिलेसम्म ७९ प्रतिशत रोपाँई सकिसकेको छ । विगतजस्तो खडेरी नपरेकाले यो वर्ष किसान खुसी छन् ।’

ज्ञान केन्द्रका अनुसार सदरमुकाम त्रियुगालगायत जिल्लाका सबै स्थानीय तहमा रोपाँई गर्ने क्रम अन्तिम चरणमा पुगिसकेको छ । ‘अन्न भण्डार’ भनेर चिनिने समथर भूभाग समेटिएको त्रियुगा, कटारी, बेलका र चौदण्डी गढी नगरपालिकाका विभिन्न वडाको खेतहरू रोपाँई सरेर हरियो भइसकेको छ । त्यस्तै पहाडी गाउँपालिकाहरू उदयपुरगढी, रौतामाई, ताप्ली र लिमचुङबुङका बेँसी र खोँचजस्ता खोला खोल्सीका खेतहरू पनि रोपाँई जागेर रोपो गोड्ने बेला भइसकेको छ ।

ज्ञान केन्द्रकी बाली विकास अधिकृत अनु बिसीका अनुसार उदयपुरमा बेलैमा सुरु भएकाले रोपाँई सक्ने चरणमा पुगिसकेको छ । बढीमा साउन अन्तिमसम्ममा सबैतिर रोपाँई सकिसक्ने बिसी बताउँछिन् । सुरुसुरुको रोपो त सरेर धान गोड्ने बेला भइसकेको उनको भनाई छ । असार अन्तिमतिरको रोपाँई पनि हरियो भइसकेको छ भने कतैकतै छिटपुट मात्र रोपाँई गर्न बाँकी रहेको अधिकृत बिसीले बताईन् ।

ज्ञान केन्द्रकी कृषि विकास अधिकृत फुलमाया शेर्पाका अनुसार उदयपुरमा १४ हजार २ सय ५० हेक्टर क्षेत्रफल जमिनमा धान खेती लगाउने गरिएको छ । जसमध्ये त्रियुगा, बेलका, कटारी र चौदण्डी गढी नगरपालिकामा धान खेतीको हिस्सा धेरै छ । पहाडी भेगमा भने भिरालो जमिन हुने हुँदा खोला खोल्सी र बेँसी खोँचतिर मात्र धान खेती लगाउने गरिएको छ । तराई र समथर भूभागमा सिँचाई सुविधा नभए पनि आकाशे पानीकै भरमा धान बाली उब्जाउन सकिने भए पनि पहाडी भेगमा भने सिँचाई कुलो अनिवार्य हुन्छ । समथरमा जस्तो पहाडमा कुलो मुहान नभएको ठाउँमा धान उत्पादन गर्न नसकिने शेर्पा बताउँछिन् ।

वर्षेनी ६० देखि ८० हजार मेट्रिक टन धान उत्पादन हुँदै आएको उदयपुरमा आउँदो वर्ष उब्जनी बढ्ने अनुमान ज्ञान केन्द्रले गरेको छ। बेलैमा पानी परेकाले समयमै रोपाँई गर्न पाएका कारण आउँदो वर्ष धानको फसल बढ्ने अनुमान गर्न सकिने शेर्पा बताउँछिन्। ‘पोहोर परारजस्तो खडेरी लागेन, त्यसैले यस वर्ष बेलैमा रोपाँई गर्न पाइयो’ अधिकृत शेर्पाले भनिन् ‘त्यसैले कुनै रोग व्याधि लागेन भने आउँदो वर्ष धान उत्पादन कम्तीमा १०÷२० प्रतिशत बढ्ने आसा पलाएको छ ।’ 
अर्को समाचार
उदयपुरबाट ८ हजार बढी राहदानी वितरण, पौने ५ करोड राजश्व
०९ साउन २०८२
•
२ मिनेट पाठ
उदयपुरबाट ८ हजार बढी राहदानी वितरण, पौने ५ करोड राजश्व
जिल्ला प्रशासन कार्यालय उदयपुर। तस्बिरः महेश्वर
गएको एक वर्षमा उदयपुरका ८ हजार बढी जिल्लावासीले नेपाली राहदानी प्रमाणपत्र (पासपोर्ट) लिएका छन्। जिल्ला प्रशासन कार्यालय उदयपुरले दिएको वार्षिक विवरण अनुसार ०८१ साउनदेखि ८२ असार मसान्तसम्म ८ हजार ३ सय ६४ वटा पासपोर्ट वितरण भएको छ।  




प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईटेलका अनुसार पासपोर्ट लिनेमा महिलाभन्दा पुरुषको सङ्ख्या दोब्बरभन्दा बढी छ। सो वर्ष पुरुष राहदानी बाहक ५ हजार ६ सय ४२ जना छन् भने महिला २ हजार ७ सय २२ जना रहेका छन्। राहदानी लिन आवेदन दिनेको सङ्ख्यासो वर्ष८ हजार २ सय ८८ वटा रहेकोमा५ हजार ५ सय ६१ पुरुष र २ हजार ७ सय २७ जना महिला आवेदक रहेको सिडिओ लुईटेलले बताए।  

कार्यालयले एक वर्षमा राष्ट्रिय परिचयपत्र लिन आवेदन दिनेको सङ्ख्या २८ हजार ७ सय ८३ वटा रहेको जनाएको छ। जसमध्ये ५ हजार ९ सय ३८ वटा वितरण भएको छ। १२ हजार ५ सय ४७ जना महिला आवेदक रहेकोमा २ हजार ३ सय २२ जनाले राष्ट्रिय परिचयपत्र पाएका छन् भने १६ हजार २ सय ३६ पुरुष आवेदकमध्ये ३ हजार ६ सय १६ जनाले परिचयपत्र पाएका छन्।  

जिल्ला प्रशासनले गतवर्ष वंशजका आधारमा ६ हजार ४ सय ३८ महिलासहित १० हजार १ सय ३४ जनालाई नयाँ नागरिकता प्रमाणपत्र वितरण गरेको छ। त्यसैगरी वैवाहिक अङ्गीकृत नागरिकता ८ जना पुरुषलाई वितरण गरेको कार्यालयले गैरआवासीय नेपाली नागरिकता (एनआरएन सिटिजन्ससिप) ६ महिला र ६ पुरुष गरि १२ जनालाई दिएको छ।  

नागरिकता प्रमाणपत्रको प्रतिलिपि ६ हजार ७ सय ६६ वटा वितरण भएको छ। प्रतिलिपि नागरिकता लिनेमा पुरुष सङ्ख्या २ हजार ८ सय ३१ छ भने महिला ३ हजार ९ सय ३५ जना रहेको कार्यालयले जनाएको छ।  

समावेशी सुविधाअन्तर्गत कार्यालयले दलित, आदिवासी जनजाति, मधेसीको पहिचान गर्ने सिफारिस २ हजार १ सय २ जनालाई वितरण गरेको छ। त्यस्तै भारतीय सेना तथा ब्रिटिश सैनिक पेन्सन सिफारिस ७९ वटा गरेको कार्यालयको वार्षिक अभिलेखमा उल्लेख छ।  

यी सबै गतिविधिबाट कार्यालयले गत वर्ष झण्डै पौने ५ करोड राजश्व सङ्कलन गरेको छ। राहदानी वितरणबाट मात्र ४ करोड ६३ लाख ८५ हजार रुपैँया राजश्व सङ्कलन भएको छ। अन्य प्रशासनिक सेवा शूल्कवापत ५ लाख ६२ हजार १ सय ५० रुपैँया उठेको छ। त्यसैगरी हातहतियार नवीकरण दस्तुरवापत १ लाख ५ हजार २ सय ५० रुपैयाँ सङ्कलन भएको छ।  

यसरी जम्मा राजश्व रकम ४ करोड ७० लाख ५२ हजार ४ सय उठेको सिडिओ लुईटेलले बताएका छन्।
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ९ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
यो पनि पढौँ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस