झापामा नौ सय ४० जनालाई रोजगारी
१० साउन २०८१
•
१ मिनेट पाठ
झापामा नौ सय ४० जनालाई रोजगारी
आर्थिक वर्ष २०८०/८१ मा झापामा नौ सय ४० जनालाई प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत औसत ७८ दशमलव ६८ दिनको रोजगारी प्रदान गरिएको छ। अदक्ष श्रमिकलाई ७३ हजार नौ सय ६३ दिन  रोजगारी दिइएको हो।




भद्रपुर नगरपालिकाका रोजगार संयोजक टीकाराम पाण्डेका अनुसार जिल्लाका १५ वटै स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमार्फत रोजगारीको व्यवस्था भएको हो।

जिल्लाभरका छ हजार दुई सय ५० जना सूचीकृत बेरोजगार भए पनि बजेट अभावले स्थानीय तहको प्राथमिकीकरण सूचीमा परेको व्यक्तिलाई मात्र रोजगारी दिइएको हो।

रोजगारी प्राप्त  नौ सय ४० श्रमिकले विभिन्न दुई सय ८६ आयोजनामा दैनिक छ सय ६८ का दरले ज्याला प्राप्त गरेको रोजगार संयोजक पाण्डेले बताए।

एक आर्थिक वर्षमा सरकारले तोकेको न्यूनतम पारिश्रमिक बराबरको आयभन्दा कम आय भएको र न्यूनतम एक सय दिनको रोजगारीमा संलग्न नभएको व्यक्ति स्थानीय तहको बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन आवेदन गर्नसक्ने प्रावधान छ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना,नेपाल सरकारको स्रोत र युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना, विश्व बैंकको ऋण सहयोगबाट स्थानीय तहमा आव २०७५र७६ देखि रोजगारीको प्रबन्ध हुँदै आएको छ।-रासस
अर्को समाचार
झापामा दुई सय ८५ जनालाई रोजगारी
०६ असार २०८३
•
३ मिनेट पाठ
झापामा दुई सय ८५ जनालाई रोजगारी
अर्जुनधारा नगरपालिका र बिर्तामोड नगरपालिकाले सञ्चालन गरेका रोजगारी मेलाबाट २८५ जनाले रोजगारी पाएका छन्। अर्जुनधारा नगरपालिकाका १२१ र बिर्तामोड नगरपालिकाका १६४ बेरोजगार युवाले प्रत्यक्ष रूपमा रोजगारी पाएका हुन्। अर्जुनधारा नगरपालिकाले स्थानीयस्तरमा रोजगारी, रोजगारकर्ता र रोजगारदाताबीच समन्वय गराई अवसर सिर्जना गर्ने उद्देश्यले तीनदिने रोजगार मेला आयोजना गरेको छ।  




अर्जुनधारा उद्योग वाणिज्य सङ्घको आयोजना तथा अर्जुनधारा नगरपालिकाको आर्थिक सहयोगमा यही असार ३ देखि ५ गतेसम्म शनिश्चरे बजारमा सञ्चालन भएको रोजगार मेला बेरोजगार युवालाई रोजगारीसँग जोड्ने महत्वपूर्ण माध्यम बनेको आयोजकले जनाएको छ।  

सङ्घका अध्यक्ष इन्दिवर खड्काका अनुसार मेलामार्फत चार जना ‘वेटर’, १० जना कुक, २० जना हाउसमेन, १३ जना सेक्युरिटी गार्ड, २५ पसलका कर्मचारी, छ केयरगिभर, पाँच शिक्षक, १० लोड–अनलोड गर्ने कर्मचारी, ड्राइभिङ लाइसेन्स प्राप्त १० जना र बाँकी अन्य क्षेत्रमन व्यक्तिले रोजगारी पाएका हुन्।  

मेलामा ब्युटीसियनतर्फ २५०, इलेक्टिसियनतर्फ ३००, कम्प्युटरसम्बन्धी तालिममा १२५ र वेटर, सेल्स, शिक्षक, लेखा, हाउसकिपिङ, बारिस्ता, मन्टेश्वरी, सेक्युरिटी र सहयोगीसम्बन्धी तालिम तथा परामर्शमा १५० जना सहभागी भएका थिए। त्यसैगरी बेकरीसम्बन्धी तालिममा १५० जनाले सहभागिता भएका थिए।  

करिब १८० जनालाई प्रत्यक्ष रोजगारी उपलब्ध गराउने लक्ष्यका साथ आयोजना गरिएको मेलाबाट प्रारम्भिक चरणमा १२१ जनाले रोजगारी प्राप्त गरेका अध्यक्ष खड्काले जानकारी दिए। नगरपालिकाले रोजगारसम्बन्धी कार्य हेर्ने छुट्टै कर्मचारीको व्यवस्था गरे आगामी वर्षदेखि थप एक सय जनासम्मलाई रोजगारी दिलाउन सकिने बताए। 

मेला समापन कार्यक्रममा अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङले दक्ष जनशक्तिको अभाव र बेरोजगारी समस्या समाधानमा रोजगार मेला प्रभावकारी बनेको बताए। उनले यस्ता कार्यक्रम केही वर्षअघि सुरु हुनुपर्नेमा जोड दिँदै यस वर्षदेखि मेला आयोजना गरिएको बताए। आगामी वर्षहरूमा पनि यसलाई निरन्तर सञ्चालन गरिने जानकारी दिए।  

अर्जुनधारा नगरपालिकाको आर्थिक सहयोगमा रोजगार मेला सञ्चालन गरिएको थियो। यसअघि बिर्तामोड नगरपालिकाले आयोजना गरेको दुईदिने ‘बिर्तामोड रोजगार मेला’बाट १६४ जना बेरोजगार युवाले प्रत्यक्ष रूपमा रोजगारी प्राप्त गरेका थिए। 

बिर्तामोड उद्योग वाणिज्य सङ्घसँगको सहकार्यमा आयोजित मेलामा एक हजार ७६ जनाले विभिन्न रोजगारीका लागि आवेदन दिएका थिए। तीमध्ये प्रारम्भिक चरणमा १६४ जना विभिन्न रोजगारदाता संस्थामा आबद्ध भएका हुन्। 

मेलाका सहजकर्ता पाथवे नेपालका सेवक बजगाईंका अनुसार दुई हजार ८७१ जनाले मेला अवलोकन गरेका थिए। बाँकी आवेदकलाई योग्यता, अनुभव र सीपका आधारमा उपयुक्त रोजगारदाता सङ्घसंस्थासँग समन्वय गरी आगामी दिनमा रोजगारीमा आबद्ध गराउने प्रक्रिया अघि बढाइएको छ।  

झापाका दुई स्थानीय तहले सञ्चालन गरेका यी रोजगार मेलाबाट हालसम्म कूल २८५ जना युवाले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन्। स्थानीय सरकार, उद्योग–व्यवसायी र निजी क्षेत्रबीचको सहकार्यबाट सञ्चालन गरिएका यस्ता कार्यक्रमले बेरोजगारी न्यूनीकरण तथा स्थानीय आर्थिक गतिविधि विस्तारमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ।   
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५ सेकेन्ड अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १४ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ४९ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस