सडक स्तरोन्नति सुरु भएसँगै कोदारवासी खुसी
१० साउन २०८१
•
२ मिनेट पाठ
सडक स्तरोन्नति सुरु भएसँगै कोदारवासी खुसी
भोजपुर नगरपालिका–७ कोदारले सडकको स्तरोन्नतिमा प्राथमिकता दिएसँगै स्थानीयलाई सहजता भएको छ। विगतमा हिलाम्य हुने सडकको स्तरोन्नति गर्न वडाले काम थालनी गरेपछि स्थानीयलाई सहजता भएको हो।




हिलाम्य सडकको स्तरोन्नति गरिएपछि स्थानीयवासी उत्साहित भएका छन्। सडक स्तरोन्नतिले दैनिकीमा सहजता भएको स्थानीयवासी भगवती तामाङले बताए। सडक हिलाम्य हुँदा आवतजावतसँगै उत्पादित कृषि उपजको बजारीकरणमा समेत समस्या हुने गरेकामा अहिले सजहता भएको उनको भनाइ छ। 

‘सडक व्यवस्थित नहुँदा हामीलाई आवतजावतमा धेरै समस्या थियो,’ उनले भने, ‘अहिले सबै टोलमा सडकको स्तरोन्नति गरिएपछि सहजता छ। हामीलाई दैनिक आवतजावतमा कुनै समस्या छैन।’

स्थानीयको समस्यालाई ध्यानमा राख्दै वडाले बर्सातमा हिलाम्य हुने सडकलाई ढलान तथा ग्राभेल गरेर बाह्रै महिना सञ्चालन आउनेगरी स्तरोन्नति गरेपछि दैनिकीमा परिवर्तत आएको स्थानीयवासी हरिबहादुर महतले बताए। सडकले गाउँघरको जीवनशैलीमा सहजता थपिएको उनको भनाइ छ।

‘सडकको विकास गरिएपछि हामीमा उत्साह बढेको छ,’ उनले भने, ‘हाम्रो क्षेत्रका मुख्य सडकमा आवतजावतमा समस्या छैन। वडाले थालेको योजनाबद्ध विकासले हामीलाई खुसी लागेको छ।’ वडाभित्रका सडकलाई प्राथमिकताका साथ स्तरोन्नति तथा विकास गरिरहेको वडा वडाध्यक्ष जयबहादुर तामाङले बताए।

हालसम्म यहाँको करिब दुई किलोमिटर सडक ढलान  सम्पन्न गरेको उनको भनाइ छ। स्थानीयको आवतजावतमा सहजता थप्न वडाभित्र अधिकांश सडक ग्राभेल गर्ने काम सम्पन्न भएको उहाँले बताए। ‘मैले यहाँको वडाको योजनाबद्ध विकासमा जोड दिएको छु,’ वडाध्यक्ष तामाङले भने, ‘यहाँका मुख्य सडकहरु प्रायः ढलान तथा ग्राभेल भएका छन्। सडक विस्तारसँगै किसानलाई आयआर्जनमा जोड्न तरकारी तथा नगदेबाली खेतीमा पनि जोड दिएका छौँ।’

सीमित बजेटमा पनि अधिकतम उपयोग हुने तवरबाट योजनाहरु सञ्चालन गरिरहेको वडाले जनाएको छ। स्थानीयको समस्यालाई ध्यानमा राख्दै यहाँका मुख्य सडकहरु करिब दुई सय मिटरबाहेक सबै सडक ग्राभेल गरिएको वडाको दाबी छ। नमूना वडा बनाउने लक्ष्यका साथ काम गरिरहेको वडाध्यक्ष तामाङले बताए।-रासस
अर्को समाचार
भोजपुर घटना: १४ वर्षमा प्रेम विवाह, बुवा-आमाले पठाउन नमानेपछि सामूहिक हत्या
२२ असार २०८२
•
४ मिनेट पाठ
भोजपुर घटना: १४ वर्षमा प्रेम विवाह, बुवा-आमाले पठाउन नमानेपछि सामूहिक हत्या
भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीमा शनिबार मध्यराति भएको एक क्रूर घटनाले सिंगो गाउँलाई स्तब्ध बनाएको छ।




सधैंजस्तो शान्त रात एकाएक नरसंहारमा परिणत भएको छ। भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ को धोद्लेखानी बोन्थिताङमा एकै परिवारका ४ जनाको हत्या भएको छ।

शनिबार राति भोजपुर नगरपालिका–२ हेलाउँछका ३० वर्षीय राजेन्द्र राईले उनीहरूको हत्या गरेका हुन्।

उनले आफ्नै ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीया सासू मञ्जु गिरी, करिब १५ वर्षीया श्रीमती मनिषा गिरी र १० वर्षीय सालो सपन गिरीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक उमेशप्रसाद यादवले नागरिकन्युजलाई जानकारी दिए।

बाँसको छाप्रोले बनेको घरभित्र खाटमा उनीहरूको शव फेला परेको थियो। यादवका अनुसार चार जनाको सामूहिक हत्या गरेपछि राजेन्द्र आफैंले जिल्ला प्रहरी कार्यालय, भोजपुरको प्रहरी कन्ट्रोल १०० मा फोन गरी भनेका थिए, ‘मैले मान्छे मारेँ, मलाई लिन आउनु।’

प्रहरी कन्ट्रोलमा फोन आउनासाथ अस्थायी प्रहरी चौकी ओख्रेबाट टोली खटिएको थियो। यादवका अनुसार राजेन्द्र श्रीमती लिन पाँच दिनअघि ससुराली घर आएका थिए।

राति सुतिरहेको बेला सासू, ससुरा, श्रीमती र सालोले आफूमाथि सामूहिक रूपमा आक्रमण गर्न आएको राजेन्द्रले प्रहरीलाई बताएका छन्।

सोही क्रममा आफूलाई बचाउन प्रतिकार गर्न खोज्दा हत्या भएको राजेन्द्रले प्रहरी समक्ष बयान दिएको प्रहरी निरीक्षक यादवले नागरिकन्युजलाई जानकारी दिए।

गए राति करिब १ बजेतिर प्रहरीले घटनाको जानकारी पाएकाले तत्कालै घटनास्थलमा प्रहरी परिचालन गरिएको प्रहरी निरीक्षक यादवले सुनाए।

उनका अनुसार ज्वाइँ राजेन्द्रको पेटमा पनि तीन ठाउँमा धारिलो हतियारले प्रहार भएको घाउ देखिएको छ। साथै, राजेन्द्रको स्वास्थ्य अवस्था पनि गम्भीर रहेको यादवले जानकारी दिए।

सुरुमा जिल्ला अस्पताल, भोजपुरमा उपचारका लागि लगिएकामा थप उपचारका लागि अस्पतालले उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान रेफर भई उपचार भइरहेको छ।

प्रहरीका अनुसार प्रारम्भिक सोधपुछमा उनले आफूमाथि परिवारका सबैले आक्रमण गरेपछि प्रतिकार गरेको दाबी गरेका छन्। त्यही कारण प्रहरीलाई फोन गरेको समेत उनले बताए।

रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राईका अनुसार राजेन्द्रले एक वर्षअघि मात्रै १४ वर्षकी मनिषासँग बिहे गरेका थिए। राजेन्द्र गाउँकै एक फर्निचर कारखानामा मजदुरी गर्दै आएका थिए।

राजेन्द्रको घरको आर्थिक अवस्था कमजोर देखेपछि मनिषाकी आमाले माइतीमै लगेको उनले बताए।

‘बच्चाको १४ वर्षको उमेरमा बिहे भयो, आमा र परिवारले नमानेका त होइनन् तर केटाको आर्थिक अवस्था कमजोर देखेपछि पछिल्लो समय आमाले छोरीलाई लिएर घरमा आएकी थिइन्,’ अध्यक्ष राईले भने।

‘तर श्रीमती लिन आएका उनलाई परिवारले छोरी दिएनन्, त्यही विषयमा शनिबार राति पनि झगडा भएको रहेछ र यस्तो बीभत्स घटना हुन पुग्यो,’ उनले भने।

यस्तै राजेन्द्र र मनिषाबीच अन्तरजातीय बिहे पनि भएकाले हत्या हुनुमा यो पनि एक कारण हुन सक्ने अध्यक्ष राईले अनुमान लगाए। प्रहरीले अहिले यो घटनालाई विभिन्न पक्षबाट अनुसन्धान गरिरहेको घटनास्थलमा खटिएका ओख्रे अस्थायी प्रहरी चौकीका प्रहरी निरीक्षक अनिलकुमार साहले नागरिक न्युजलाई जानकारी दिए।

उनका अनुसार मृतक परिवार र राजेन्द्रका बारेमा स्थानीयसँग सोधपुछ भइरहेको छ। घाइते अवस्थामा भेटिएका राजेन्द्रले हत्या गरेको स्वीकार गरेको उनले बताए।

आइतबार चार जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक श्रेष्ठले बताए।

मृतक गिरी दम्पतीका तीन छोरा र एक छोरी काठमाडौंमा बस्दै आएका छन्। यसअघि ७ जेठ २०७६ मा पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा दुई परिवारका ९ जनाको हत्या भएको थियो।

त्यस बेला हत्यामा संलग्न व्यक्ति २५ किलोमिटर पर रूखमा झुण्डिरहेको अवस्थामा फेला परेका थिए। यी यस्ता घटना केवल कानुनी अपराध मात्र होइनन्, सामाजिक चेतनाको गहिरो खाडल पनि हुन्।

बाल विवाह, अन्तरजातीय बिहे, पारिवारिक संवादको अभाव र विवाद समाधानमा हिंसात्मक प्रवृत्तिको बढ्दो जोखिमले नेपाली समाज अझै कति असुरक्षित छ भन्ने देखाएको छ।

नेपालको प्रचलित कानुन अनुसार २० वर्षभन्दा कम उमेरमा विवाह गर्नु गैरकानुनी हो। तथापि, देशका ग्रामीण क्षेत्रमा अझै पनि बाल विवाहका घटना बेलाबेला देखिन्छन्। जसले कानुनी मात्र होइन, मानवीय संकट निम्त्याइरहेका छन्।
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १० सेकेन्ड अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १४ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
यो पनि पढौँ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ४९ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस