सोमवार राति देखि परेको अविरल वर्षाका कारण कपिलवस्तुको बाणगंगा नगरपालिकाको चार नम्बर बैरिया र पिपरा क्षेत्रका २ सय बढी घरहरू डुबानमा परेका छन्।
स्थानीय तथा पत्रकार महासंघका जिल्ला उपाध्यक्ष हरि अधिकारीले त्यस क्षेत्रमा पर्ने घर बस्ती र सडक डुबानमा परेको बताए । बैरियाको बाल मावि समेत डुबानमा पर्दा मंगलबार विद्यालय समते बन्द गरिएको छ। यस्तै बैरियामा रहेको ओसियन सिनेमा घरमा समेत पानी पसेको छ । पिपरामा रहेको सब डिभिजन कार्यालय पिपरा समेत डुबानमा छ । खाेला, नालीको पानी सडक र घरमा पुगेको छ । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोपाल रायमाझीले बाणगंगाको चार नम्बर, बैरिया, पिपरा लगायतका क्षेत्रका सडक, घर बस्तीमा पानी पसेको बताए ।
चार नम्बरको रहेको लुम्बिनी कृषि फर्ममा पानी पसेको छ । पानी पस्दा लाखौँको नोक्सान भएको सञ्चालकले बताए । अविरल वर्षाले कोठी नदीको पानी सडकमा समेत पुग्दा राजमार्ग क्षेत्र समेत डुबानमा परेको छ । बाणगंगा नगरपालिकाका मेयर चक्रपाणि अर्यालले चार नम्बर चोक, पिपरा र बैरिया क्षेत्रका घरहरू डुबानमा परेको बताए ।
उनले फ्रिडम फाउन्डेसनमा बसेको ३५ बढी युवाहरूलाई बारको सामुदायिक भवनमा राखिएको बताए । यस्तो बिपतका बेला सुरक्षित रहन आग्रह गरेका छन् । डुबानमा परेकाहरूको नगर बिपद व्यवस्थापन समिति मार्फत आवश्यक प्रक्रिया अघि बढाइने बताए । उनले वडाध्यक्ष मार्फत क्षतिको संकलन गरी राहत बाँडिने बताए ।
उता बाणगंगा नदीमा फसेका १५ बढीको सुरक्षाकर्मीले सकुशल उद्धार गरेको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपाल रायमाझीले बताए । यस्तै घरमा पानी पसेका फसेका ७ जनाको सशस्त्र प्रहरी टोलीले सकुशल उद्धार गरेको सशस्त्र प्रहरी उपरिक्षक रामजंग पाण्डेयले बताए ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल(इप्पान)का अध्यक्ष गणेश कार्कीले बाढी, पहिरो लगायतका विपद्बाट क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माणका लागि सरकारले स्पष्ट नीति बनाउनुपर्ने बताएका छन्।
अध्यक्ष कार्कीले विकास निर्माणका काम र पुनर्निर्माणको काममा सरकार नीतिगत रुपमा स्पष्ट नभएको बताएका हुन। उनले क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माणका लागि के कति बजेट लाग्छ र के कस्ता कामहरू गर्नुपर्छ भन्ने कुरामा सरकार प्रस्ट हुनुपर्ने बताए। उनले विकास निर्माणको काम र पुनर्निर्माणको कामका लागि स्पष्ट नीति र दीर्घकालीन सोच हुनुपर्ने उल्लेख गरे। उनले विकास निर्माणको काममा पनि कुन क्षेत्रलाई प्राथमिकता दिएर अगाडी बढ्नुपर्ने हो भन्नेमा सरकार स्पष्ट हुनुपर्ने बताए।
उनले सरकारसँग बजेटको सिमितताका कारण पुनर्निर्माणको काम प्रभावित हुने अवस्था देखिएको बताए। उनले विपद्का कारण सडक सञ्जालहरू टुटेका कारण काम भइरहेका ठाउँमा पनि काम अवरुद्ध भएको बताए। यसले गर्दा विकास निर्माणको काम पछि धकेलिने अवस्था रहेको भन्दै सरकारले आफ्नो आन्तरिक स्रोत, साधन परिचालन गरेर बनाउँदै जानुपर्ने बताए। निजी क्षेत्र विपद्बाट धेरै नै प्रभावित भएको भन्दै राहत वितरणका लागि पनि नीतिगत सुधार आवश्यक रहेको उनले उल्लेख गरे।
सरकारले सडक, पुल लगायतका संरचना बनाउँदा दिगो रुपमा सोच्नुपर्ने उनले उल्लेख गरे। अध्यक्ष कार्कीले खोला किनारामा बस्ती बसाउन दिनु नहुने र पुल पनि हजारौँ वर्षको बाढीलाई थेग्न सक्ने गरी बनाउनुपर्नेमा जोड दिए। हरेक संरचनाहरू बनाउँदा विशेष अध्ययन गर्नुपर्ने उनको भनाई छ। उनले भवन निर्माणको मापदण्ड राज्यले कडाइपूर्वक लागू गर्नुपर्ने बताए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...