डोटीको पूर्वीचौकी गाउँपालिकामा आफ्नै श्रीमतीको हत्या आरोपमा एक जना पुरुष पक्राउ परेका छन्।
पूर्वीचौकी गाउँपालिका–५ उपरकाँठाका ५० वर्षीय पदी साउँदलाई पक्राउ गरेको गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
घटना बुधबार दिउँसो ३ बजेतिरको रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका साउँदले आफ्नै घरको आँगनमा श्रीमती ४५ वर्षीया नरु साउँदको घाँटीमा हसिया प्रहार गरेर हत्या गरेको प्रत्यक्षदर्शीले बताएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सोही ठाउँका महा ढोलीले दिउँसो ४ बजेर १८ मिनेटमा टेलिफोनमार्फत नजिकै रहेको सानागाउँ प्रहरी चौकीलाई जानकारी गराएका थिए। त्यसपछि प्रहरी सहायक निरीक्षक ईश्वरीदत्त पाण्डेयको नेतृत्वमा गएको टोलीले आरोपी साउँदलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
यस्तै घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय डोटीबाट प्रहरी नायब उपरीक्षक९डिएसपी० भिमलाल भट्टराईको नेतृत्वमा टोली खटिएको जनाइएको छ।