झण्डै चार करोड बराबरको लागुऔषध कोकिनसहित एक जना विदेशी नागरिक पक्राउ परेका छन्।
नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले एक किलो ८८ ग्राम कोकिनसहित नेपाल आएका आइभरी कोस्टका नागरिकलाई पक्राउ गरेको हो।
ब्युरोका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रेमबहादुर शाहीका अनुसार आइभरिस नागरिक ३५ वर्षीय भमरा कोन पक्राउ परेका हुन्। कोन भदौ ३ गते कतार एयरवेजको उडानबाट नेपाल ओर्लिएका थिए। उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै गएर काठमाडौंको ठमेल९ज्याठा०स्थित एक होटलमा बसिरहेका थिए।
प्रहरीले रेकी गर्दै उनमा सुरुदेखि नै निगरानी बढाएको थियो। जसमा केही प्रमाण देखिने गरी शंका बढेपछि प्रहरीले उनी बसेको कोठामा छापा मारेको थियो । सो क्रममा उनीसँग ६९ वटा क्याप्सुलमा तयार पारिएको कोकिन भेटिएको प्रहरीले जनाएको छ। होटेलको कोठामा उनले कोकिन खेलौना भित्र लुकाएर राखेका थिए। ती क्याप्सुलहरूको तौल एक किलो ८८ ग्राम रहेको ब्युरोले जनाएको छ।
कोनले ती क्याप्सुल अफ्रिकी मुलुक नाइजेरियाबाट निलेर इथियोपियाबाट दोहा हुँदै काठमाडौं पुगेको प्रहरीले जनाएको छ।
कोनमाथि लागु औषध नियन्त्रण ऐन, २०३३ बमोजिम आवश्यक कारबाही सुरु भएको ब्युरोले जनाएको छ। भेटिएको कोकिनको अवैध बजार मूल्य तीन करोड ८० लाख बराबर हुन आउने ब्युरोले जनाएको छ।
अफ्रिकी मुलुकबाट यसैगरी पेटमा निलेर नेपालसम्म लागुऔषध ढुवानी हुने गरेका घटना यसअघि पनि पटक–पटक पाइएको छ। यसरी भित्रिएको लागुऔषध नेपालबाट भूमिगत बाटो हुँदै भारत पुगेर त्यहाँबाट तेस्रो मुलुकसम्म पुग्ने गरेको अनुसन्धानमा संलग्न अधिकारीहरू बताउँछन्।