जुम्ला प्रहरीलाई विद्यार्थीको लागुऔषध परीक्षण किट
१७ भदौ २०८१
•
३ मिनेट पाठ
जुम्ला प्रहरीलाई विद्यार्थीको लागुऔषध परीक्षण किट
जिल्ला प्रहरी कार्यालय जुम्लाले लागुऔषध विरुद्धको अभियान अन्तर्गत लागुऔषध प्रयोगकर्ताहरुलाई परीक्षण गर्ने भएको छ। प्रहरीले अगाडि सारेको योजना अनुसार जिल्ला प्रहरी कार्यालय जुम्ला र एशिया ईन्टरनेश्नल स्कुल जुम्लाले बृहत् र्‍याली सहितको जनचेतनामुलक कार्यक्रम गरेर ५० वटा लागु औषध परीक्षण किट हस्तान्तरण गरेको हो।




विद्यालयका संस्थापक मनोज बुढाथोकी मगरले ४० वटा लागुऔषध र १० वटा अन्य परीक्षणका लागि ५० वटा किट हस्तान्तरण गरिएको बताए। सो विद्यालयका वालवालिकाले प्रमुख जिल्ला अधिकारी जयकुमार  घिमिरे र प्रहरी नायव उपरीक्षक छेदिलाल कामतिलाई सो किट हस्तान्तरण गरिएको हो।

उक्त विद्यालयका विद्यार्थीले उठाएको रकमले सो किट खरिद गरेर प्रहरीलाई उपलब्ध गराइएको छ। विद्यार्थी लागुऔषध परीक्षण गर्न लागु औषध दुव्र्यसनी प्रयोगकर्ता बढिरहेको समयमा यसरी पहिलो पटक किट ल्याएर नमूना काम गरेकोमा सरोकारवालाले धन्यवाद ज्ञापन गरेका छन्।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले सामाजिक काममा राज्यलाई सहयोग गर्ने नमूना काम गरेकोमा एशिया स्कुलका विद्यार्थी र सम्पूर्ण परिवारलाई धन्यवाद ज्ञापन गरे।

उनका अनुसार सामाजिक चेतना अभावका कारण लागुऔषध जस्ता विकृति बढिरहेको समयमा सबैको सहयोग आवश्यकता छ।घर परिपरिवारमा शान्ति ल्याउन समाजका विकृति हटाउने काम महत्वपूर्ण छ।

यसैबिच प्रहरी नायव उपरीक्षक क्षेदिलाल कामतिले प्रहरीको लागुऔषध दुरुपयोग विरुद्धको अभियान अन्तर्गत लागुऔषध किट मार्फत परीक्षण सुरु गर्नका लागि जुम्लामा पहिलो पटक किट हस्तान्तरण गरेकोमा एशिया स्कुललाई धन्यवाद ज्ञापन गरे।

उनले अब स्थानीय सरकार, विद्यालय र सामाजिक संस्थाले पनि यस्ता काममा सहयोग पुरयाउन अपिल गरे। जुम्ला प्रहरीले लागुऔषध विरुद्धको विभिन्न जनचेतना कामहरु गर्दै आएको र एशिया स्कुलले प्रदान गरेको लागुऔषध विरुद्धको किट सदुपयोग गरी परीक्षण गरिनेमा जोड दिए।

यता जिल्ला प्रहरी कार्यालय जुम्लाको तथ्यांकअनुसार हरेक वर्ष लागु औषध बढ्दो क्रममा छ। यस्तै आर्थिक वर्ष २०७७/०७८मा १४,आर्थिक वर्ष २०७८/०७९ मा १३ जना,२०७९/८० २५, आर्थिक वर्ष २०८०/०८१ मा २६ र चालू आर्थिक वर्ष २०८१/८२ मा ६ जना लागु औषधको आरोप पक्राउ प्रतिवादी छन्।

यस्तै २०७७र०७८ मा लागूओैषधको परिणाम ६ सय ८० मिली ग्राम चरेस १ सय ४ ग्राम २०७८/७९ मा ब्राउन सुगर १ सय ५ मिलीग्राम चरेस ७६.६२ग्राम र २ सय ४१ पीस ट्रमाडोल र कोलोनो जेपाम्म ट्यापलेट बरामद भएको छ।

यस्तै आर्थिक वर्ष २०८०/०८१ मा १० ग्राम ४ सय ७७ मिलीग्राम र ३० वटा ट्याप्लेट र चरेस १ सय ८७ ग्राम ६ सय ४८ मिलीग्राम लागूओैषध बरामद गरिएको प्रहरीले जनाएको छ। चालू आर्थिक वर्षको पहिलो महिनामा २ ग्राम ७ सय २० मिलीग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरी प्रमुख छेदिलाल कामतीले बताए।

नेपाल मजदुर किसान पार्टीका प्रदेश सदस्य नेता शिवलाल डाँगीले लागुऔषध विरुद्धको हरेक प्रकारका अभियानमा आफ्नो पार्टी तयार भएको बताए। यो अभियानमा नेमकिपामा सहयोग हुने प्रतिवद्धता हुनेछ।

किट हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला उपसभापति दिपबहादुर शाही, नेकपा एमालेका जिल्ला अध्यक्ष शान्तिलाल महत, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक नवराज न्यौपाने, राप्रपाका नेता मनसुर सुनार, नेपाल कम्यूनिष्ट पार्टीर्का इन्चार्ज विर्खबहादुर शाही सहितका नेताहरुको किट वितरण कार्यक्रमका उपस्थिति रहेको थियो।
अर्को समाचार
नेकपा एसको जुम्ला कमिटी सर्वसम्मत चयन
२८ चैत्र २०८१
•
१ मिनेट पाठ
नेकपा एसको जुम्ला कमिटी सर्वसम्मत चयन
नेकपा (एकीकृत समाजवादी) जुम्लाको अध्यक्षमा राजबहादुर खत्री निर्विरोध निर्वाचित भएका छन्। जिल्ला कमिटीको नवौं जिल्ला सम्मेलनले खत्रीको अध्यक्षतामा ५४ सदस्यीय नयाँ जिल्ला कमिटी सर्वसम्मतिबाट चयन गरेको हो।  




वरिष्ठ उपाध्यक्षमा जनक अधिकारी, उपाध्यक्षमा टेकप्रसाद धिताल, सचिवमा शंखबहादुर रोकाया, उपसचिवमा तेज बहादुर जिसि, उब्जी कार्की र लक्ष्मण सुनार चयन भएका छन्। 

पार्टीका केन्द्रीय उपाध्यक्ष प्रकाश ज्वालाको उपस्थितिमा भएको सम्मेलनले पार्टीको संगठनात्मक पुनर्संरचना गर्ने र पार्टीका गतिविधिहरू अझ प्रभावकारी बनाउने प्रतिवद्वता जनाएको छ। 
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ६ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस