जुम्लाको खलंगालाई पर्यटकीय सहर बनाउन जुगाडखोला करिडोर सुरु
२८ भदौ २०८१
•
२ मिनेट पाठ
जुम्लाको खलंगालाई पर्यटकीय सहर बनाउन जुगाडखोला करिडोर सुरु
तस्बिर: नागरिक जुगाडखोला करिडोरको रेखांकन गर्दै।
जुम्लाको सदरमुकाम खलंगालाई व्यवस्थित, सुन्दर र पर्यटकीय सहर बनाउन जुगाडखोला करिडोर निर्माण सुरु भएको छ। करिडोर निर्माणको लागि रेखाकंन सुरु गरिएको चन्दननाथ नगरपालिकाले जनाएको छ।




चन्दननाथ नगरपालिकाको आग्रहमा नापी कार्यालयका कर्मचारीले जुगाडखोलाको क्षेत्र छुट्याउन थालेका हुन्। बिहीबार चन्दननाथ–५ मा रहेको खलंगाको खानेपानी उपभोक्ता समिति कार्यालय नजिकैदेखि रेखांकन सुरु भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले बताए।

‘खलंगा आफैमा धेरै पहिचानले परिचित भूगोल हो। पछिल्लो समयमा अव्यवस्थित बनिरहेकाले जुगाडखोला करिडोर बन्नेबित्तिकै पर्यटकीय सहरका रुपमा विकसित हुनेछ,’ उनले भने।

संघीय सरकारको सहरी विकास तथा भवन निर्माण आयोजनाअन्तर्गत २० करोड रुपैयाँको लागतमा करिडोर बन्न लागेको हो। जुगाडखोलालाई स्वच्छ र हराभरा बनाउने र खलंगालाई पर्यटकीय सहरका रुपमा स्थापित गर्ने हेतुले करिडोरको अवधारणा अघि बढाइएको बताइएको छ।

बहुवर्षीय योजनाअन्तर्गत पहिलोपटक ६ करोड रुपैयाँ लागतको ठेक्का आह्वान भएर निर्माण अघि बढ्न लागेको हो। पहिलो वर्ष १२ सय मिटर सडक बनाउन रकम विनियोजन गरिएको छ। 

नगरप्रमुख राजुसिंह कठायतले पहिलो चरणमा चन्दननाथ–४ मालाभिड जाने पुल र रेडक्रस कार्यालयसम्म करिडोर निर्माण हुने बताए। करिडोरले अतिक्रमित जुगाडखोला पहिलेकै अवस्थामा फर्किने उनको भनाइ छ।

‘जुगाडखोलाको दायाँबायाँ दुईरदुई मिटर चौडा करिडोर निर्माण हुनेछ,’ नगरप्रमुख कठायतले भने, ‘खोलाको दुई मिटर दूरीभित्र पर्ने घरटहरा हटाउनुपर्ने छ। पहिलो चरणमा रेखाकंन गर्ने, सार्वजनिक क्षेत्रमा परेका घरटहरा हटाउन ताकेता गर्ने र अटेर गरे नगरप्रहरी र डोजर लगाएर भत्काइने छ।’

करिडोरको लम्बाइ तीन किलोमिटर हुनेछ। अहिले जुगाडखोला फोहोर फाल्ने स्थान जस्तो बनेको छ। खोला अतिक्रमण गरेर घरटहरा बनिरहेका छन्। नगरप्रमुख कठायतले भने, ‘अबको केही वर्षमा जुगाडखोला आफ्नै आकारमा कञ्चन पानी बग्ने छ। वारिपारिको क्षेत्रमा पर्यटक खेल्ने, रमाउने र मर्निङ जान उपयुक्त हुने स्थान बन्नेछ।’

तिला नदीदेखि नै करिडोर सुरु हुने भए पनि पहिलो चरणमा खेतीयोग्य जमिनमा प्रभावित नगर्ने नीति नगरपालिकाले लिइएको छ। करिडोर ‘टी’ आकारको हुनेछ।  करिडोरमा सडक बत्ती, सिसी क्यामेरा, बीचमा आकर्षक पुलहरु र आरामदायी बेन्च राखिने प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले बताए।

यहाँ पछिल्लो समयमा जनसंख्या वृद्धिसँगै खेतीयोग्य जमिन मासेर धमाधम क्रंक्रिटका घर ठडिने र व्यवसाय गर्ने नाममा खोला अतिक्रमण गरेर टहरा निर्माण भइरहेका छन्। ‘पहिले जुगाडखोलामा सफा पानी बग्थ्यो। खोलाका बीचबीचमा कुटानीपिसानी गर्ने घट्ट थिए। अहिले जुगाडखोला भेटिनेबित्तिकै नाक थुन्नुपर्ने अवस्था छ,’ नगर प्रमुख कठायतले, ‘करिडोर बनेपछि खोला र नगरको मुहार फेरिनेछ।’
अर्को समाचार
नेकपा एसको जुम्ला कमिटी सर्वसम्मत चयन
२८ चैत्र २०८१
•
१ मिनेट पाठ
नेकपा एसको जुम्ला कमिटी सर्वसम्मत चयन
नेकपा (एकीकृत समाजवादी) जुम्लाको अध्यक्षमा राजबहादुर खत्री निर्विरोध निर्वाचित भएका छन्। जिल्ला कमिटीको नवौं जिल्ला सम्मेलनले खत्रीको अध्यक्षतामा ५४ सदस्यीय नयाँ जिल्ला कमिटी सर्वसम्मतिबाट चयन गरेको हो।  




वरिष्ठ उपाध्यक्षमा जनक अधिकारी, उपाध्यक्षमा टेकप्रसाद धिताल, सचिवमा शंखबहादुर रोकाया, उपसचिवमा तेज बहादुर जिसि, उब्जी कार्की र लक्ष्मण सुनार चयन भएका छन्। 

पार्टीका केन्द्रीय उपाध्यक्ष प्रकाश ज्वालाको उपस्थितिमा भएको सम्मेलनले पार्टीको संगठनात्मक पुनर्संरचना गर्ने र पार्टीका गतिविधिहरू अझ प्रभावकारी बनाउने प्रतिवद्वता जनाएको छ। 
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस