मेडिकल व्यवसायी दुर्गा प्रसाईंको रिहाइ गर्न माग गर्दै उनका समर्थकले प्रदर्शन गरेका छन्।
मंगलबार लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपाल, चुरेभार राष्ट्रिय एकता पार्टी नेपाल र नागरिक बचाउ महाअभियान नेपालले प्रसाईंको रिहाइ गर्न माग गर्दै प्रदर्शन गरेका हुन्।
उनीहरुले प्रसाईंको रिहाइ गर्न माग गर्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्।
यता सर्वोच्च अदालतले भने प्रसाईंलाई थुनामुक्तको आदेश दिन इन्कार गरेको छ।
प्रसाईंलाई थुनामुक्तको आदेश माग्दै उनका छोरा निराजन प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले थुनामुक्त गर्ने आदेश दिन इन्कार गरेको हो।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।
शुक्रबार बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्चले प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको सर्वोच्चको प्रवक्ता अच्युत कुइकेलले जानकारी दिए।
यसअघि आपराधिक लाभ लिन नहुने कसुरमा रिहा भएका प्रसाईंलाई प्रहरीले अदालत परिसरबाटै पक्राउ गरेको थियो। त्यसपछि प्रसाईंका छोरा निराजनका तर्फबाट नारायण खवासले पुस २ गते थुनामुक्तको माग दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । सोही रिटमा बुधबार न्यायाधीश सुनीलकुमार पोखरेलको इजलासले प्रारम्भिक सुनुवाइ गर्दै थुनुवा झिकाउने आदेश दिएको थियो । शुक्रबार उक्त रिट न्यायाधीशद्वय नहकुल सुवेदी र शारंगा सुवेदीको इजलासमा परेको थियो । जसमा सुनुवाइ गर्दै प्रसाईँलाई थुनामुक्त गर्न आदेश भएको हो।
पछिल्लाे समय भारतीय गुण्डा नाइके लरेन्स विश्नोई समूहको नाम लिएर व्यापारीलाई धम्क्याउँदै पैसा असुलेको कसुरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले प्रसाईँमाथि अनुसन्धान गरिरहेको छ । आपराधिक लाभ लिन नहुने कसुरमा रिहा भएका उनलाई प्रहरीले सङ्गठित अपराधको कसुरमा फेरि पक्राउ गरेको थियो।
प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध समेत भ्रम फैलाएको भन्दै प्रहरीले प्रसाईंलाई पक्राउ गरेको थियो।
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...