सुपा देउराली पुग्ने सडक विस्तार
२८ असोज २०८१
•
२ मिनेट पाठ
सुपा देउराली पुग्ने सडक विस्तार
देशकै महत्वपूर्ण शक्तिपीठका रुपमा रहेको सुपा देउराली मन्दिरमा आउने धार्मिक पर्यटकलाई लक्षित गरी नयाँ प्रविधिबाट सडक विस्तार गरिएको छ। सुपा देउराली मन्दिर जाने चट्टानी भीरमा रहेको साँघुरो सडक फराकिलो बनेपछि सुपा देउराली मन्दिरमा आउने धार्मिक पर्यटकले सुरक्षित महसुस गर्नेछन्।




गोरुसिङ्गे–सन्धिखर्क सडकको सुपा देउरालीमा कडा चट्टान भएपछि यसको नयाँ प्रविधि ‘रक एन्चोज’ प्रयोग गरेर ‘ड्रिल’ गरेर ‘आरसिसी’ ढलान गरी सडक विस्तार गरिएको शिवपुर सडक डिभिजन कार्यालय कपिलवस्तुका इन्जिनियर अर्जुन पाण्डेले बताए।

“लाहुरे बजारदेखि सुपा मन्दिरसम्मको सडकको चौडाइ मुस्किलले साढे चार मिटर हुँदा यातायात आवगमनमा निकै कठिनाइ रहेको थियो”, इन्जिनियर पाण्डेले भने, 'हाल सडक डिभिजन शिवपुरबाट सडक स्तरोन्नति भई करिब नौ मिटर चौडाइ बनाइएको छ।'

जिल्ला सदरमुकाम जोड्ने जिल्लाको पुरानो र महत्वपूर्ण गोरुसिङ्ङे–सन्धिखर्क सडकको लाहुरे बजारदेखि सुपा मन्दिरसम्म करिब तीन सय मिटर खण्ड कडा चट्टान र भिरालोका कारण साँघुरो भई यातायात आवागमनमा निकै कठिनाइ ब्यहोर्नु परेको अवस्था थियो।

सडक डिभिजन कार्यालयबाट रक एन्चोर्जसहित पर्खाल निर्माणको काम सम्पन्न भएको हो। गोरुसिङ्गेबाट सदरमुकाम सन्धिखर्कसम्म सडकको दूरी ६८ किलोमिटर छ।

सडक विस्तारसँगै अर्घाखाँचीको सन्धिखर्क नगरपालिका र शीतगङ्गा नगरपालिकाको सिमानामा रहेको सुपा देउरालीमा आउने धार्मिक पर्यटकको सङ्ख्यामा वृद्धि हुने अपेक्षा गरिएको सुपा देउराली मन्दिर संरक्षण समितिका सचिव हरि खनालले बताए।

सुपा देउराली नजिकै रहेको नरपानीको डाँडाबाट धेरै हिमाल देख्न पाइन्छ। मनमोहक दृश्यहरु देख्न पाइने हुँदा गर्मीयाममा तराईबाट गर्मी छल्न यहाँ धेरै पर्यटक आउने गर्छन्।

मन्दिरको दर्शन गर्न अर्घाखाँची, कपिलवस्तु, दाङ, प्यूठान, गुल्मी, रुपन्देहीबाट बढी मात्रामा पर्यटक आउने गर्छन् भने भारतको उत्तर प्रदेश, विहारबाट समेत आउने धार्मिक पर्यटकहरुको सङ्ख्या ठूलो रहेको सचिव खनालको भनाइ छ। यहाँ आएका धार्मिक पर्यटकलाई खाँचीकोट हुँदै एसियाकै सबैभन्दा ठूलो भगवती देवीको मूर्ति रहेको अर्घा भगवती मन्दिर र अर्घा दरबार क्षेत्रमा लैजाने कार्ययोजना नगरपालिकाले बनाएर काम अगाडि बढाएको सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए।

सुपा देउरालीको दर्शन गरेपछि मनले चिताएको पुग्ने धार्मिक विश्वास छ। कुनै अप्ठ्यारो समस्या आएको बेलामा सुपा देउरालीलाई भाकल गरे समस्या टर्ने जनविश्वास रहेको पाइन्छ। यहाँ पाठी, बोका, भाकल गरी बलि चढाइन्छ। रासस 
अर्को समाचार
दर्जन सरकारी कार्यालयमै लेखापाल छैनन्
०३ भदौ २०८१
•
३ मिनेट पाठ
दर्जन सरकारी कार्यालयमै लेखापाल छैनन्
अर्घाखाँचीका अधिकांश सरकारी कार्यालयहरूमा लेखापालको पद रिक्त रहेको भेटिएको छ। महत्वपूर्ण कार्यालयहरूमा लेखापाल अभाव हुँदा कार्य सम्पादनमा असर पुगेको छ। अर्घाखाँची अस्पताल, जिल्ला स्वास्थ्य कार्यालय, नापी कार्यालय, शिक्षा विकास तथा समन्वय एकाइलगायतका महत्वपूर्ण कार्यालयमा लेखापाललगायतका कर्मचारी अभाव हुँदा सेवा प्रवाहमा प्रत्यक्ष असर पुगेको जनगुनासो बढ्न थालेको छ।




अर्घाखाँची अस्पताल, जिल्ला स्वास्थ्य कार्यालय, नापी कार्यालय, शिक्षा विकास तथा समन्वय एकाइ, भेटेरिनरी अस्पताल, कृषि ज्ञान केन्द्र, घरेलु तथा साना उद्योग कार्यालय, विशेष नापी कार्यालय, नौमुरे बहुउद्देश्यीय आयोजना, अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्रलगायतका कार्यालयमा लेखापालको दरबन्दी रिक्त रहेको पाइएको हो। जिल्ला हुलाक कार्यालयमा पहिले कायम रहेको लेखापालको दरबन्दी कटौती भएको छ भने करदाता सेवा कार्यालयमा दरबन्दी नै नभएपछि कोलेनिकाले हेर्दै आएको छ। 

भेटेरिनरी अस्पतालका प्रमुख विष्णु पौडेलले लेखापालसहित प्रशासन हेर्ने कर्मचारी पनि नहुँदा सेवाग्राहीसँंगै आफूहरूले सास्ती भोग्नुपरेको बताए। ‘लामो समयदेखि हामीकहाँ लेखापाल छैन’, उनले भने, ‘अहिले प्रशासनतर्फ पनि रिक्त छ। सास्ती भएको छ, खबर गरिए पनि कोही आएको छैन।’

लेखापाल अभाव हुँदा सेवा प्रवाह र कार्यसम्पादनमा कठिनाइ भइरहेको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख मणिराम पराजुलीले बताए। पटकपटक आग्रह गर्दासमेत कर्मचारी पदपूर्ति नभएको उनले गुनासो राखे। ‘लेखा हेर्ने कर्मचारी नहुँदा साह्रै गाह्रो भएको छ’, उनले भने, ‘पटकपटक सम्बन्धित निकायलाई खबर गर्दासमेत अभाव परिपूर्ति हुन सकेको छैन।’

अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्रका सूचना अधिकारी कमलप्रसाद आचार्यले सहलेखापालको दरबन्दी रहेको र माग गरिएको बताए। यस्तै नौमुरे बहुउद्देश्यीय आयोजनाका प्रमुख वीरबहादुर बोहोराले लेखापाल तथा अन्य कर्मचारीको अभावले कार्यालय सञ्चालन गर्नै नसक्ने अवस्था आएपछि कर्मचारी लिन काठमाडौं पुगेको बताए। ‘म काठमाडौं आएको छु। कर्मचारी नभएपछि कार्यालय नै सञ्चालन गर्न गाह्रो भयो। मन्त्रालयमा गएर ताकेता गरिरहेको छु’, उनले भने ।

नौमुरे बहुउद्देश्यीय आयोजनाको कार्यालयमा २२ जना कर्मचारीको दरबन्दी रहेकोमा १४ वटा रिक्त छन्। इन्जिनियर, प्रशासन, कम्प्युटर अपरेटर र लेखा पद खाली हुँदा कार्यालय चल्न सक्ने अवस्था छैन। सरकारी सेवा लिन सदरमुकाम सन्धिखर्क आएका सेवाग्राहीले फाँटवाला कर्मचारी नहुँदा काम नभएर त्यसै फर्कनुपर्ने बाध्यता छ। विशेषगरी वैशाखदेखि असारसम्म चाप बढी हुने भएकाले त्यो समयमा अभाव बढी खट्किने गरेको छ। लामो समयसम्म कर्मचारीको व्यवस्था नहुँदा कार्यालय प्रमुखहरू यसको मारमा पर्ने गरेका छन्।

कोष तथा लेखा नियन्त्रक कार्यालयले धेरैजसो सरकारी कार्यालयका लेखा शाखा हेर्ने जिम्मा लिएको देखिन्छ। अधिकांश कार्यालयहरूले कोलेनिकाले हेरिदिने गरेको बताएका छन्। लेखापाल नहुँदा कोलेनिकाका कर्मचारीमाथि पनि भार थपिएको देखिन्छ। एक कर्मचारीले दोहोरो÷तेहेरो जिम्मेवारी निर्वाह गर्नुपर्दा सास्ती भएको छ। तुलनात्मक रूपमा संघअन्तर्गत कार्यालयहरूमा कर्मचारी अभाव नदेखिए पनि प्रदेशमातहतका कार्यालयमा लेखापाललगायत कर्मचारी अभाव भएको देखिन्छ। प्रदेश लोकसेवा आयोग निष्क्रियजस्तै भइदिँदा रिक्त पदपूर्ति हुन सकेको छैन। 

सबैभन्दा पहिले प्रदेश लोकसेवा आयोग गठन गरेको लुम्बिनीले पदपूर्ति गर्ने सन्दर्भमा भने पछाडि देखिएको छ । संघीयता आएको लामो समय भइसक्दासमेत प्रदेशका निकायहरूले आफूलाई व्यवस्थित गर्न नसक्दा यो समस्या आएको हो। लुम्बिनी प्रदेश लोकसेवा आयोगका प्रवक्ता उपसचिव यमकान्त पाण्डेयले आयोगले आफ्नो वार्षिक कार्यतालिका सार्वजनिक गरिसकेको र मन्त्रालयबाट माग आएपछि प्रक्रिया अगाडि बढ्ने बताए। 

‘हामीले आफ्नो तयारी गरिरहेका छौं’, उनले भने, ‘मन्त्रालयबाट माग आकृति नआएपछि हामी अगाडि बढ्न सक्दैनौं । मन्त्रालयहरूमा ताकेता गरिरहेका छौं।’ प्रवक्ता पाण्डेयका अनुसार कतिपय कानुनी जटिलता, अस्थिर सरकार, संघसँग बाझिने प्रावधान र कतिपय प्रावधानमा अस्पष्टता भएका कारण प्रदेश लोकसेवालाई व्यवस्थित बनाउन जटिलता पैदा भएको हो । 

संघले हस्तान्तरण गर्दा प्रदेशमातहत एक सय ४७ कार्यालय रहेकामा संख्या बढेर दुई सयभन्दा धेरै भएको छ। यही कारणले कर्मचारी अभाव हुन पुगेको हो। लोकसेवा आयोगले आफ्नो तयारी पूरा गरेको र माग आए छिटो प्रक्रिया अघि बढाइने प्रवक्ता पाण्डेयको भनाइ छ।
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ३ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ३८ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस