उदयपुरबाट झापातर्फ जाँदै गरेको यात्रुबाहक बस सप्तरीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा २६ जना घाइते भएका छन्।
प्रदेश १–०१–००१ ख् ४१२६ नम्बरको बस सप्तरीको बरमझियामा दुर्घटना हुँदा उदयपुरका २१ वर्षीया मैया राईको मृत्यु भएको हो।
सदरमुकाम गाईघाटबाट झापाको काँकडभिट्टातर्फ जाँदै गरेको हिमाली यातायात प्रालिद्वारा सञ्चालित पारुहाङ ट्राभल्स कन्चनरुप नगरपालिकाको बरमझियामा दुर्घटना भएको हिमाली यातायात प्रालिले जनाएको छ।
प्रत्यक्षदर्शीले बताए अनुसार विपरित दिसाबाट आउँदै गरेको स ५ प १५९३ नं. को मोटरसाईकललाई बँचाउन खोज्दा अनियन्त्रित भई बस कोल्टे परेर दुर्घटना भएको हो।
सवार राईको घट्नास्थलमै निधन भएको प्रालिका महासचिव उमेश बस्नेतले जनाए। बस्नेतका अनुसार घाईते २६ मध्ये दर्जन हाराहारीको अवस्था गम्भीर भएकाले विराटनगर रिफर गरिएको छ।
अन्य साधारण घाईतेहरुको उद्धार गरी स्थानीय स्वास्थ्य केन्द्र तथा सप्तरी सदरमुकाम राजविराजस्थित जिल्ला अस्पतालमा उपचारार्थ पठाइएको छ।
मृतक उदयपुरकै भए पनि आधिकारिक ठेगाना र सबै विवरण खुसिसकेको छैन। उदयपुर प्रहरीले घट्नाको पुष्टि गर्दै सबै विवरण लिन बाँकी रहेको जनाएको छ। सप्तरी जिल्लाको घट्ना भएकाले उदयपुर प्रहरीसँग विस्तृत विवरण अहिले नभएको जनाएको छ।