एकीकृत बस्तीका भवन उपयोगविहीन
०८ कार्तिक २०८१
•
३ मिनेट पाठ
एकीकृत बस्तीका भवन उपयोगविहीन
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कस्थित बसेरीमा निर्माण गरिएका एकीकृत बस्तीमा १९ वटा ट्रस भवन ठडिएका छन्। बीस घर भूकम्पपीडित र चार घर अन्य गरी २४ घर स्थानीय बासिन्दाका लागि भनेर निर्माण सुरु गरिएको ‘रामनाथ बहुउद्देश्यी एकीकृत बस्ती’ नामकरण गरिएको एकीकृत बस्तीका ट्रस भवन अहिले अलपत्र अवस्थामा छन्।




झ्यालढोका थुन्न तथा ट्रस भवनभित्रको भूइँ ढलान गर्न बाँकी रहेको यो बस्तीको दुई ट्रस भवनमा मात्र अहिले मानिस बसेका छन्। ‘रामनाथ बहुउद्देश्य एकीकृत नमूना बस्ती’ नाम दिइएको एकीकृत बस्तीमा शौचालय र खानेपानीको व्यवस्था छैन।

विसं २०७७ मा उद्घाटन गर्ने गरी निर्माण सुरु गरिएको एकीकृत बस्तीमा दुई करोड रूपैयाँभन्दा बढी रकम खर्च भएको छ। सिङ्गल वाल (एउटा मात्र इँटा प्रयोग गरिएको गाह्रो) लगाइएको आठ फिट अग्लो भवनमा फलामे ट्रस अड्याएर कमसल किसिमको (२७ एमएमको) जस्तापाताको छाना हालिएको छ।

करिब एक करोड ५० लाख लगानीमा पूरा हुने भनेर निर्माण सुरु गरिएको एकीकृत बस्तीका लागि राष्ट्रिय पुनः निर्माण प्राधिकरण भवन एकाइ डिभिजन कार्यालय ओखलढुङ्गाको ६० लाख र घेराबारका लागि तत्कालीन १ नं प्रदेश (हाल कोशी प्रदेश) सरकारको १५ लाख रूपैयाँ लगानी छ। बीस घर भूकम्पपीडितका तीनतीन लाखको जम्मा ६० लाख रूपैयाँ रकमसमेत सोही ठाउँमा खर्च गरिएको छ।

एकीकृत बस्ती निर्माणका लागि स्थानीय शारदाप्रसाद ढकालले करिब २५ लाख मूल्यको साढे सात रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका छन्। नगरपालिकाको तर्फबाट आर्थिक सहयोगसँगै घडेरी सम्याउन, नक्सा निर्माण तथा पास गर्न र प्राविधिक सहयोगसमेत उपलब्ध गराइएको थियो।

विभिन्न कार्यक्रम गर्न आवश्यक सामुदायिक भवन समेत निर्माण गरिने भनिएको उक्त एकीकृत बस्तीमा बालबालिकाका लागि छुट्टै बालउद्यान, ५  कक्षासम्म पढाइ हुने अङ्ग्रेजी माध्यमको विद्यालय, मन्दिर, खेलमैदान लगायत रहने जनाइएको थियो। उक्त साँघुरो ठाउँमा अहिले बसोबासका लागि भनेर १९ ट्रस भवन र एउटा सामुदायिक भवनबाहेक कुनै संरचना निर्माण गरिएको छैन।

निर्माणाधीन एकीकृत बस्तीका लागि आवश्यक रकम अभाव भएकै कारण सञ्चालन गर्न नसकिएको निर्माण उपभोक्ता समितिका संयोजक प्रमेश ढकालले बताए।

“एकीकृत बस्तीका लागि आवश्यक सबै भौतिक संरचना निर्माण गरेका थियौँ, रकम अभावका कारण रङरोगन र झ्यालढोका थुनथान गर्न बाँकी थियो”, उनले भने, “नगरपालिकाले करिब सात लाख रूपैयाँ बजेट उपलब्ध गराएको भए सञ्चालनमा ल्याउन सक्थ्यौँ, बजेट अभाव भएकै कारण सञ्चालनमा ल्याउन नसकेपछि अहिले लाभग्राहीको नाममा पास गर्ने काम भइरहेको छ।”

एकीकृत बस्तीमा सञ्चालन गर्ने भनिएको विद्यालयका लागि आवश्यक आर्थिक तथा प्राविधिक सहयोग काठमाडौँका डाक्टर नरेश रिमालले ५० लाख उपलब्ध गराएको जनाइएको छ। काठमाडौँको झम्सीखेल निवासी डाक्टर रिमालले एकीकृत बस्तीका ट्रस भवनका लागि ३० लाख, आवश्यक फर्निचर निर्माणका लागि १० लाख र व्यवस्थापन खर्चका लागि १० लाख रूपैयाँ बैङ्क खातामा जम्मा गरेका थिए।

घरबासको अवधारणाअनुसार निर्माण गर्ने भनिएको एकीकृत नमूना बस्ती विसं २०७५ असोज ४ गते तत्कालीन नगर प्रमुख दीपनारायण रिजालले शिलान्यास गरेका थिए। नेपाल सरकारको अवधारणाअनुसार नगरपालिकाको पहलमा निर्माण सुरु गरिएको भनिएको एकीकृत नमूना बस्तीलाई देशकै नमूना बनाउने तत्कालीन नगर प्रमुख रिजालले दाबी गरेका थिए।

बसेरीमा निर्माण गरिएका एकीकृत बस्ती मापदण्ड विपरीत रहेकाले सञ्चालनमा आउन नसकेको स्थानीय बासिन्दा एवं नेपाली कांग्रेस विजयखर्कका सभापति सन्तोष राईले बताए।

“एकीकृत बस्ती भनेको मान्छे बस्नका लागि बनाइन्छ, बसेरीमा निर्माण गरिएका भौतिक संरचना हेर्दा एकीकृत बस्ती भएको छैन”, उनले भने, “एकीकृत बस्ती निर्माण गर्ने नाममा राज्य कोष र भूकम्पपीडितले पाउने रकम अनियमितता भएको छ, यसप्रति सम्बन्धित निकायले छानविन गरेर कारबाही गर्नुपर्छ।”

निर्माणाधीन अवस्थामै अलपत्र बनेको एकीकृत बस्तीमा सर्ने सहमति गरेका विजयखर्कका भूकम्पपीडित अहिले २०७२ वैशाख १२ गते गएको भूकम्पले चर्किएका आआफ्नै घर मर्मत गरेर बसिरहेका छन्।

बसेरीमा निर्माण गरिएका एकीकृत बस्तीका भवन व्यक्तिका नाममा पास गरिए पनि भौतिक संरचना तथा सेवा सुविधा हेरेर उनीहरू त्यहाँ सर्ने मनसायमा नरहेको स्थानीय किसन भुजेलले बताए।

राज्य कोषको रकम खर्च गरेर निर्माण सुरु गरिएको बहुउद्देश्यीय एकीकृत बस्ती सञ्चालनमा अहिलेसम्म नगरपालिकाले समेत चासो दिएको छैन।  
अर्को समाचार
नगरपालिकाका प्रमुख सत्याग्रहमा बस्ने
०४ साउन २०८२
•
२ मिनेट पाठ
नगरपालिकाका प्रमुख सत्याग्रहमा बस्ने
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले सात सूत्रीय माग राख्दै काठमाडौं, माइतीघर मण्डलामा सत्याग्रह बस्ने भएका छन्।




शनिबार पत्रकार सम्मेलन गरी नगरप्रमुख भट्टराईले उक्त कुराको जानकारी दिएका हुन्। नगरले जेठ २३ गते र असार ६ गते प्रधानमन्त्रीसमक्ष पेस गरेको सात सूत्रीय मागप्रति वर्तमान सरकारको कुनै चासो नदेखिएकाले सत्याग्रह बस्नुपर्ने परेको भट्टराईले बताए।

नगरपालिकाको १३ औं नगरसभाले नेपाल सरकारसमक्ष पेस गरेको सातबुँदे माग पूरा नगरेकाले सत्याग्रह गर्ने निर्णय गरेको बताए।

स्थानीय उत्पादनको प्रवर्द्धन गर्नुपर्ने, जलवायु परिवर्तनको असरबाट जोगाउन सरकारले ठोस कानुन बनाई प्रदूषण गर्ने देशहरूसँग क्षतिपूर्ति लिनुपर्ने, सरकारी कार्यालयमा बाँस र अन्य कच्चा पदार्थ प्रयोग गर्न विल्डिङ कोड र नम्स तयार गरी कानुनी निर्णय गर्नुपर्ने, प्लास्टिकजन्य फोहाेर उत्पादन गरी प्रदूषण गर्ने उद्योगीसँग स्थानीय तहले अतिरिक्त दश प्रतिशत कर लिन पाउनुपर्ने कानुन बनाउनुपर्ने, प्रकृतिको दोहन गर्ने क्रसर उद्योग रोक्दै कानुन बनाई कारबाही गर्नुपर्ने माग गरिएको भट्टराईले जनाएका छन्।

त्यस्तै बसाइँसराइ रोक्न शिक्षा, स्वास्थ्य, खानेपानी, सिंचाइ लगायत क्षेत्रको प्राथमिकतामा राखी नीति र आवश्यकताको आधारमा बजेट विनियोजन गर्नुपर्ने, घरेलु उद्यम र स्वरोजगार हुने कार्य योजना बनाउनुपर्ने रहेका छन्।

आउँदो साउन ११ गतेदेखि सिंहदरबारको दक्षिण गेटमा कपाल काटेर मुखमा कालोपट्टी बाँधी बाँसको घना बोकेर खाली खुट्टा माइतीघर मण्डला पुगी विहान ९ बजेदेखि ५ बजेसम्म ३ दिन भोक हड्तालमा बस्ने भट्टराईले बताए। तीन दिनसम्म पनि माग पूरा नभए साउन १४ देखि आमरण अनसनमा उनले बताए।

नगरप्रमुख भट्टराईले ‘स्थानीयलाई स्वरोजगार र आत्मनिर्भर बनाउने हाम्रो अभियान, भ्रष्टाचारमुक्त, संस्कृतियुक्त नगरमा सबैको आत्मसम्मान’, ‘विश्व जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गरौं, वन, वातावरण र पर्यावरणयुक्त सामाग्री प्रयोग गरौं’  भन्ने मूल मर्मकाे साथ अगाडि बढिरहेकाे पनि बताए।             
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस