चितवनबाट विस्फोटक पदार्थ पटका र खोड्खोडे खाल बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर केन्द्रीय बसपार्कबाट २८ सय पिस पटका र जिल्लाका विभिन्न स्थानबाट २५ खाल खोड्खोडे बरामद गरेको हो।
रौतहटको गौरबाट चितवन आएको ग १ ख ७५३२ नं। को यात्रु बाहक बसबाट २८ सय पिस नागिन पटका बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। बस चालक, सहचालक र कन्डक्टरलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।
नियन्त्रणमा पर्नेमा चालक रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ का मोहम्मद अर्मान, सहचालक वीरगन्ज महानगरपालिका २९९का सुशील चौधरी र कन्डक्टर रौतहटको चन्द्रपुर नगरपालिका ४ का सुदर्शन राउत रहेका छन्।उनीहरूलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।यस्तै खोडखोडे खलेका व्यक्तिहरूलाई प्रहरीले छाडेको छ। उनीहरूलाई अब उपरान्त खालेको पाइएमा जुवा सम्बन्धी ऐन अन्तर्गत कारबाही समेत गर्ने गरी छाडिएको बताइएको छ।
राष्ट्रिय लोकसञ्चारकर्मी नेपालले ३ गीतविरुद्ध प्रहरीमा उजुरी दिएको छ।
आइतबार सामाजिक सद्भाव भड्काउने बताउँदै लोकसञ्चारकर्मी नेपालले ३ गीतविरुद्ध प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको हो।
ध्रुव पुन र चन्द्रकुमारी शाहीको स्वरमा रहेको गीत ‘गाई कालो’, राजकुमार वली-अस्मिता थापा-लक्ष्मी थापाको स्वरमा रहेको ‘सल्ला दमारमा’, रामजी खाँण र शान्तिश्री परियारको स्वरमा रहेको ‘लुकी लुकी’ गीतविरुद्ध संस्थाले उजुरी दिएको हो ।
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...