निर्धारित मितिभन्दा सात महिनाअगावै मोटरेबल पुल सञ्चालन
२३ मंसिर २०८१
•
२ मिनेट पाठ
निर्धारित मितिभन्दा सात महिनाअगावै मोटरेबल पुल सञ्चालन
मोदी गाउँपालिका–६ तिलाहारमा रहेको लिदिखोलामा बनेको मोटरेबल पुल सञ्चालनमा आएको छ। गत भदौमा निर्माण सम्पन्न भएको पुल गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले शनिबार उद्घाटन गरेका हुन्। डिमुवा–राम्जा चित्रे सडकखण्डमा पर्ने लिदिखोला मोटरेबल पुल निर्धारित मितिभन्दा सात महिनाअगावै गत भदौमा सम्पन्न भएको थियो।  




पुल उद्घाटन गर्दै मन्त्री केसीले थुप्रै विकास निर्माणका कार्यक्रम अलपत्र परिरहेका बेला निर्धारित समयअगावै सम्पन्न गरेकामा निर्माण व्यावसायीको प्रशंसा गरेका छन्। मुलुकको विकास र समृद्धिका लागि सञ्चालित योजना समयमा नै सम्पन्न हुनुपर्ने उनको भनाइ छ। आफू मन्त्री भएपछि पहिलो समाचार सोही पुल निर्माण सम्पन्न भएको सुनेको बताउँदै दिगो र गुणस्तरीय विकास आफ्नो मुख्य प्राथमिकता रहेकोमा उनले जोड दिए।  

चालु आर्थिक वर्षमा पनि धेरै मोटरेबल पुल र सडक निर्माणका चरणमा रहेको बताउँदै निर्धारित समयमा नै सम्पन्न गर्न प्रदेश सरकारले आवश्यक सहजीकरण गर्ने उनले विश्वास दिलाएका छन्। पुल निर्माणसँगै लामो समयदेखि नागरिकले पाउँदै आएको सास्ती हटेको छ।  

१८ महिनामा निर्माण सम्पन्न गर्नेगरी २०८० असोज २२ गते सम्झौता भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ। मोदी गाउँपालिका–६ र ८ को सिमानामा रहेको लिदिखोलामा सिङ्गल स्पानको १५ मिटर लामो मोटरेबल पुल निर्माण गरिएको हो। दुई करोड ५३ लाख रुपैयाँ लागतमा निर्मित  पुल कस्तुरी कन्ट्रक्सनले निर्माणको जिम्मा पाएको थियो, जसको भारबहन क्षमता ७० टन रहेको छ।  

अनुकूल मौसम, पर्याप्त जनशक्ति, निर्माण सामग्रीको सहज उपलब्धता र स्थानीयवासीबाट सहज वातावरण निर्माण भएकाले निर्धारित समयभन्दा छ महिनाअगावै पुल सम्पन्न गर्न सफल भएको निर्माण व्यवसायी चेतनारायण आचार्यले जानकारी दिए।  

यो पुल निर्माणपछि मोदी गाउँपालिका–७ राम्जा, वडा नं. ८ चित्रे तथा कुश्मा नगरपालिका वडा नं. ११ पकुवा र वडा नं. १४ आर्थरडाँडाखर्कका बासिन्दा लाभान्वित भएका छन्। पुल निर्माण सम्पन्न भएर सवारीसाधन सञ्चालन हुन थालिसकेको पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालले जानकारी दिए।  

विगत वर्षहरूमा वर्षायाममा खोलाबाट वारपार गर्न नसकेर यातायात सुविधाबाटै वञ्चित हुने गरेका त्यस क्षेत्रका बासिन्दा यस वर्षदेखि सहज रूपमा आवतजावत गर्न पाएको कार्यालयले जनाएको छ। स्थानीय सडक पुल कार्यक्रम एलआरविपी र प्रादेशिक सडक पुल सहयोग एकाइ पिआरवी एसयुको प्राविधिक सहयोगमा पुल निर्माण गरिएको हो। पुल उद्घाटनका क्रममा जग्गादाता तथा निर्माण व्यवसायीलाई सम्मान गरिएको थियो। रासस
अर्को समाचार
सात वर्षमा पनि बनेन पुल
०५ पौष २०८१
•
३ मिनेट पाठ
सात वर्षमा पनि बनेन पुल
हरेक वर्षामा बाढीको कहर सहँदै आएका चौदण्डीगढी नगरपालिका–४ स्थित सुन्दरी खोलामा निर्माणाधीन पक्की मोटरेबल पुल आधा दशक बढी बितिसक्दासम्म नबनेपछि तल्लो बसाहावासी आक्रोशित भएका छन्। तल्लो बसाहादेखि ढेलोचौरी जोड्ने सुन्दरी खोलाको पुल सात वर्षअघि सुरु भए पनि अहिलेसम्म सम्पन्न नभएकोमा स्थानीय आक्रोशित बनेका हुन्।  




हिउँद याममा सामान्य रहे पनि वर्षाको सिजनमा बाढी आएर सुन्दरी खोलाले आउजाउ रोक्नुका साथै क्षति गर्ने गरेको छ। वर्षायामको बाढीले स्थानीयवासीलाई वल्लो गाउँबाट पल्लो टोल आउजाउ गर्न तथा विद्यार्थीलाई स्कुल जानसमेत रोक्ने गरेकाले सो पुल छिटो बन्नुपर्ने स्थानीयको माग छ। तर पुल निर्माण कार्य कछुवा गतिमा भइरहेकोमा गाउँलेहरू आक्रोश पोख्दै नियमन निकायमाथि रुष्ट बनेका छन्।  

सडक डिभिजन लाहानको सुपरिवेक्षणमा सात वर्षअघि निर्माण सुरु भएको पुल यतिका वर्ष बितिसक्दासम्म सम्पन्न हुन नसक्नुमा नियमन निकाय र ठेकेदारको कमजोरी स्थानीयले औंल्याएका छन्। यत्रो वर्ष बित्दासम्म पुल नबन्नुको कारण ठेकेदार कम्पनीले लापरबाही र डिभिजन कार्यालयको गैरजिम्मेवारीपन भएको स्थानीयको गुनासो छ। तीन वर्षमा निर्माण सकेर हस्तान्तरण गर्ने सम्झौता गरेको पुलको काम हालसम्म ७५ प्रतिशतभन्दा बढी हुन सकेको छैन।  

चौदण्डीगढी–४ का वडाध्यक्ष लुङ्गराज राईका अनुसार ६४ मिटर लामो ११ मिटर चौडाइको दुई स्पानको सो पुल तीन वर्षमा बनाइसक्ने भनिएकोमा अहिलेसम्म बन्न नसक्दा वर्षायाममा जनतालाई कठिनाइ हुँदै आएको छ। सात वर्ष बितिसक्दा पनि ७५ प्रतिशत मात्र काम हुनुको मुख्य कारण ठेकेदारदेखि नियमन निकायसम्मको कमजोरी भएको उनले बताए। यतिका वर्ष बित्दा पनि पुल नबन्दा स्थानीयलाई बर्सेनि बाढीले सताउने गरेको वडाध्यक्ष राईको भनाइ छ।  

ठेकेदार शम्भु ठाकुरको लापरबाहीका कारण पुल समयमा नसकिएको आरोप स्थानीयको छ। पुल छिटो सक्न माग गर्दै स्थानीयले पटकपटक तागेता गर्दै आए पनि ठाकुरले त्यसप्रति गम्भीर चासो नदिएको आरोप पनि स्थानीयको छ। ठेकेदार ठाकुरले भने चाँडै पुल बनाइसकेर सञ्चालनमा ल्याउने आश्वासन दिँदै आएका छन्। पुल धमाधम बनाउँदै गर्दा कोभिड महामारी आइपरेपछि रोकिएर सम्पन्न गर्न ढिला भएको ठाकुरको भनाइ छ।  

एकातिर पुल बनाउन ढिला भइरहेको छ भने अर्कातिर स्थानीयले पुलका लागि दिएको जमिनको मुआब्जासमेत अहिलेसम्म नपाएको गुनासो गरेका छन्। स्थानीय सरला विष्टका अनुसार पुल बनाउन आवश्यक जमिन दिएका तीन घर स्थानीयले अझै जमिनको मुआब्जा पाएका छैनन्। पुल बन्छ भनेर नम्बरी जग्गा न्यूनतम मूल्यमा दिएको बताउँदै विष्टले मुआब्जा नपाएको र पुल पनि अहिलेसम्म नबन्दा दोहोरो मारमा परेको विष्टको गुनासो छ।  

यो वर्ष पनि पुल निर्माण नसकिए आउँदो वर्षायाममा बाढीले सताउने चिन्ता स्थानीयहरूलाई अहिलेदेखि लाग्न थालेको छ। कामगराइ हेर्दा आउँदो वर्षामा पनि बाढीको कहर खेप्नुपर्ने देखिएको स्थानीय छविलाल चौधरीले बताए। ‘भटाभट काम गरे २५ प्रतिशत काम छिट्टै सकिने देखिन्छ तर त्यसप्रति ठेकेदार र डिभिजन उति चासो दिएको देखिएका छैनन्,’ चौधरीले भने। सो पुल त्यस भेगका स्थानीयवासीलाई वडा कार्यालय बसाहा र नगर मुकाम बेलटार आउजाउ गर्न महत्वपूर्ण नाका भएको वडाध्यक्ष राईको भनाइ छ।
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ५ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस