जन्मने सही समय
२५ मंसिर २०८१
•
१ मिनेट पाठ
जन्मने सही समय
आफू कुन बेला जन्मन उपयुक्त हुन्छ भन्ने निर्णय कसले गर्न सक्छ ? मान्छेले समेत गर्न नसक्ने यो काम माछाहरूले गर्न सक्छन् भन्ने अध्ययनले देखाएको छ।




इजरायलको जेरुसलेमस्थित हिब्रु विश्वविद्यालयका शोधकर्ताहरूले जेब्राफिसमा गरेको अध्ययनअनुसार जब माछाले आफ्ना सन्तान जन्माउन पानीमा अण्डा छाड्छे, त्यसपछि आफ्ना लागि कुन समय उपयुक्त हुन्छ भन्ने निर्णय स्वयं अण्डाले गर्ने गरेको तथ्य अघि सारेका छन्।

अण्डामा हुने एक किसिमको हर्मोन थाइरोट्रोपिन न्युरोहर्मोन (टीआरएच)ले अण्डा फुटाल्ने समय नियन्त्रण गर्ने गरेको अध्येताहरूले पाएका छन्। जसअनुसार, थाइरोट्रोपिनले अण्डाको कडा भागलाई नरम बनाउन भूमिका खेल्छ।

बाहिरी वातावरणमा अण्डा फुट्न कत्तिको उपयुक्त समय छ भन्ने देखिएपछि मात्र थाइरोट्रोपिन हर्मोन स्वतः उब्जन्छ र त्यसपछि पानीमा तैरिरहेका अण्डा फुट्न सहज हुन्छ। तिनले अण्डाको पर्खाल भत्काउन सजिलो पारिदिने गर्छ। र, अन्ततः माछाका चेपागाँडाहरू तैरन थाल्छन्। अध्ययनबाट माछाहरूले कसरी आफ्नो जन्मदिन आफैँ नियन्त्रण गर्न सक्दारहेछन् भन्ने प्रष्ट भएको वैज्ञानिकहरूको दाबी छ।

त्यसो त माछामा मात्र होइन, कतिपय जनावरमा समेत यस्तो उपयुक्त समयको खोजी हुने वैज्ञानिकहरूको भनाइ छ। अध्ययनमा ती कुन जनावर हुन् भन्ने नखुलाइएको भए पनि विभिन्न जन्तुहरूमा यो साझा व्यवहार भएको वैज्ञानिकहरूको भनाइ छ।
अर्को समाचार
अध्ययन भन्छ: पहिलो सन्तानको तुलनामा पछि जन्मने बच्चाले स्क्रिनमा बढी समय बिताउँछन्
२२ माघ २०८२
•
२ मिनेट पाठ
अध्ययन भन्छ: पहिलो सन्तानको तुलनामा पछि जन्मने बच्चाले स्क्रिनमा बढी समय बिताउँछन्
सामान्यतया ठूला दाजुभाइ र दिदीबहिनीको तुलनामा उनीहरूका साना भाइबहिनीहरूले स्क्रिनमा बढी समय बिताउने र शैक्षिक गतिविधिहरूमा कम समय बिताउने अस्ट्रेलियामा गरिएको एक नयाँ अनुसन्धानले देखाएको छ।  




‘मोनास बिजनेस स्कूलको सेन्टर फर हेल्थ इकोनोमिक्स’ले अस्ट्रेलियामा गरेको एक अध्ययनका अनुसार पहिलो जन्मेका सन्तानको तुलनामा दोस्रो र तेस्रो जन्मेका बालबालिकाले प्रतिदिन क्रमशः नौ मिनेट र १४ मिनेट बढी स्क्रिनमा समय बिताउँछन् ।

‘यो झट्ट सुन्दा सामान्य देखिए पनि पहिलो जन्मेका बच्चाको औसत दैनिक स्क्रिन समयको तुलनामा यो सात देखि १० प्रतिशतले बढी रहनेगरेको पाइएको छ।,’ अनुसन्धानकर्ता दानुष जयवर्धनले भने ।  

‘एक हप्तामा उनीहरूले लगभग एक र १.५ अतिरिक्त घण्टा बढी स्क्रिन प्रयोग गर्दछन्,’ उनले भने ।  

‘यो अतिरिक्त स्क्रिन समय अन्य गतिविधिहरूको लागतमा पनि आउँछ । विशेषगरी, पछि जन्मेका बच्चाहरूले समृद्ध गतिविधिहरूमा प्रतिदिन ११ देखि १८ मिनेट कम खर्च गर्छन् भने यो ठूला दाजुभाई र दिदीबहिनीहरूको तुलनामा ११–२० प्रतिशत कम हुन्छ,’ जयवर्धनले भने। उनले समृद्ध गतिविधिहरू भनी पढ्ने, गृहकार्य गर्ने, बोर्ड गेम खेल्ने वा सङ्गीत वाद्ययन्त्र सिक्ने कुरालाई समावेश गरेका छन् ।  

अध्ययनले दुई देखि १५ वर्ष उमेरका लगभग पाँच हजार ५०० अष्ट्रेलियाली बच्चाहरूको सर्वेक्षण तथ्याङुकलाई आधार बनाएर गरेको अध्ययनमा बच्चाहरूले उठ्नेदेखि सुत्ने समयसम्म आफ्नो समय कसरी बिताउँछन् भन्ने खोजी गरिएको थियो ।  अध्ययनमा गतिविधिहरू आमाबाबुसँग वा एक्लै गरिएका थिए कि थिएनन् भनेर पनि हेरिएको थियो ।  

अध्ययनको निष्कर्षहरूले आमाबाबुको समय र ध्यान परिवार बढ्दै जाँदा बच्चाहरूको विकासलाई बढावा दिन घट्छ, र पछि जन्मेका बच्चाहरूले अधिक उदार अभिभावकत्वको अनुभव गर्छन् भन्ने देखाएको छ। उनीहरू (बछि जन्मेका सन्तति) लाई स्क्रिन प्रयोगको वरिपरि रहन बढी स्वतन्त्रता दिने गरिएको पाइएको अध्ययनले देखाएको छ।  

अनुसन्धानकर्ताहरूले आमाबाबुलाई साना भाइबहिनीहरूसँग गुणस्तरीय समय बिताउन, सक्रिय रूपमा संवर्धन गतिविधिहरूलाई प्रोत्साहित गर्न र स्वस्थ विकासलाई समर्थन गर्न बच्चाहरूमा ‘स्क्रिन’ समयको वरिपरि लगातार नियमहरू कायम गर्न सुझाव दिएका छन् ।
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ३८ सेकेन्ड अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस