बुइपाका चार टोलमा आयातित पेय पदार्थ सेवनमा प्रतिबन्ध
२५ पौष २०८१
•
२ मिनेट पाठ
बुइपाका चार टोलमा आयातित पेय पदार्थ सेवनमा प्रतिबन्ध
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित चारवटा टोलका स्थानीयले आयातित पेय पदाथ सेवनमा प्रतिबन्ध लगाएका छन्। आयातित पेय पदार्थले आर्थिक, परम्परागत संस्कृति र स्वास्थ्यमा समेत प्रतिकूल असर पुर्याएको भन्दै गैरी फुलेली, कुसुङ्खा, उर्लेनी र छापगाउँका स्थानीवासीले बिहे, छेवर, गुन्युचोली, पास्नी, काजकिरिया तथा विभिन्न चाडपर्व र मेलापातमा यसअघि सेवन गरिँदै आइएको आयातित पेय पदार्थ सेवनमा पूर्ण रूपले प्रतिबन्ध लगाएका हुन्।




बाहिरी जिल्लाबाट आयातित पेय पदार्थ सेवनले आर्थिक, सांस्कृति तथा मानव स्वास्थ्यमा समेत प्रतिकूल असर गरेकाले पूर्ण रूपमा प्रतिबन्ध लगाइएको सामाजिक अभियान्ता अरुण राईले जानकारी दिए। 'हाम्रो गाउँमा बिहे, छेवर, गुन्युचोली, पास्नी, काजकिरिया, सांस्कृतिक चाडपर्व, मेलापातलगायत आयातीत पेय पदार्थ सेवन गर्ने चलन थियो। एउटा घरमा हुने कार्जेमा आयातित पेयपदार्थ प्रयोग गरेपछि अर्को घरले पनि प्रयोग गर्नैपर्ने बाध्यता सिर्जना भएको थियो। यसलाई रोक्न प्रतिबन्ध लगाइएको हो,' उनले भने।

गैरी फुलेलीमा गत असोज २९ गते स्थानीय सुशीला राईको विवाहदेखि आयातित पेय पदार्थ सेवनमा पूर्ण रूपले प्रतिबन्ध लगाइएको स्थानीयवासीले बताएका छन्। २८ परिवार रहेको गैरी फुलेलीमा स्थानीय फुलेली सेवा समाजको पहलमा गत असोज १६ गते भएको भेलाको निर्णयले गाउँमा हुने काजभोज तथा मेलापातमा आयातित पेय पदार्थ सेवनमा पूर्ण प्रतिबन्ध लगाएको हो।

कुसुङ्खाका स्थानीयवासीले भने गत वर्षदेखि नै पेय पदार्थ आयात तथा सेवनमा प्रतिबन्ध लगाएका थिए। बुइपाको एउटा गाउँबाट सुरु गरिएको यस अभियान क्रमशः अर्को टोल तथा गाउँमा विस्तार हुँदै जानु सकारात्मक भएको स्थानीय डार्विन चाम्लिङको भनाइ छ।

आयातित पेय पदार्थ प्रतिबन्ध लगाइएका गाउँ तथा टोलहरूमा हुने काजकिरिया तथा चाडपर्वमा परम्परागत रूपमा प्रयोग हुँदै आएको सगुन (स्थानीयस्तरमा उत्पादन हुने जाँड, रक्सी र चिया) प्रयोग गर्ने गरिएको स्थानीयवासीले बताएका छन्। गाउँमा हुने बिहे तथा मेलापातमा यसअघि ड्यू, कोक, जुसका साथै मादक पदार्थका रूपमा सेवन गरिने विभिन्न कम्पनीका रम, बियरलगायत पेयपदार्थ प्रयोग गर्दा स्वास्थ्यका साथै यस्तो गर्नेहरूले ठूलो आर्थिक नोक्सानी हुने गरेको थियो।

आयातित पेय पदार्थ सेवनमा प्रतिबन्ध लगाउने स्थानीयवासीको निर्णयलाई वडा कार्यालयको समेत सहयोग र समर्थन रहेको बुइपाका वडाध्यक्ष दिनेश राईले बताए। 'स्थानीय अगुवा युवाहरूले स्वतःस्फूर्त रूपमा आयातित पेय पदार्थ सेवन नगर्ने निर्णय गरेका छन्। यसले परम्परागत संस्कार, आर्थिक, जनजीविका, स्वास्थ्यलगायत विषयमा समेत टेवा पुर्याएको छ,' उनले भने, 'स्थानीयले अभियानका रूपमा सुरुआत गरेको यो अभियान प्रभावकारी देखिएको छ। अबको केही दिनभित्र सर्वपक्षीय भेला आयोजना गरेर वडामा नै पूर्ण रूपमा प्रतिबन्ध लगाउने योजना अघि सार्छौं।' रासस
अर्को समाचार
नेपाली भाषा बोल्ने बढ्दै, जति सम्पन्न परिवार उति नेपाली बोल्ने दर उच्च
२५ वैशाख २०८२
•
४ मिनेट पाठ
नेपाली भाषा बोल्ने बढ्दै, जति सम्पन्न परिवार उति नेपाली बोल्ने दर उच्च
नेपाली भाषा बोल्नेहरुको संख्या पछिल्लो समय बढ्दै गएको तथ्यांकले देखाएको छ । पछिल्लो दुई दशक नेपालमा दोस्रो भाषाको रुपमा नेपाली भाषाको प्रयोगमा उल्लेख्य वृद्धि भएको हो । राष्ट्रिय जनगणना ०५८ का अनुसार दोस्रो भाषाको रुपमा नेपाली बोल्ने २५.२ प्रतिशत थियो भने जनगणना ०६८ मा यो प्रतिशत बढेर ३२.८ पुगेको थियो । तर पछिलो जनगणना ०७८ मा नेपाली भाषा बोल्नेहरुको संख्या ४६.२ प्रतिशत पुगेको हो । ०५८ पछिको दुई दशकमा नेपाली भाषा बोल्नेको संख्यामा २१ प्रतिशतले वृद्धि भएको पाइएको हो । दोस्रो भाषाको रुपमा नेपाली बोल्नेहरुको संख्या सबैभन्दा बढी मधेश प्रदेशमा र सबैभन्दा कम कर्णाली प्रदेशमा रहेको तथ्यांकमा उल्लेख छ ।  




नेपालमा पछिल्लो समय १२४ मातृ भाषा रहेको देखाएपनि ११७ समुदायले दोस्रो भाषा बोल्ने गरेको पाइएको हो । पुर्खाको भाषा भने मातृ भाषाकै रुपमा प्रयोग हुने गरेको हो ।  

प्रमुख तथ्यांक अधिकारी मधुसुदन बुर्लाकोटीका अनुसार धेरै जनसङ्ख्याले नेपाली भाषालाई कि मातृभाषाका रुपमा कि त दोस्रो भाषाका रुपमा बोल्ने गरेको पाइएको छ । ‘मुख्य रुपमा दुई अलग भाषाको पुलको रुपमा नेपाली भाषा प्रयोग गरिने भएकोले नेपाली भाषा बोल्नेहरु बढ्दै गएको हो,’ बुर्लाकोटीले भने,‘साथै पेसा व्यवसाय, कामकाजी र लोकसेवा आयोगमा समेत नेपाली भाषाको प्रयोग हुने भएकोले यसको प्रयोग बढ्दै गएको हो ।’  

मातृ भाषा र दोस्रो भाषाका रुपमा बोलिने नेपाली भाषालाई समग्रतामा हेर्ने हो भने मधेश प्रदेश बाहेक सबै प्रदेशमा यस्को हिस्सा ९० प्रतिशत छ । मधेश प्रदेशमा भने ७६.५ प्रतिशत पाइएको छ । जनगणना ०७८ अनुसार मातृ भाषाको रुपमा नेपाली कम बोलिए पनि दोस्रो भाषाको रुपमा बढी बोलेको पाइन्छ । ‘पछिलो समय पहिचानको मुद्दाहरु धेरै उठे । यसकारण धेरै भाषाहरुको पहिचान भयो,’ तथ्यांक अधिकारी बुर्लाकोटीले नागरिकसँग भने, ‘पुर्खाको भाषानै मातृ भाषा रहेको पाइयो । यसकारण पुर्खाको भाषा बोल्नेहरु १२४ थरिनै रहे ।’  

नेपालमा मातृभाषाका साथै दोस्रो भाषा नेपाली बोल्नेको घनत्व विशेष गरी गण्डकी प्रदेशको पश्चिमी भाग लुम्बिनी प्रदेशसँग जोडिएको क्षेत्र र कर्णाली प्रदेशका सबै जिल्लाहरु अधिकतम देखिएको निर्देशक आचार्यले बताए ।  

मधेश प्रदेशमा संचारको प्रमुख भाषा नेपाली  

मधेश प्रदेशका सबै जिल्लामा दुई वा सोभन्दा बढी भाषा बोल्ने दर उच्च पइएको  छ । मैथली, भोजपुरी र बज्जिका लगायत भाषा बोल्ने बहुसङ्ख्यक व्यक्तिले विभिन्न मातृभाषा भएका समुदायसँग कुरा गर्न नेपाली भाषाको प्रयोग गर्ने गरेका हुन् । पछिल्लो दुई दशकमा द्विभाषिक जनसंख्या पनि बढेको छ । मधेशमा द्विभाषिक दर सबैभन्दा उच्च ५६.० प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ५१.९ प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ ।  

‘मधेश प्रदेशमा द्विभाषिकता तथा बहुभाषिकताको दर उच्च हुनुको मुख्य कारण मैथली, भोजपुरी र बज्जिका बोल्नेको ठूलो जनसङ्ख्याले दोस्रो भाषाका रुपमा नेपाली भाषालाई प्रयोग गर्नु नै हो,’ तथ्यांक अधिकारी बुर्लाकोटीले भने,‘सबैभन्दा कम द्विभाषिक दर कर्णाली प्रदेशमा छ ।’  

३५९ स्थानीय तहमा आधाभन्दा बढी जनसंख्या नेपाली भाषा बोल्ने  

कुल ७५३ स्थानीयमध्ये ३५९ स्थानीय तहका आधा बढी जनसंख्याले नेपाली भाषा बोल्ने गरेका छन् । थप ७० वटा स्थानीय तहमा अधिकतमले नेपाली भाषा बोल्छन् । बाँकी ३२४ स्थानीय तहमा अन्य भाषाहरु प्नि बढी नै बोलिने गरेको तथ्यांक छ ।

एक लाख बढीले बोल्छन् २१ थरीका भाषा  

पुर्खाको भाषा प्रयोगसम्बन्धी प्रश्न पहिलो पटक २०७८ सालको जनगणनामा समावेश थियो । कार्यालयका निर्देशक विनोदशरण आचार्यका अनुसार यो प्रश्न भाषाको प्रवीणता मापनका लागि नभएर व्यक्तिहरुको पूर्वजले बोल्ने भाषाको पहिचानलक्षित थियो। जनगणनाको नतिजामा धेरैजसो अवस्थामा पुर्खाको भाषाको दरभन्दा मातृ भाषाको रुपमा उत्तरदाताहरुले उल्लेख गरेका भाषाहरुको दर उच्च रहेको उनले जनाए ।

‘जनगणनाको नतिजाले नेपालमा १ लाख बढी जनसंख्याले बोल्ने भाषा कुल २१ वटा पाइयो । यी भाषाले कुल जनसङ्ख्याको ९५ प्रतिशत हिस्सा ओगटेका छन्,’निर्देशक आचार्यले भने,‘यसको विपरित बोल्ने व्यक्तिहरुको संख्याका आधारमा सूचीको तल्लो खण्डमा रहेको भाषाको संख्या १०३ वटा छन् जसले कुल जनसङ्ख्यको ५ प्रतिशत हिस्सा ओगटेका छन् ।’ उनले थपे,‘यसकारण मातृ भाषाको संख्यामा विविधता भएपनि तिनको जनसाङ्खकि हिस्सा असमान पाइएको छ ।’

सम्पन्न परिवारमा नेपाली बोल्ने उच्च  

कुनै परिवार जति धेरै सम्पन्न हुन्छ, नेपाली बोल्ने संभावना त्यतिनै उच्च हुने जनगणनाको तथ्यांक विश्लेषणबाट देखिएको छ । सम्पन्न परिवारमा नेपाली बोल्ने सम्भावना २.५ देखि ३ गुणासम्म हुने गरेको पाइएको छ ।  बढी देखिएको छ । यसेगरी, सबैभन्दा सम्पन्न जनसङ्ख्याको नेपाली बोल्ने सम्भावना तीन गुणाभन्दा बढी छ । साथै निरक्षर जनसङ्ख्यामा भने दोस्रो भाषाभन्दा आफ्नो मातृ भाषाको प्रयोग बढी रहेको पाइएको छ ।  
बिहानको घन्टी
कला/साहित्य
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ३६ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस