रुख कटान खुलाउँदै गण्डकी सरकार
१५ माघ २०८१
•
३ मिनेट पाठ
रुख कटान खुलाउँदै गण्डकी सरकार
गण्डकी प्रदेश सरकारले रुख कटाउन खुलाउने भएको छ। गण्डकी प्रदेश सरकारले दीगो वन व्यवस्थापन निर्देशिका तथा वन व्यवस्थापन कार्यविधि बनाएर रोकिएको रुख कटान खुलाउने भएको हो।




यसअघि रुख कटान सम्बन्धि कार्यविधी नहुँदा गण्डकीमा २०७७ सालदेखि रुख कटान रोकिएको थियो। जसले गर्दा ढलापडा रुखसमेत कटान गर्न नपाउँदा गण्डकीका अधिकांश सामुदायिक तथा सरकारी वनमा रुख कुहिएर जाने अवस्थामा छ। तर अब ढलापडा रुख कटान गर्न मिल्नेगरी कार्यविधी ल्याउन लागेको गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले बताए।

मन्त्री बनेको सयदिने उपलब्धी सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले भने,‘कार्यविधी यहि हप्ताभित्र बनाउँदैछौं। त्यसपछि रुख कटान शुरु हुन्छ।’ उनले फागुनदेखि शुरु गरेर जेठसम्ममा ढलापडा रुख कटान गरिसक्ने योजना रहेको बताए। असारदेखि रुख कटान गर्न मिल्दैन,उनले भने, ‘त्यसअघि नै कटान गरिसक्नुपर्ने बाध्यता छ। त्यसलाई मध्यनजर राखेर रुख कटान सक्ने योजनामा हामी छौं।’

मन्त्री पौडेलले वनलाई आयसँग जोड्ने प्रयासमा सरकार रहेको बताए। वनलाई आयसँग नजोडेसम्म वन संरक्षणपनि नहुने र वन बिस्तार पनि नहुने बताए।  

मन्त्री पौडेलले सामुदायिक वन उपभोक्ता महासंघ सँगपनि करको विषयमा सहमति नजिक पुगेको बताए। गण्डकी सरकारले वन पैदावरमा कर लगाएपछि दोहोरो, तेहेरो कर तिर्नुपरेको भन्दै सामुदायिक वन उपभोक्ता महासंघले अदालत गुहारेको थियो। जसमा अदालतले तत्काल निर्णय कार्यान्वयन नगर्न भन्दै गण्डकी सरकारलाई अन्तरिम आदेश दिएका कारण सो निर्णय लागु हुन सकेको थिएन। तर अहिले सामुदायिक वनबाट उठेको राजस्वमा बजेट थपेर सोहि वनमा खर्च गर्न दिनेगरी राजस्व उठाउन दिने विषयमा सहमति नजिक पुगेको उनको भनाई छ।  

यद्दपी राजश्वको दरबारे अझै टुंगि नसकेको श्रोतले बतायो। सामुदायिक वन उपभोक्ता महासंघले १० प्रतिशत भन्दा बढी राजस्व राख्न नपाउने अडान लिएको तर गण्डकी सरकार भने २० प्रतिशतसम्म लिने सोंचमा रहेका कारण नटुंगिएको श्रोतको दाबी छ। मन्त्रीले भने यसबारेमा थप केहिपनि खुलाएनन्। उनले भने,‘हामी सहमति नजिक छौं तर टुंगिसकेको छैन।’

मन्त्री पौडेलले राता बाँदरलाई कृषिका लागि हानिकारक सूचीमा राख्ने निर्णय भई राजपत्रमासमेत प्रकाशित भइसकेको बताए। ‘यसले कृषिमा हुने क्षती न्यूनिकरणमा सघाउँछ,’ उनले भने, ‘पहिले बँदेललाई मात्र कृषि हानिकारक जनावरका रुपमा राखिएको अहिले राता बाँदरलाई पनि राखिएको छ। यसले अबदेखि कृषिमा हानि पु¥याएको अवस्थामा राता बाँदरलाई पक्रने, लखेट्ने र त्यस क्रममा बाँदर मरिहाल्यो भनेपनि कानून् नलाग्ने लाग्दैन।’

मन्त्री पौडेलले पोखरा–३१ पचभैयामा रहेको प्राणी उद्यान वन्य जन्तु उद्धार केन्द्रलाई बिस्तार गरेर चिडियाघरका रुपमा विकास गर्ने र त्यसलाई अनुसन्धान केन्द्रसमेत बनाउने तयारीमा गण्डकी सरकार लागिरहेको बताए। त्यसका लागि विस्तृत अध्ययन प्रतिवेदन बनाउन कुनै एउटा कम्पनीलाई जिम्मा दिइएको उनको भनाई छ। ‘अहिले एउटामात्र सामुदायिक वनलाई समेटिएको छ, अब त्यस वरपरका थप दुईवटा थपेर तीन वटा सामुदायिक वन क्षेत्रलाई समेटेर चिडियाघर र अनुसन्धान केन्द्र बनाउने तयारीमा मन्त्रालय जुटेको छ’–उनले भने। यो अन्तर्राष्ट्रिय चिडिया घर र सदर चिडियाघरको मापदण्ड अनुसार बन्ने उनको दाबी छ।

गण्डकी सरकारले यस आर्थिक वर्षमा हालसम्म वन्यजन्तुले पु¥याएको क्षतीवापत स्थानियलाई १ करोड १० लाख क्षतीपूर्ती दिइसकेको बताए। गण्डकीमा यस आर्थिक वर्षको हालसम्ममा वन्तजन्तुका कारण २ जनाको ज्यान जानुका साथै ४ जना सख्त घाइते भएका थिए। मृतक परिवारलाई जनही १०÷१० लाख तथा घाईतेलाई उपचारका लागि २÷२ लाख रुपैयाँ प्रदान गरिएको उनले बताए। त्यसबाहेक अन्यचाहिं कृषि बालीमा पु¥याएको क्षतीको रकम प्रदान गरिएको उनले स्पष्ट पारे।
अर्को समाचार
मन्त्रिपरिषद्को निर्णय विपरीत सामुदायिक वन, अझै रोकिएन रुख कटान
२९ जेष्ठ २०७७
•
२ मिनेट पाठ
मन्त्रिपरिषद्को निर्णय विपरीत सामुदायिक वन, अझै रोकिएन रुख कटान
पशुपति सामुदायिक वन उपभोक्ता समितिमा अवैध रुपमा काटिएको सालको रुख । तस्बिरः नागरिक
मन्त्रिपरिषद्को निर्णयले तत्काललाई रुख कटान, संकलन, ढुवानी तथा ओसारपसार कार्य तत्काल रोक्ने र कटान भएका गोलिया तथा काठलाई जहाँ जस्तो अवस्थामा छ, त्यहीँ अवस्थामा राख्न निर्देशन दिएको छ । तर, मन्त्रिपरिषद्को निर्णयलाई लत्याउँदै गौरीगंगा नगरपालिका–१, गोप्कास्थित पशुपति सामुदायिक वनले अहिलेसम्म वैज्ञानिक वनका नाममा लुकीछिपी रुखहरू कटान गर्न थालेको छ ।  




बुधबार दिउँसो मात्रै पशुपति सामुदायिक वनमा ११ वटा रुख कटान गरिएको बताउँदै स्थानीय उपभोक्ता जुद्ध साउँदले भने,‘बुधबारका दिन दिउँसो उपभोक्ताहरुलाई लिएर जंगल जाँदा ७ वटा सालका रुख र ४ वटा हल्दु र जामुनका रुखहरु काटिएको अवस्थामा भेटिए ।’ लगत्तै सव डिभिजन कार्यालयमा रुख कटानी रोकिदिन भन्दै आग्रह गर्दा समेत सव डिभिजन प्रमुख शेरबहादुर भण्डारीले मतलव नगरेको बताउँदै उनले भने,‘त्यसपछि बिहीबार बिहान राजनीतिक दलका प्रतिनिधि, स्थानीय उपभोक्ता र सव डिभिजन कार्यालयका प्रमुख भण्डारीसहितको टोलीले अनुगमन गर्दा गल्ती भएको रिपोर्ट निकालेको हो ।’  

काटिएका रुख मध्ये ७ वटा सालका रुख र ४ वटा रुखहरु भने अन्य जातका फेला पारेको बताउँदै सव डिभिजन कार्यालय चौमालाका प्रमुख भण्डारीले भने,‘वनको अनुगमन गर्न राजनीतिक दलका प्रतिनिधिसहित सामुदायिक वनका पदाधिकारी र स्थानीय उपभोक्ता गएका थियौँ, गल्ती भएकै छ ।’ हिजो मात्रै सालका रुख काटिएको देखिएपछि सामुदायिक वनलाई कारबाहीका लागि मुद्दा अगाडि बढाएको उनले बताए । ‘रुख कटान भएको छ, कारबाहीका लागि मुद्दा प्रक्रिया अगाडि बढाएको छु ।’

सामुदायिक वनका अध्यक्ष गोविन्द रावलले यस विषयमा बोल्न मानेनन् । ‘म अहिले मिटिङमा छु, कुरा गर्न सक्दैन,’ अध्यक्ष रावलले भने । डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कँडेलले १८ गतेका दिन आफू मातहतका सबै सव डिभिजन कार्यालयलाई सम्बन्धित सामुदायिक वनलाई काठ कटानी, ढुवानी रोक्न पत्राचार गरिसकेको बताए । ‘हामीले सबैलाई पत्राचार गरिसकेका छौँ,’ उनले भने,‘यदि अझै काठ कटानी रोकिएन भने वन ऐन अनुसार मुद्दा चलाउन भनेको छु ।’  पशुपति सामुदायिक वनका  विषयमा बुझेर कुरा गर्ने बताउँदै उनले भने,‘यदि गल्ती भएकै हो भने वन ऐन अनुसार कारबाही प्रक्रिया अगाडि बढाउँछु ।’
बिहानको घन्टी
कला/साहित्य
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock २० मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ३७ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस