मनाङको डढेलो १० दिनसम्म पनि नियन्त्रण हुन सकेन
२७ माघ २०८१
•
३ मिनेट पाठ
मनाङको डढेलो १० दिनसम्म पनि नियन्त्रण हुन सकेन
जिल्लाको चामे गाउँपालिका–१ तिमाङ जङ्गलमा लागेको डढेलो १० दिनसम्म पनि नियन्त्रण हुन सकेको छैन । यही माघ १८ गते बेलुकीदेखि लागेको डढेलो जटिल भूगोलका नियन्त्रण गर्न नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।




तिमाङ जङ्गलमा लागेको डढेलो जटिल भौगोलिक संरचनाका कारण नियन्त्रणमा लिन नसकिएको प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले जानकारी दिए। उनका अनुसार डढेलो नियन्त्रणका लागि जिल्लाका सबै सुरक्षा संयन्त्र परिचालन गरिएको छ ।

उनले भने,'डढेलो नियन्त्रणका लागि जिल्लाका सबै सुरक्षा निकाय परिचालन गरिएको छ । स्थानीयवासी पनि सक्रिय भएर जङ्गलमा खटिएको छ, तर हालसम्म नियन्त्रणमा लिन सकिएको छैन ।' डढेलो समयमा नियन्त्रणमा लिन नसक्दा जङ्गलमा रहेका भेडा, च्याङ्ग्रा, याक, चौँरीका चरन क्षेत्र नष्ट भएका उनले बताए।

'आगलागी बस्तीभन्दा टाढाको जटिल भूगोलमा लागेको छ, यहाँ हावा चल्ने भएकाले पनि डढेलोको जोखिम बढ्न सक्ने अवस्था छ', प्रजिअ आचार्यले भने,'साथै राष्ट्रको गहनाका रूपमा रहेका राष्ट्रिय पन्छी डाँफेको बासस्थान र कोपिला लागेको लालीगुँरासको बोट नष्ट भएका छन् ।' जानसक्ने स्थानसम्म पुगेर सुरक्षाकर्मी र स्थानीयले डढेलो निभाउने प्रयास गरिरहेको उनले जानकारी दिए।  

कठिन तथा जोखिम भिरमा आगलागी भएकाले डढेलो नियन्त्रणमा समस्या भएको उनले बताए। अन्यत्र आगो नफैलिओस् भनेर सुरक्षित गर्ने काम भने गरिसकेको भन्दै बस्तीमा आगलागीको जोखिम नरहेको उनले उल्लेख गरे।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालयका प्रमुख ढकबहादुर भुजेलले हिउँ पर्ने स्थानमा हिउँ नपर्नु, सुक्खा हुनुलगायत कारणले आगलागी भएको भन्दै सुख्खा बढी भएकाले आगो नियन्त्रणमा लिन नसकिएको बताए। उनले भने,'संरक्षण क्षेत्रमा प्रत्येक वर्ष आगलागी हुने गरेको छ । सुक्खायाम, हिउँ नपर्नु, वनजङ्गलमा रहेका सुकेका ठुटालगायत कारणले आगो लाग्ने गरेको हो ।'

भुजेलका अनुसार राष्ट्रिय वन क्षेत्रमा यसरी लामो समय आगलागी हुँदा बासस्थान बनाएर बसेका पशुपन्छी अन्यत्र सर्ने गरेका छन् । यसरी प्रत्येक वर्ष वन्यजन्तु तथा पशुपन्छीको बासस्थान मासिँदै गएपछि यहाँका लोपोन्मुख वन्यजन्तु पूर्ण रूपमा लोप हुनसक्ने उनले बताए। उनका अनुसार आगलागीबाट जङ्गलमा भएका सल्लाको काठ, धुपीजस्ता बहुमूल्य तथा औषधीय जडीबुटीको विनास हुनेसक्ने अनुमान गर्न सकिन्छ ।

जङ्गलमा भएका झिजा, पातपतिङ्गरले गर्दा आगो बढ्न सक्ने जोखिम यथावत रहेको प्रमुख भुजेलले बताए। उनले भने,'सुक्खयाम र हुरीबतास चल्ने मौसमका कारण आगो नियन्त्रणमा लिन कठिन भएको छ ।' तत्काल जङ्गलमा आगलागी नियन्त्रण गर्न नसके यसको क्षेत्रफल बढ्ने उनको भनाइ छ । उनका अनुसार जङ्गलमा भएका वनआलु, लौडसल्ला, जटामसी, पाँचऔँले, गुची च्याउलगायत जडीबुटी डढेलोले नष्ट हुने थालेका छन् ।

आगलागीका कारण चराचुरुङ्गी, वन्यजन्तुको बासस्थानमा प्रभाव पार्नुका साथै चराचुरुङ्गी, वन्यजन्तु तथा याकचौँरीका चरन क्षेत्र नास हुन थालेको कार्यालय प्रमुख भुजेलले बताए। यस वर्षको मङ्सिरयता ताल, आइसलेक, पिसाङ भिर आगलागी भएको कार्यालयले जनाएको छ ।

विसं २०७७ मङ्सिर २ गतेदेखि लागेको आगो दुई महिनापछि मात्रै नियन्त्रण आएको थियो । उक्त आगलागीका कारण मनाङको एक हजार दुई सय हेक्टर क्षेत्रफल वनजङ्गल नष्ट भएको थियो । तिमाङ जङ्गलमा लागेको डढेलो नियन्त्रणमा तीनै तहका सरकारले यथाशीघ्र प्रभावकारी पहल गर्नुपर्नेमा स्थानीयको जोड छ ।
अर्को समाचार
कोशी प्रदेशमा एकै दिन ३७ वटा आगलागीको घटना
२४ चैत्र २०८१
•
२ मिनेट पाठ
कोशी प्रदेशमा एकै दिन ३७ वटा आगलागीको घटना
सुख्खायाम सुरू भएसँगै कोशी प्रदेशका विभिन्न जिल्लामा आगलागीका घटना बढ्न थालेको छन् । कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय विपद् व्यवस्थापन शाखाका अनुसार पछिल्लो १० दिनमा कोशी प्रदेशका विभिन्न जिल्लामा २ सय १८ वटा आगलागीका घटना भएका छन् ।




सामुदायिक तथा निजी बनहरूमा आगलागी हुने क्रम अत्याधिक बढेको देखिएको छ । यस्तै जङ्गलमा लागेको डढेलोका कारण कतिपय स्थानका बस्तीहरूसमेत जलेर नष्ट भएको पाइएको छ । यस्तै व्यक्तिका घर, गोठ, गुवाली लगायतमा समेत आगलागी हुने गरेको पाइएको छ ।

आगलागीबाट भएको क्षतिको पूर्ण विवरण उपलब्ध भई नसकेको भए पनि प्रारम्भिक विवरण अनुसार सुख्खा मौसम सुरु भएसँगै भएका भौतिक सम्पत्तिको ठूलो क्षति भइरहेको देखिन्छ । विगत १० दिनको तथ्याङ्क हेर्दा चैत २२ गते सबै भन्दा बढी ३७ वटा आगलागीको घटना कोशी प्रदेशमा भएका छन् । यस्तै चैत २३ गते ३५, २१ गते २९ वटा, २७ गते २७ वटा आगलागीका घटना भएका छन् ।

आगलागीका घटनामा परेर विगत एक वर्षको अवधिमा कोशी प्रदेशमा मात्रै १० जनाको मृत्यु भइसकेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । गत वर्षको चैत १५ गते देखि चालु आर्थिक वर्षको चैत १५ गते सम्मको जिल्लागत  तथ्याङ्क हेर्दा कोशी प्रदेशको मोरङ जिल्लामा २ सय ६६ वटा आगलागीका घटना भएका छन्।

यस्तै सुनसरीमा १ सय ९३, झापामा १ सय ५९ वटा आगलागीका घटना भएका छन् । उदयपुरमा ७२, खोटाङमा ५८,भोजपुरमा ५२, इलाममा ५० सोलुखुम्बुमा ४३ र  सङ्खुवासभामा ४३ वटा घटना भएका छन् । यस्तै धनकुटा ३८, ओखलढुङ्गा ३८ र पाँचथरमा ३८ वटा घटना भएका छन् । कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा सबै भन्दा कम २६ वटा र तेह्रथुममा २७ वटा आगलागीका घटना भएका छन् । प्रदेश सरकारको तथ्याङ्क अनुसार कोशी प्रदेशमा कुल विपद्का घटना मध्ये सबै भन्दा बढी आगलागीकै घटना देखिएका छन् । २०८० सालमा कोशी प्रदेशमा विपद्का घटना मध्ये ७२ प्रतिशत घटना आगलागीका छन् । यस्तै २०८१ को चैत १५ सम्ममा कुल विपद्का घटना मध्ये ५७ प्रतिशत घटना आगलागीका रहेका छन् ।

प्रदेशका विभिन्न स्थानबाट आगलागी भएका सूचनाहरू मन्त्रालयमा आइरहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता कमलबहादुर थापाले जानकारी दिए । उनका अनुसार प्रदेश स्तरीय विपद् व्यवस्थापन समितिको बैठकले जिल्ला विपद् व्यवस्थापन समितिहरूलाई आगलागीका घटना नियन्त्रणका लागि कार्य योजना बनाएर निर्देशनसमेत दिइसकेको थापाले बताए । उनले भने‘प्रदेशमा आगलागीका घटना धेरै देखिएकाले आगलागीका घटना न्यूनीकरणका लागि कार्य योजना बनाएर जिल्ला विपद् व्यवस्थापन समितिहरूलाई निर्देशन दिएका छौँ ।’

सुख्खा मौसम र विद्युत् सर्ट आगलागी हुनुको मुख्य कारण देखिएको थापाले जानकारी दिए । वन डढेलो र आगलागीका कारण बायुप्रदुषण पनि बढेको थापाले बताए । वनमा डढेलो मानवीय हेलचक्र्याइँ कारण मात्रै नभई कतिपय ठाउँमा जानीजानी पनि डढेलो लगाउने गरेको पाइएको थापाले बताए । आगलागी नियन्त्रणका लागि प्रदेश सरकारले जनचेतनामूलक सामाग्रीहरू सञ्चारमाध्यमबाट प्रसारण गरिरहेको थापाले बताए । आगलागी नियन्त्रण र पीडितहरूलाई राहत वितरणको काम पनि प्रदेश सरकारले गरिरहेको थापाले  जानकारी दिए । 
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १० मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १८ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock २० मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस