घर पोत्ने माटो निकाल्ने क्रममा हुम्लामा एक महिलाको मृत्यु भएको छ । चार महिला गम्भीर घाइते भएका छन् । हुम्लाको सर्केगाड–७, रोडीकोटमा माटोले पुरिएर नेत्रकला जैसीको मृत्यु भएको हो ।
गाउँपालिका उपाध्यक्ष देवकी तिमिल्सेनाका अनुसार तिर्थकला जैसी, जालकी जैसी, लक्षीमादेवी जैसी र मञ्जु जैसी घाइते भएका छन् । उनीहरूलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत उद्धार गर्ने प्रयास भइरहेको छ ।