पथरी-मोरङको सिसबनी बडहरा वडा नं २ मा सोमबार साँझ माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्युभएको छ।जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएको अवस्था उद्धार गरिएका ५० वर्षीय हरिनारायण चौधरीको उपचारका क्रममा मृत्यु भएको हो।
माटोको ढिस्कोले पुरिएको अवस्थामा स्थानीयले फेला पारेका चौधरीलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको र त्यहाँ उनको मृत्युभएको हो। रासस
माटोको ढिस्कोले पुरिएको अवस्थामा स्थानीयले फेला पारेका चौधरीलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको र त्यहाँ उनको मृत्युभएको हो। रासस