बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर २ बेतहनीमा पानी बोक्ने ट्याङ्करले ठक्कर दिँदा दुई जना बालकको घटनास्थलमै मृत्यु भएको छ ।
आइतबार अपराह्न साढे ३ बजेतिर भे१ ख ४१०७ नम्बरको ट्याङ्करले स्थानीय विशाल गोडिया र शिवकुमार गोडियाको मृत्यु भएको थियो ।
स्थानीयका अनुसार दुबै जना बेतहनीको नौरीगढी एकेडेमीमा एल.के.जी.मा अध्ययनरत थिए । स्कुलबाट फर्किँदै गर्दा बेतहनी चोकमा ट्याङ्करले उनीहरूलाई ठक्कर दिएको थियो । ठक्करबाट सुरुमा सडकमा लडेर चिच्याउँदै गर्दा पछि ट्याङ्करले किचेको प्रत्यक्षदर्शीले जानकारी दिए ।
प्रहरीका अनुसार दुबै जना अन्दाजी ९/१० वर्षका सहोदर दाजु भाइ हुन । घटनापछि स्थानीय बासिन्दाले ट्यांकरमा आगजनी गरिदिएका छन् । घटनास्थल तनावग्रस्त बनेको छ । प्रहरी र स्थानीय बासिन्दाबिच झडप भइरहेको छ । चालकलाई कारबाहीको माग गरेका स्थानीय बासिन्दाले प्रहरी चौकी बेतहनीलाई घेराउ गरेका छन् । अहिले स्थानीयले चौकीमा समेत आगजनी गरिदिएका छन् ।
प्रहरीले चालकलाई लुकाएको भन्दै उनीहरू आक्रोशित भएका हुन । अहिले ठुलो संख्यामा प्रहरी र स्थानीय बासिन्दा जम्मा भएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम डिएसपी दिपक पातलीले ठक्करबाट दुई जना बालकको घटनास्थलमै मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको बताए ।
'अहिले स्थिति तनावग्रस्त छ, आउट अफ कन्ट्रोलको स्थिति छ,' उनले नागरिकसँग भने । घटनास्थलमा प्रहरीले दर्जनौँ सेल अश्रुग्याँस र हवाई फायर गरेको छ। स्थानीयले बालकको शव सडकमै राखेर प्रदर्शन गरेका छन् ।
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।
भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।
इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।
जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।
जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्याउने महत्वपूर्ण कदम बनेको छ।
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...