निर्माणको अन्तिम चरणमा उदयपुरगढी अस्पताल
२८ जेष्ठ २०८२
•
३ मिनेट पाठ
निर्माणको अन्तिम चरणमा उदयपुरगढी अस्पताल
उदयपुरगढी गाउँपालिकाको निर्माणाधीन गाउँ अस्पताल भवन अन्तिम चरणमा पुगेको छ । 




वडानम्बर–५ गढीस्थित गाउँपालिका कार्यालयदेखि आधा किलोमिटर तल निर्माणाधीन भवन ३ वर्षअघि सुरु भएको हो ।  गाउँपालिकाकै १० कट्ठा क्षेत्रफल जमिनमा बन्दै गरेका दुई वटा भवनमध्ये एउटा २१ कोठाको साढे ३ तले छ भने अर्को १२ कोठाको साढे ३ तले बन्नेछ। भवनको संरचना निर्माणको अन्तिम चरणमा पुगेको गाउँपालिकाका इन्जिनियर सन्तोष राय थारूले बताए । उनका अनुसार हालसम्म भवनको भौतिक प्रगति ८० प्रतिशत सम्पन्न भइसकेको छ ।  

‘स्ट्रक्चरका काम लगभग सकिन लागेको छ, अव गारो लगाउने, प्लास्टर र वायरिङको काम सुरु हुन्छ’ इन्जिनियर थारूले भने, ‘त्यसपछि वायरिङ, पेन्टिङ र फर्निसिङको काम गरेपछि अस्पताल भवनले पूर्णता पाउँछ ।’ भवन निर्माणका लागि गाउँपालिकासँग निर्माण कम्पनीले ०७८ चैत ९ गते सम्झौता गरेको थियो ।  

प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर राईका अनुसार भवन निर्माणको जिम्मा एएनके/धुकुचुङ जेवी काठमाडौँले लिएको छ । २२ करोड ५८ लाख ४५ हजार ४ सय १६ रुपैयाँको लागत इस्टीमेट रहेको भवन ठेकेदारले मूल्य अभिवृद्धि कर (भ्याट)सहित २० करोड ६२ लाख ३८ हजार ८ सय ७४ रुपैयाँमा गर्ने सम्झौता गरेको छ ।  

सुरु गरेको ३ वर्षभित्र अर्थात् ०८२ असार मसान्तभित्र भवन निर्माण सम्पन्न गरिसक्ने सम्झौता  भए पनि सो अवधिमा काम नसकिने भएपछि ठेकेदार कम्पनीले म्याद थप्न आग्रह गरिरहेको छ । तोकिएको अवधिभित्र काम सम्पन्न नभए अवस्था हेरेर केही समय म्याद थप्न कार्यपालिका बैठकमा छलफल चलाउने राईले बताए ।  

१५ शय्याको अस्पताल निर्माणका लागि सङ्घीय सरकारले १८ करोड ५० लाख बजेट सुनिश्चित गरेको छ । जसमध्ये हालसम्म ११ करोड हाराहारी बजेट निकासा भइसकेको लेखापाल शेखर बुढाथोकीले बताए । निकासा आएको बजेटमध्ये निर्माण कम्पनीलाई कामका आधारमा ८ करोड बढी भुक्तानी दिइसकेको र बाँकी बिलको पनि भुक्तानीको तयारी भइरहेको बुढाथोकीले बताएका छन् ।  

गाउँपालिका उपाध्यक्ष जीतबहादुर खड्काले सङ्घीय सरकारको अनुदानमा उदयपुरगढीले १५ शय्याको अस्पताल बनाउन बजेट प्राप्त गर्नुले गाउँमै नागरिकले स्वास्थ्य सेवा पाउने निश्चित भएको बताए । उनका अनुसार अन्य स्थानीय तहहरु गाउँपालिकाले ५ शय्या र नगरपालिकाले १० शय्यामा अस्पताल भवन बनाउने अनुदान पाउँदा उदयपुरगढीले १५ शय्याको बनाउने बजेट पाएको हो ।  

गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगरका अनुसार उदयपुरगढी भौगोलिक रूपमा पहाड, खोँच र चुरे मिसिएको बिकट भूगोल भएको र जनसंख्या पनि धेरै भएकाले उपचार सेवाका लागि सदरमुकाम गाईघाट र कटारी बजारसम्म धाउनुपर्ने बाध्यता छ । ठुलो र जटिलखाले रोग लाग्दा त काठमाडौँ, धरान र विराटनगर नगई नहुने अवस्था गाउँलेलाई रहेको अध्यक्ष मगर बताउँछन् ।  

निर्माणाधीन भवन सकेसम्म छिटो सम्पन्न गरेर गाउँमै विशेषज्ञ चिकित्सकसहितको उपचार व्यवस्था मिलाएर स्थानीयलाई सेवा प्रवाह गर्ने उद्देश्य उनले सुनाए । कमसेकम गाउँमै १५ शय्यामा अस्पताल सञ्चालन गर्न पाए गाउँपालिकाका ८ वटै वडाबासी नागरिकले सामान्य र मध्यम खालका रोगको उपचार सेवा पाउने भएकाले छिटोभन्दा छिटो भवन सक्ने ताकेता गरिरहेको अध्यक्ष मगरले बताए ।  

२ सय ६९.५ वर्ग किलोमिटर क्षेत्रफल रहेको उदयपुरगढी पूर्वमा कटारी नगरपालिका, दक्षिणमा सिराहा जिल्ला, पूर्वमा रौतामाई र उत्तरमा ताप्ली गाउँपालिकाको सीमाभित्र पर्छ । यहाँको जनसङ्ख्या ०७८ को जनगणना अनुसार ६ हजार ८ सय घरधुरीमा १४ हजार ९७ महिलासहित २८ हजार ९ सय २६ जना रहेको गाउँपालिकाको वेबसाइटमा उल्लेख छ ।  
अर्को समाचार
अत्यावश्यक बिआरआई विमर्श
०८ पौष २०८१
•
५ मिनेट पाठ
अत्यावश्यक बिआरआई विमर्श
हाम्रा राजनीतिक नेता, विदेश नीति र कूटनीतिले हाम्रो क्षेत्रीय महाशक्ति र विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) लाई चकित पारेको छ जुन राष्ट्रपति सी चिनफिङद्वारा सुरु गरिएको थियो। यसलाई विश्वका दर्जनौँ देशले अपनाएका पनि छन्। यो चिनियाँ उद्यमबाट बाहिर निस्कने हिम्मत कमै देशले गरेका छन्। सन् २०२३ अक्टोबर १७–१८ मा भएको तेस्रो रोड एन्ड बेल्ट फोरम फर इन्टरनेसनल कर्पोरेसनको बैठकले पान्डा प्याक प्रोजेक्ट र एमिटी लिभिङ वाटर प्रोजेक्टलाई बिआरआईअन्तर्गतका नौ आयोजनाको सूचीमा समावेश गरेको भन्दै चीन निकै अलमलमा परेको थियो।  




बिआरआई कार्यान्वयन योजनाका कारण प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो भ्रमणका क्रममा छनोट भएकाहरू काठमाडौँमै अलपत्र परेका थिए। नेपालले हस्ताक्षर गर्नुअघि नै आयोजना सुरु भएको कुरा आफूलाई राम्ररी थाहा भएकाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिआरआईअन्तर्गत बनेको तत्कालीन चिनियाँ राजदूतको दाबीले हतास देखाएको थियो। चीनको यो पीडा प्रधानमन्त्री ओलीको चीन भ्रमणले हटेको छ।  

बिआरआई कार्यान्वयन योजना नेपालले स्वीकृत गराउन सन् २०२० देखि गरेको निरन्तरको प्रयास अहिले सफल भएको छ। सरकारले बिआरआई सहयोग ढाँचाको विषयवस्तु सार्वजनिक गरेको छ। बिआरआईलाई अब नेपालमा बेल्ट एन्ड रोड इनिसिएटिभ कोअपरेसन (ब्रिक) भनिन्छ किनकि भुक्तानीको मोड अब ‘प्राविधिक र सहायता हुनेछ जुन भुक्तानको सामान्य मोड सहायताका लागि ऋण हो, जुन अपरिचित थियो। नेपालले अब ‘अनुदान’ मा रहेको आफ्नो अडानलाई बेवास्ता गर्दै प्राविधिक र सहायतालगायतका भुक्तानी विधिहरू विस्तार गरेको छ।  

सकारात्मक रूपमा, प्रधानमन्त्री ओलीको चीन भ्रमणले उनी एक चतुर राजनीतिज्ञ मात्र नभएर एक चतुर कूटनीतिज्ञ पनि हुन भनेर देखाउँछ किनकि उनले बिटिआइसीमा हस्ताक्षर गरे। किनकि चिनियाँ बिआरआई प्रत्यारोपण विचारलाई नेपालले अर्को नामकरणले प्रतिस्थापित गरेको छ। हस्ताक्षर नगरेको भए उनको भ्रमण असफल भएको मानिन्थ्यो। चीनले आफूसँग भएको सबै कुरा दिएको देखिन्छ। यो राष्ट्रपति सीको पछिल्लो भ्रमणका क्रममा दिइएको भन्दा बढी हो।

नकारात्मक रूपमा हेर्ने हो भने प्रधानमन्त्री ओलीले चिनियाँ नेतृत्वलाई खुसी पार्न चाहेको सबै (ऋण मोडालिटी) दिन सकेनन्। शायद त्यही कारणले विमानस्थलमा पत्रकार सम्मेलनमा ‘लोन’ भन्ने प्रश्न उठ्दा उनी रिसाएका हुन्। चिनियाँ बिआरआई कार्यान्वयन योजनालाई विस्थापित गर्ने ‘बिआरआई सहयोग फ्रेमवर्क’ को शब्दावली समावेश गर्ने संयुक्त विज्ञ समितिले तयार पारेको सहमतिको मस्यौदालाई प्रधानमन्त्रीले आधा हृदयले मात्रै समर्थन गरेका थिए। सायद यही कारणले गर्दा उनले यहाँ चीनबाट कुनै पनि आयोजनाका लागि ऋण नलिने कुरा अत्यधिक गरेका सुनिन्थ्यो जुन चीनलाई पक्कै पनि मान्य नहुने थियो।

नेपालले पाउने, गुमाउने  

बिआरआईलाई बुझ्दा यो एउटा ठूलो अन्तर्राष्ट्रिय पूर्वाधार पहल हो जसले राष्ट्रहरूलाई बन्दरगाह, राजमार्ग, रेल र अन्य महत्वपूर्ण पूर्वाधारहरूको नेटवर्कमार्फत जोड्ने लक्ष्य राख्छ। यसले सहभागी देशहरूबीचको कनेक्टिभिटी, व्यापार र लगानी सुधार गर्न चाहन्छ। यद्यपि यी पहलहरूको परिणामस्वरूप सम्भावित ऋणको बोझलाई लिएर प्राप्तकर्ता राष्ट्रहरूमा चिन्ता बढ्दै गएको छ। नेपालको सन्दर्भमा बिआरआईको प्रभाव व्यापक र जटिल छ। बिआरआईसँग सम्बन्धित कुनै पनि सम्झौतामा हस्ताक्षर गर्नुअघि नेपालले यसको फाइदा र खतरालाई राम्ररी नाप्नुपर्छ।  

ऋण बहस : आलोचकहरूका अनुसार, बिआरआई परियोजनाहरू, जसमध्ये धेरैजसो चिनियाँ ऋणहरू संलग्न हुन्छन्, ऋणको जालमा परिणत हुन सक्छ जहाँ प्राप्तकर्ता राष्ट्रहरूले उनीहरूको ऋण तिर्न संघर्ष गर्छन्, जसले रणनीतिक निर्णयहरू गर्ने उनीहरूको क्षमता घटाउँछ। नेपालले आफ्नो सीमित वित्तीय क्षमतालाई ध्यानमा राख्दै यो समस्या सामना गर्न सक्छ। साथै, बिआरआई परियोजनाहरूले नेपाललाई प्रस्ताव गर्न सक्ने पूर्वाधार विकास, आर्थिक वृद्धि र रोजगारी सिर्जनाका लागि प्रस्तावकहरूले सम्भावनाहरू प्रकाश पार्छन्।

बिआरआईबाट नेपालले धेरै फाइदा लिने सम्भावना पनि छ। यसले राष्ट्रको जडानलाई बढाउन, यसको अर्थतन्त्रलाई बढावा दिन र रोजगारी सिर्जना गर्न मद्दत गर्न सक्छ। तर चीनले ‘विकासोन्मुख राष्ट्रहरूलाई उनीहरूको सम्पत्ति जफत गर्न प्रतिकूल ऋण दिने’ हुनाले बिआरआईका कारण नेपाल ऋणको जालमा फस्ने चिन्ता छ। यो दाबी बिआरआई र अल्पविकसित राष्ट्रहरूमा चिनियाँ लगानीका अन्य पहलहरूको सन्दर्भमा गरिएको हो। ऋण जाल तर्क केही प्रमाणद्वारा समर्थित छ। उदाहरणका लागि धेरै राष्ट्र, जसले चीनबाट ऋण लिएका छन्, उनीहरूको ऋण फिर्ता गर्न कठिनाइ भएको छ र बन्दरगाहहरू जस्ता महत्वपूर्ण स्रोतहरू नियन्त्रण गर्न बाध्य भएका छन्। यो पनि स्पष्ट हुन जरुरी छ कि सबै चिनियाँ ऋण शिकारी छैनन् र ऋण जाल तर्क अक्सर बढाइचढाइ छ।

जोखिमका कारकहरू

ऋण दिगोपन : चीनको ऋण नेपालको बाह्य ऋणको ठुलो रकम हो जसले देशको ऋण–जिडिपी अनुपातमा चिन्ता बढाउँछ। यी ऋणहरू समयमै चुक्ता गर्न र ऋणको विपत्तिबाट बच्न आयोजनाहरू सफलतापूर्वक कार्यान्वयन गर्नु र बलियो आर्थिक वृद्धि हासिल गर्नु आवश्यक छ।  

भूराजनीतिक प्रभाव : चीन र भारत दुवैसँगको सम्बन्धलाई ध्यानमा राख्दै, बिआरआईमा नेपालको सहभागिताको भूराजनीतिक प्रभाव छ। यी दुई शक्तिशाली छिमेकीबीच सन्तुलन कायम गर्नु नेपालको स्थायित्वका लागि आवश्यक छ।  

परियोजनाको व्यावहारिकता : दीर्घकालीन नाफा, राजस्व उत्पादनको सम्भावना र वातावरणीय र सामाजिक मापदण्डहरूको पालनाले नेपालमा आर्थिक रूपमा बिआरआई परियोजनाहरू कत्तिको सक्षम छन् भन्नेमा भूमिका खेल्छ।

न्यूनीकरण प्रविधिहरू : नेपालले ऋणको जालमा पर्न र बिआरआईको नाफाबाट बच्न धेरै प्रविधि प्रयोग गर्न सक्छ।  

पारदर्शी परियोजना मूल्याङ्कन : नेपालका लागि आर्थिक र विकास दुवै रूपमा सम्भाव्य परियोजनाहरू फेला पार्न पूर्ण लागत–लाभ मूल्याङ्कन र खुला टेन्डर प्रक्रिया प्रयोग गर्न सकिन्छ।
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock २२ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ५७ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस