आठ वर्ष नाघेका मुद्दा शून्यमा झार्दै सर्वोच्च
०१ असार २०८२
•
४ मिनेट पाठ
आठ वर्ष नाघेका मुद्दा शून्यमा झार्दै सर्वोच्च
कतिपय मुद्दा फैसलामा १०–१५ वर्ष लाग्दा टिप्पणी खेप्ने गरेको सर्वोच्च अदालत आठ वर्ष नाघेका मुद्दा छिन्न लागिपरेको छ। सर्वोच्चले आठ वर्ष पुराना मुद्दा असार मसान्तसम्म शून्यमा झार्ने अठोट लिएको सोही अदालतका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए। वर्षौंदेखि अल्झिएका मुद्दालाई प्राथमिकतामा राखेर सर्वोच्चले काम अघि बढाएको उनले बताए।




सबैभन्दा धेरै पुराना मुद्दा भएको सर्वोच्च अदालतमा अब आठ वर्ष पुराना मुद्दा ६ थान मात्रै छन्। जेठ मसान्तसम्मको तथ्यांक हेर्दा सर्वोच्च अदालतमा कुल २५ हजार ६ मुद्दा छिन्न बाँकी छन्। त्यसमा पाँच वर्ष नाघेका १४ सय ९८ वटा छन्। दुई वर्ष नाघेका ९ हजार पाँच सय मुद्दा छन्।

प्रवक्ता कुइँकेलका अनुसार सर्वोच्च अदालत मात्रै होइन, देशैभरका उच्च र जिल्ला अदालतमा पुराना मुद्दा घटाउने अभियान चलाइएको छ। छिटो सक्ने अभियानमा राखेर सर्वोच्च अदालतले पुराना मुद्दा घटाउने अभियान चलाएको हो। पुराना मुद्दाका लागि छुट्टै कर्मचारी खटाइएको छ। २०८१ साउनसम्म तीन सय नौ थान ८–१० वर्ष नाघेका मुद्दा थिए। अहिले फछ्र्योट हुँदै गएको प्रवक्ता कुइँकेलले बताए।

करिब १३ वर्ष पुरानो पूर्वसभामुख अग्निप्रसाद सापकोटा जोडिएको मुद्दा निसु (निर्णय सुनाउने) समय तोकिएर पनि फेरि इजलासमा फर्केको थियो। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठका पालामा निर्णय सुनाउने मिति तोकिएको थियो।

श्रेष्ठको उमेरहदका कारण सेवानिवृत्त भएपछि मुद्दा फेरि फर्केर सुनुवाइ सुरु भएको थियो। जेठ २१ मा बल्ल संवैधानिक इजलासले मुद्दाको फैसला गरेको हो। पुराना भ्रष्टाचारसँग सम्बन्धित मुद्दा, क्यासिनोसँग सम्बन्धित मुद्दाहरू छिनिएका छन्। टाइगर ब्रुअरीको ट्रेड मार्क दर्ता दाबीसँग सम्बन्धित पुरानो मुद्दामा गत साता सुनुवाइ सकेर निसुमा गएको छ। त्यस मुद्दामा उद्योग विभागका महानिर्देशकलाई एक हजार रुपैयाँ जरिबाना गरेर फाइल ल्याउनमा ताकेता गर्नुपरेको थियो।

‘२०७३ सालदेखिको मुद्दामा पटकपटक आदेश गर्दा पनि टाइगर ब्रुअरीको मुद्दामा मिसिल आएन। त्यसपछि उद्योग विभागकै महानिर्देशकलाई एक हजार जरिबाना भएको छ,’ प्रवक्ता कुइँकेलले भने, ‘आदेशपछि तत्काल मिसिल पनि आयो र मुद्दा छिन्न सहज भयो।’

यस्तै प्राविधिक कारणले पुराना मुद्दा छिन्नमा ढिलाइ भइरहेको उनले बताए। त्यसैगरी चार वर्ष पुरानो संवैधानिक निकायमा पदाधिकारी नियुक्तिको विषयमा असार १८ का लागि निसु मिति तोकिएको छ। अघिल्लोपटक प्रधानमन्त्री एवं संवैधानिक परिषद्का अध्यक्ष केपी शर्मा ओलीसमेतले ५२ जनालाई विभिन्न संवैधानिक निकायमा पदाधिकारी नियुक्ति गरेका थिए। अध्यादेशमा टेकेर नियुक्ति गरिएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो। उक्त निवेदनको टुंगो लाग्न चार वर्ष बढी लागेको हो।

अभियान फाँटबाट पुराना मुद्दामा पेसी स्थगित नहुने गरी व्यवस्थित गरिएको प्रवक्ता कुइँकेलले बताए। गोला प्रणालीमा हेर्न नमिल्नेमा परेका न्यायाधीशलाई छुट्याएर मुद्दालाई सूची प्रक्रियामा राखिएको छ। मिसिल नआएका मुद्दामा सम्बन्धित कार्यालयमा अदालतबाटै कर्मचारी नै पठाएर ल्याउने गरिएको छ। एक महिनाभित्र अनिवार्य रूपमा पेसी राख्ने गरी व्यवस्था मिलाइएको छ। ‘के कारणले मुद्दा रोकियो भनेर मैले नै विवरण बोकेर हिँडिरहेको हुन्छु,’ मुद्दा महाशाखाका प्रमुखसमेत रहेका कुइँकेलले भने।

एकएक मुद्दा हेरेर पेसी व्यवस्थापन गरिएको उनको दाबी छ। ‘असार मसान्तसम्ममा आठ वर्ष नाघेका मुद्दा फैसला गरेर शून्य बनाउने योजनामा छौं,’ उनले भने। कतिपय मुद्दा पेसीमै छन्। कुनै फैसला गर्न विशेष परिस्थितिबाहेक स्थगित गर्न परे वा कुनै बाधा नभए अदालतको योजनाअनुसार आठ वर्ष पुराना मुद्दा सकिनेछन्।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पुराना मुद्दा सकेसम्म छिटो सक्न उच्च, जिल्ला अदालतका प्रमुख न्यायाधीशहरूलाई निर्देशनसमेत दिइसकेका छन्। उनले निष्ठामा रहेर काम गर्दा डराउनुनपर्ने भन्दै न्यायाधीशहरूलाई ढाडस पनि दिएका छन्। प्रधानन्यायाधीश राउतले गत साता आयोजित एक कार्यक्रममा सर्वोच्चमा आठ वर्ष नाघेका मुद्दालाई असार मसान्तसम्मा शून्यमा झार्ने अभियानलाई सफल बनाउन सबै लागिपरेको बताएका थिए। सर्वोच्च २०८३ सालसम्ममा पाँच वर्षे मुद्दालाई घटाउने योजनामा रहेको उनले बताएका थिए। ‘सुधार हामी आफै गर्ने हो। सुकर्म र संकल्प हामीमा हुनुपर्छ,’ प्रधानन्यायाधीश राउतले भने, ‘उच्च अदालतहरूमा पनि मुद्दा फछ्र्योटको निकै राम्रो काम भइरहेको छ।’

मुद्दा छिन्न किन लामो समय लाग्छ?

कतिपय मुद्दा निकै लामो समयदेखि अदालतमा विचाराधीन हुन्छन्। पुराना मुद्दामा प्रायः विशिष्ट व्यक्ति जोडिने भएकाले कतिपय न्यायाधीशले जोखिम मोल्न नचाहँदा र त्यस्ता मुद्दा नहेरी न्यायाधीश तर्किने गर्दा मुद्दा लामो समय रोकिने गरेको आरोप र टिप्पणी हुने गरेको छ। मुद्दामा धेरै प्रतिवादी हुने, ठेगाना फरक भएर म्याद तामेल हुन नसक्ने, सम्बन्धित निकायबाट मगाइएका फाइल नआउने हुँदा अझै लम्बिने गरेको छ।

कतिपय मुद्दामा गरिएका आदेश कार्यान्वयन नभएर, हेर्न नभ्याउने, हेर्न नमिल्नेमा परेर पनि मुद्दा प्रक्रिया लम्बिने गरेको सर्वोच्चले जनाएको छ।

अदालतका अनुसार मुद्दाको विशेष प्रक्रियामै अल्झिरहने भएकाले फैसलामा ढिलाइ भएको हो। मुद्दाका पक्ष–विपक्षहरू धेरै हुने, कानुन व्यवसायी धेरै हुने, मिसिल कागजहरू समयमा आइनपुग्ने कारणले मुद्दा रोकिने गरेका छन्। अहिले मसिनोसँग हेरेर काम गरेको सर्वोच्च  अदालत प्रशासनको दाबी छ। सर्वोच्चको वार्षिक कार्ययोजनामै मुद्दा फैसलालाई प्राथमिकतामा राख्ने विषय समेटिएको छ।
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
१ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस