जुम्लाको तिला गाउँपालिकामा बुधबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार दिउँसो १:३५ बजे भएको उक्त दुर्घटनामा तिला गाउँपालिका-५, चुलाकोटका २३ वर्षीय मजदुर लोकेश बुढाको मृत्यु भएको हो। दुर्घटनामा सोही गाउँपालिका-३ का ३० वर्षीय चालक कर्ण जैशी गम्भीर घाइते भएका छन्।
तिला गाउँपालिका-३ कुडारीबाट चुलाकोट गाउँको भित्री कच्ची सडकमा ढुङ्गा लिन जाँदै गरेको १ त ६४७२ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको प्रहरी सहायक निरीक्षक असिम हमालले जानकारी दिए।
दुर्घटना लगत्तै तिला गाउँपालिकाको एम्बुलेन्समार्फत घाइते चालकको उद्धार गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा ल्याइएको छ।
घटनास्थल जुम्ला सदरमुकामबाट करिब २२ किलोमिटर उत्तर-पश्चिममा पर्दछ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको बताएको छ।