ललितपुर महानगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह
१९ असार २०८२
•
३ मिनेट पाठ
ललितपुर महानगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह
ललितपुर महानगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह घोषणा भएको छ। ‘स्थानीय स्वामित्व र सहभागिताः पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ बुधबार महानगरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना स्थानीय तह घोषणा गरिएको हो।




जिल्लाका छ वटा स्थानीय तहमध्ये महानगर पूर्णखोप सुनिश्चितता तथा दिगोपना स्थानीय तह घोषणा हुने पाँचौ स्थानीय तह हो। यसअघि ललितपुरको दक्षिण पूर्वीभेगमा रहेको महाँकाल गाउँपालिकाले २०८२ वैशाख ३१ गते, काठमाडौँ उपत्यकाभित्रै पर्ने महालक्ष्मी नगरपालिकाले जेठ ११ गते, बागमती गाउँपालिकाले जेठ १३ गते र कोन्ज्योसोम गाउँपालिकाले जेठ ३१ गते पूर्णखोप सुनिश्चितता तथा दिगोपना स्थानीय तह घोषणा गरेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा. भुवन पौडेलले जानकारी गराए।

पूर्णखोप सुनिश्चित स्थानीय तह घोषणा कार्यक्रममा मन्तव्य राख्दै महानगरप्रमुख चिरीबाबु महर्जनले ललितपुर महानगरले स्वास्थ्यकर्मी, कर्मचारी र जनप्रतिनिधिको सामूहिक प्रयासबाट स्वास्थ्य क्षेत्रमा उत्कृष्ट नतिजा हासिल गरेको बताए।

“हामीलाई नगरपालिका सङ्घले २९३ नगरपालिकामध्ये उत्कृष्ट भनेर पुरस्कृत गरिसकेको छ, जिल्ला जनस्वास्थ्य र विश्व स्वास्थ्य सङ्गठनबाट हामीले महत्त्वपूर्ण सहयोग पाइरहेका छौं। हामी अत्यन्तै निगरानी गरेर यसलाई कायम राख्न तयार छौँ”, उनले भने।

डा. पौडेलले खोप अभियान स्वास्थ क्षेत्रको प्रभावकारी कार्य भएको बताए। उनले निरन्तर र प्रभावकारी काम गर्दै यसलाई दिगो रूपमा व्यवस्थापन गर्न आग्रह गरे। “सबै वर्ग र क्षेत्र समेटेर लैजानुपर्ने दायित्व स्थानीय सरकारको छ, पूर्णखोप सुनिश्चितता तथा दिगोपना सहज छैन, यो कठिन कार्यमा लाग्ने सबैले प्रशंसनीय काम गर्नुभएको छ, यसमा धन्यवाद दिन्छु”, उनले भने।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का प्रतिनिधि डा. सागर शाक्यले पूर्ण खोप सुनिश्चितता घोषणासँगै दिगोपना कायम गर्न आग्रह गर्दै काठमाडौं महानगरपालिकाभन्दा पहिला नै घोषणा गर्न सफल भएकामा बधाइ दिए।

राष्ट्रिय खोप कार्यक्रम बाल मृत्युदर घटाउने अभिप्रायले लागू गरिएको नेपाल सरकारको प्राथमिकता प्राप्त कार्यक्रम भएको जनस्वास्थ्य शाखा प्रमुख सरिता महर्जनले बताइन्।

“राष्ट्रिय खोप कार्यक्रममा १५ महिनामुनिका बालबालिकाले क्षयरोग, रोटा, पोलियोमाइलाइटिस, न्यूमोनिया, मेनिन्जाइटीस, भ्यागुते रोग, लहरेखोकी, धनुष्टङ्कार, जापानिज इन्सेफालाइटिस, दादुरा, रुबेला र टाइफाइडसमेत १३ प्रकारका सरुवा रोगविरुद्धका खोप प्राप्त गरेको र गर्भवती महिला टीडी, धनुष्टङ्कार र भ्यागुते रोगविरुद्धको खोप प्राप्त गरिसकेको सुनिश्चित भएपछि पूर्ण खोप सुनिश्चित स्थानीय तह घोषणा गरिन्छ, जुन ललितपुर महानगरले सम्पन्न गरेको छ”, उनले भनिन्।

राष्ट्रिय स्तरमा २०३४ मा सुरु भएको खोप अभियानलाई अहिले दिगो विकास लक्ष्यको एउटा सूचक मानेर देशैभर स्थानीय तहदेखि जिल्ला हुँदै प्रदेश र देशलाई नै पूर्णखोपयुक्त घोषणाको तयारी अनुसार काम भइरहेको छ। पूर्णखोप सुनिश्चितताका लागि तोकिएअनुसारका खोप प्राप्त गर्नु हरेक बालबालिकाको नैसर्गिक अधिकार भएको उनले बताए।

सन् २०१५ मा नेपाल लगायत संयुक्त राष्ट्रसङ्घका सबै सदस्य राष्ट्रले अनुमोदन गरेका दिगो विकासका लक्ष्य हासिल गर्ने नीतिअनुरुप पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा अभियान देशैभर जारी रहेको छ।
अर्को समाचार
बढ्दै बहिरोपन
२८ फागुन २०८१
•
२ मिनेट पाठ
बढ्दै बहिरोपन
सन् २०५० सम्म लगभग अढाई अर्ब मानिस कुनै न कुनै किसिमको बहिरोपन समस्याबाट ग्रसित हुने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ।




७० करोडभन्दा बढी मानिसलाई त सुन्ने सहयोग आवश्यकता पर्ने अध्ययनमा देखिएको छ। यस्तो समस्या कम आय भएका मुलुकमा अझ बढी रहेको समेत संगठनले जारी गरेको प्रतिवेदनमा जनाइएको छ। यस्तो समस्याले स्वास्थ्यमा मात्र नभई विश्व अर्थतन्त्रमा समेत ठूलो प्रभाव पार्ने विश्वास डब्लुएचओको छ।

यस्तो समस्या युवा पिँढीका लागि अझ गम्भीर रहेको बताइन्छ। एक अर्बभन्दा बढी युवा कानका लागि असुरक्षित उपकरणहरू प्रयोग गर्ने गर्छन्। यही कारण उनीहरूमा बहिरोपन बढ्ने सम्भावना बढी हुन्छ। बढीजसो ठूलो होहल्ला हुने ठाउँमा लामो समयसम्म बस्नु वा उच्च ध्वनिस्तर भएको हेडफोन प्रयोग गर्नुले यस्तो समस्या बढाइरहेको डब्लुएचओको भनाइ छ।

भारतको लखनउस्थित डा. भाटिया कक्लिया एडभान्स सर्जिकल सेन्टरका चिकित्सक करण भाटिया कोभिड १९ महामारीपछि सर्वसाधारणको सुन्ने क्षमतामा ह्रास आएको देखिएको बताउँछन्। प्रायः ६० वर्षको उमेरपछि सर्वसाधारणमा सुन्ने क्षमता कम हुँदै जाने गरेको थियो।

कोभिड १९ पछि भने बालबालिका र युवामा समेत यो समस्या बढेको पाइएको छ। ध्वनि प्रदूषण यसमा प्रमुख कारण रहेको चिकित्सकहरूको दाबी छ। त्यस्तै पछिल्लो समय जेनेटिक समस्या भएका बालबालिकाहरू जन्मन थालेका कारण पनि यो समस्याले भविष्यमा ठूलो आकार लिने देखिएको डा. भाटिया बताउँछन्।

त्यसो त यो समस्याको समाधान पनि बजारमा उपलब्ध छ। खासगरी कक्लियर इम्प्लान्ट अचेल निकै लोकप्रिय हुँदै जान थालेको छ। सर्जरी गरेर कक्लियर इम्प्लान्ट नामक उपकरण लगाइन्छ। यो उपकरणले ध्वनि ऊर्जालाई विद्युत ऊर्जामा परिणत गर्दै त्यसलाई मस्तिष्कसम्म पुर्‍याउने गर्छ।

मूल रूपमा कानको एउटा अंग कक्लिया ध्वनि अघि बढ्ने बाटो हो। कानबाट अघि बढे पनि यसलाई विश्लेषण गर्ने काम मस्तिष्कले गर्ने गर्छ। कानले ध्वनिलाई लैजाने काम मात्र गर्छ। बढीजसो ध्वनिहरू कक्लियामार्फत अघि बढ्दा कानको आन्तरिक भाग प्रभावित हुन्छ र त्यसले नशालाई क्षतिग्रस्त बनाउन सक्छ। कानको नशा क्षतिग्रस्त भएमा मेसिन हालिन्छ। यही प्रक्रियालाई कक्लियर इम्प्लान्ट भनिन्छ।

ध्वनि प्रदूषणका कारण बहिरोपन बढ्न थालेको विश्लेषकहरूको भनाइ छ। शरीरमा डिएनए र आरएनएको स्तरमा पनि केही परिवर्तन देखिन थालेको छ। जसका कारण अचानक सुन्ने क्षमता कम हुन थालेको छ।

डा. भाटिया भन्छन्, ‘जसरी स्ट्रोक वा हार्ट अट्याक हुँदा एक घण्टाभित्रै आवश्यक कदम चाल्नुपर्छ, त्यस्तै अचानक सुन्ने क्षमता कम हुँदा पनि त्यस्तै आपतकालीन उपचार गर्नुपर्छ। ७२ घण्टाभित्र सही तरिकाले उपचार गर्न सकिएन भने मान्छेको श्रवणशक्ति गुम्न पुग्छ।’

डब्लुएचओले विश्वभर नै श्रवण क्षमतालाई बढावा दिन वल्र्ड रिपोर्ट अन हियरिङ (२०२१) र वर्ल्ड हेल्थ एसेम्बली रिजोलुसनजस्ता पहल थालेको छ। यस पहलको उद्देश्य नै संसारभर कानको क्षमता कायम राख्ने र उपचारलाई प्रभावकारी बनाउनु हो। पछिल्लो समय स्टेम सेल थेरापीमार्फत पनि सुन्ने क्षमतामा सुधार आउन थालेको छ।

-अच्युत कोइराला
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock २३ सेकेन्ड अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १४ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ४९ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस