बालिका बलात्कारीलाई ८ वर्ष कैद
०४ मंसिर २०७५
•
२ मिनेट पाठ
बालिका बलात्कारीलाई ८ वर्ष कैद
उदयपुर– १४ वर्षीया बालिकामाथि बलात्कार गरेको अभियोगमा उदयपुरका एक युवालाई ८ वर्ष कैद सजायको भएको छ। बालिकालाई विभिन्न प्रलोभनमा पारी बिबाह गरी बलात्कार गरेको आरोपमा कटारी नगरपालिका २ त्रिबेणीका २५ वर्षीय रविलाल तामाङलाई जिल्ला अदालतले मंगलबार ८ वर्षको सजाय सुनाएको हो।

पुर्पक्षका लागि थुनामा रहेका तामाङलाई जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको एकल इजलासले सो सजायको फैसला सुनाएको हो। बालिकामाथि बालविवाह गरी बलात्कार गरेको कसुर ठहर्दै ८ बर्ष कैदसँग १ लाख ५० हजार क्षतिपुर्ति भराउन फैसलासमेत भएको अदालतका स्रेस्तेदार राजकुमार आचार्यले बताए।

२०७५ असार १९ गते बालिकालाई प्रलोभनमा पारी भगाएर विवाह गरेको आरोप तामाङमाथि लागेको थियो। बालिकालाई प्रलोभनमा पारी बालविवाहपछि बैवाहिक बलात्कार गरेको भन्दै पीडितका आफन्त्ले गत असार २२ गते इलाका प्रहरी कार्यालय कटारीमा किटानी जाहेरी दिएपछि तामाङ पक्राउ परेका थिए।

पक्राउपछि हिरासतमा रहेका तामाङलाई साउन १ गते पुर्पक्षका लागि थुना आदेश दिएको थियो। दसैं तिहार र छठका कारण दुईमहिना ढिला फैसला भएको तामाङको मुद्दा छठ सकिएलगत्तै फैसला गरी उक्त सजाय सुनाइएको अदालतले जनाएको छ।
अर्को समाचार
बलात्कारका अभियुक्त दुई जनालाई १३ र ११ वर्ष कैद
०९ असोज २०७७
•
२ मिनेट पाठ
बलात्कारका अभियुक्त दुई जनालाई १३ र ११ वर्ष कैद
उदयपुर जिल्ला अदालतले फरक फरक ठाउँमा भएका बालिका र महिला बलात्कारीलाई कैद र जरिवानाको फैसला सुनाएको छ। अदालतले बालिका बलात्कार अभियोगमा पक्राउ परी पुर्पक्षमा थुनामा रहेका १८ वर्षीय युवकलाई १३ वर्ष कैद र १५ हजार जरिवाना तथा महिला बलात्कार अभियुक्तलाई ११ वर्ष कैद र ५० हजार जरिवानाको सजाय सुनाएको हो।  

बिहीबार बसेको न्यायाधीश दीपक खनालको एकल इजालसले झण्डै ४ महिनाअघि १४ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा पक्राउ परी पुपक्र्षका लागि थुनामा रहेका कटारी नगरपालिका ७ का १८ अनिलकुमार दनुवारलाई १३ वर्ष कैदसँगै जरिवाना र भरणपोषणको सजाय सुनाएको हो।

अदालतले दनुवारबाट ५ हजार जरिवाना तथा पीडितलाई क्षतिपूर्तिवापत १५ हजार भरणपोषण गर्नसमेत फैसला सुनाएको छ। त्यस्तै अपराध पीडित संरक्षण कोष २०७५ को दफा ७१ वमोजिम प्रतिवादीबाट पीडितलाई राहत कोषमा २ हजार २ सय रुपैँयासमेत जम्मा गर्न अदालतको आदेश छ।  

अदालतका तहसिलदार राजकुमार आचार्यका अनुसार गत जेठ १८ गते घरमै रहेकी बालिकालाई बिभिन्न प्रलोभन देखाई स्थानीय धमिनी गाउँ लगेर बलात्कार गरेको आरोपमा दनुवार पक्राउ परेका थिए।

पीडितका अभिभावकले दिएको उजुरीका आधामार दनुवारलाई इलाका प्रहरी कार्यालय कटारीले जेठ २० गते पक्राउ गरेको थियो। सोही दिन कटारी अस्पतालमा पीडितको स्वास्थ्य परीक्षण गर्दा उनी बलात्कृत भएको प्रमाणित भएको थियो।  

प्रहरी कारबाही र अनुसन्धानपछि दनुवारलाई अदालतले पुर्पक्षका लागि असार १० गते थुनामा राख्ने आदेश दिएको थियो। त्यस्तै महिलामाथिको बलात्कारका अर्का अभियुक्त उदयपुरगढी गाउँपालिका १ तावाश्रीका ४५ वर्षीय लोकबहादुर घतानीलाई ११ वर्ष कैद र ५० हजार क्षतिपूर्ति भराउने फैसला भएको छ। बिहीबार बसेको न्यायाधीश खनालकै इजालसले ४८ वर्षीया महिलालाई बलात्कार गरी फरार रहेका घतानीलाई उक्त सजायको फैसला सुनाएको हो।

अदालतले फरार आरोपितलाई पटक–पटक उपस्थित हुन पत्रचार गर्दासमेत नआएपछि कसुरदार ठहर गर्दै यस्तो फैसला सुनाएको हो।

उनीसँगै अभियोगमा मुछिएका अर्का अभियुक्त  ताप्ली गाउँपालिका ५ का ४५ वर्षीय भागिराम परियारलाई भने यसअघि ०७५ वैशाख ५ गते नै १० वर्ष कैद सजायको फैसला सुनाइएको तहसिलदार आचार्यले बताए। उनका अनुसार क्षतिपुर्तिको हकमा भने आर्थिकरुपमा विपन्न परि।वारका परियारबाट असुलउपर गर्न नसकिने देखिएपछि कैद मात्र तोकिएको थियो।

उनीबाट जरिवानावापत भराउनुपर्ने ३० हजार रुपैंया महिला तथा बालबालिका कार्यालयबाट पीडितलाई भराउने आदेश अदाललते दिएको छ।  

अभियुक्तद्वयले ०७३ पुस १४ गते सामुहिक महिलामाथि बलात्कार गरेको भन्दै परेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय कटारीले कारबाही अघि बढाएको थियो। पुस २० गते पीडितको तर्फबाट परेको उजुरी अनुसार कारबाही अघि बढे पनि घतानी भने घट्नालगत्तै फरार रहेका थिए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस