धनगढी, असोज २२ (नागरिक)- कैलालीको दरक गाविस वडा नम्बर ५ मा माटोको ढिस्कोले पुरिएर कम्तिमा दुई जनाको मृत्यु भएको छ। नागरिकन्युजकर्मी दिलबहादुर छत्यालका अनुसार पुरिएकामध्ये ५ जनालाई निकालिएकोमा २ जनाको मृत्यु भइसकेको र तीन जना घाइते अवस्थामा थिए।
ढिस्कोमुनि अझै पनि ३ जना रहेको बताइएको छ। अहिले त्यहाँ उद्धार कार्य जारी छ।
प्रहरीका अनुसार साढेपानी गाविस वडा नम्बर ४ बस्ने १८ वर्षकी निर्भिक रोकाया र सोही गाविस बस्ने १८ वर्षकी नर्पटा रावलको मृत्यु भएको हो। घाइते हुनेहरुमा दिनेश ढकाल, सुन्तली रावल र कर्णशीला देवकोटा रहेका छन्।
माटो निकाल्दै गर्दा माथिबाट खसेको ढिस्कोले उनीहरु पुरिएका हुन्।