चितवन - नारायणगढ–मुग्लिन सडकखण्डको ईच्छाकामना गाउँपालिका वडा नम्बर ६ को जलविरेमा ट्रक दुर्घटना भएको छ। विरगञ्जबाट काठमाडौं जाँदै गरेको ना ५ ख ५४१३ नम्बरको ट्रक आफै अनियन्त्रित भएर बिहान २ः३० बजे त्रिशुली नदिमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए । ट्रकका चालक सर्लाहीको चकरघट्टा गाउँपालिका वडा नम्बर ५ का ३२ वर्षिय मुकेश चौधरी हाम फालेर बँचेका छन् । उनी सकुशल रहेका छन् । ट्रकमा चालक मात्र रहेको कोइराला बताउँछन् । बेपत्ता भएको ट्रकको खोजी कार्य भैरहेको छ ।
अर्को समाचार
त्रिशूलीमा ट्रक खस्यो
अर्को समाचार
तरकारी बोकेको मिनी ट्रक त्रिशूलीमा खस्यो
फाइल तस्बिर
पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोला नजिक तरकारी बोकेको मिनी ट्रक अनियन्त्रित भएर त्रिशूलीमा खसेको छ। गए राति धादिङबाट मुग्लिङतर्फ आउँदै गरेको प्र ३–०१–००६ ख १३८२ नंको मिनी ट्रक आफैँ अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेर दुर्घटना भएको हो।
ट्रक दुर्घटना हुँदा ट्रक चालक धादिङ बेनिघाट रोराङ गाउँपालिका–९ बस्ने २६ वर्षीय दीपेश तामाङ टाउकामा चोट लागेको छ। घाइते तामाङको भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए।
ट्रकका सहचालक बेनिघाट रोराङ–८ बस्ने २० वर्षीय आकाश चेपाङलाई सामान्य चोट लागेको उनले बताए। चेपाङको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने मिनी ट्रक घटनास्थलमा नै रहेको प्रहरीले जनाएको छ। रासस