३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

नाच्नेक्रममा विवाद, कुटपिटबाट एकको मृत्यु

अछाम -  दुई समूहबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ। अछामको ढकारी गाउँपालिका वडा २ मा सोमबार दिउँसो तीजमा नाच्ने क्रममा स्थानीय दुइ युवा समूहकाे झडपमा  एक जनाकाे मृत्यु भएकाे हाे। झडपमा ढकारी गाउँपालिका वडा २ का लोकेन्द्र बहादुर शाहीको मृत्यु भएको छ।

सोमबार दिउँसो ३ बजे तीज कार्यक्रममा सोही वडा बस्ने  ३९ वर्षीय लोकेन्द्र शाही, २८ बर्षीय राजेश शाही, ३९ वर्षीय  विन्द्र शाही र २६ बर्षीय तपेन्द्र बहादुर शाहीबीच एक आपसमा विवाद भई झगडा भएको थियो। कुटपिट गर्ने व्यक्ति फरार रहेको  र उनीहरुको खोजी कार्य भइरहेको अछाम प्रहरीले जनाएको छ।

प्रकाशित: १७ भाद्र २०७६ ०७:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App