‘सडक बनाऊ तर पदमार्ग नमास’
२४ असोज २०७६
•
९ मिनेट पाठ
‘सडक बनाऊ तर पदमार्ग नमास’
माथिल्लो मुस्ताङको लोमान्थाङ क्षेत्र । यहाँ जाने विदेशी पर्यटकले अनिवार्य रूपमा शुल्क तिरेर अनुमति लिनुपर्छ । फाइल तस्बिरः नागरिक
गलेश्वर – नेपालमा शान्ति स्थापना भएसँगै नेपाल घुम्न आउने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ। विगत केही वर्षयता विदेशी मात्र होइन, नेपालीमा पनि बिदा र विशेष अवसरमा देश दर्शन गर्न विभिन्न ठाउँमा भ्रमण गर्ने चलन बढ्दै गएको छ।




गत वर्ष सन् २०१८ मा कूल ११ लाख ७३ हजार ७२ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तथ्याङ्क छ। मन्त्रालयको तथ्याङ्कअनुसार चालू वर्ष सन् २०१९ को जनवरीदेखि जुनसम्मको छ महीनाको अवधिमा कूल पाँच लाख ८५ हजार पाँच सय ३१ पर्यटक नेपाल भित्रिएका छन्। अघिल्लो वर्षको यही अवधिको तुलनामा यो वर्षको पर्यटक आगमन १३ प्रतिशतभन्दा बढीले वृद्धि भएको हो। अघिल्लो वर्षको यही अवधिमा कूल पाँच लाख २० हजार १४ जना पर्यटकले भ्रमण गरेको मन्त्रालयको तथ्याङ्क छ।

नेपाल भित्रने विदेशी पर्यटकमध्ये धेरैको रोजाइ विविधतालेयुक्त नेपालको भूगोल छिचोल्दै रोमाञ्चक पदयात्रा गर्दै विभिन्न ठाउँमा पुग्ने र पदयात्राको अनुभव हासिल गर्ने नै हुन्छ। नेपाल बसाईं र खर्चका हिसाबले पनि पदयात्रामार्फत नेपाल भ्रमण गर्ने पर्यटक नेपालका लागि बढी फाइदाजनक हुन्छन्। सबैभन्दा बढी खर्च गरेर नेपाल भ्रमण गर्नेमा यही वर्गका पर्यटक पर्दछन्। साहसिक यात्रा गर्ने उनीहरू प्राकृतिक परिवेशमा जोखिमयुक्त पैदलयात्रा गर्न रुचाउँछन्। विकासका पूर्वाधारका रूपमा निर्माण हुने सडक र त्यसमा गुड्ने सवारीसाधन यस वर्गका पर्यटकलाई निरुत्साहित गर्ने पक्ष हुन्।

यसरी पदयात्रा गर्न इच्छुक विदेशी पर्यटकको रोजाइमा सगरमाथा, अन्नपूर्ण हिमाल, उपल्लो मुस्ताङ, मनाङ, डोल्पा जस्ता क्षेत्र पर्ने गर्दछन्। दिनभर कोशौँको निर्जन क्षेत्र पार गर्दै गन्तव्यमा पुग्न दैनिक सयौँ अमेरिकी डलर तिर्न उनीहरू तयार हुन्छन्। तर उनीहरूले हिँड्ने पदमार्गमा सडक तथा सवारीसाधनका गतिविधि नहुन् भन्ने उनीहरू चाहन्छन्। आफ्ना देशका सडक तथा सवारीमा बिताइने दिनचर्याभन्दा फरक अनुभव लिन आफूहरू यस्ता ठाउँ खोज्दै आएको उनीहरूको प्रतिक्रिया रहने गरेको छ।

उपल्लो मुस्ताङ विदेशी पर्यटकका लागि रोमाञ्चक पदयात्राको अवर्णित अनुभूति गराउने महत्वपूर्ण ठाउँ हो। यहाँ आउने पर्यटक मोटर चढेर होइन, पदयात्राको रोमाञ्चक अनुभूति गर्दै यहाँको भूगोलमा रमाउन चाहन्छन्। तर उनीहरुको यो चाहना जोमसोम–कोरला ९ हजार १ सय १० किमी सडकका कारण तुसारापात हुँदै गएको उनीहरुको भनाइ छ ।

यहाँ आउने पर्यटकलाई धेरै ठाउँमा मोटर बाटो र त्यसकै आसपास हुँदै हिँड्नुपर्ने बाध्यता छ। सरकारले आफ्नो रणनीतिक महत्वका साथ बेनी–जोमसोम हुँदै उपल्लो मुस्ताङ पार गरी चीनको कोरला जोड्ने सडक निर्माण गरिरहेको छ। ग्राभेलिङ मात्रै गर्ने योजना रहेको यो सडकका कारण उपल्लो मुस्ताङको भ्रमणमा आउने विदेशी पर्यटक असन्तुष्ट हुँदै गएका छन्। निर्माणाधीन सडक तथा त्यहाँ गुड्ने गाडीले उडाउने कुइरिमण्डल धुलोले उनीहरू झनै बढी आजित छन्। यस्ता पर्यटकले जतिसक्दो चाँडो सडकभन्दा परबाट पदयात्राका लागि वैकल्पिक मार्ग खोल्नुपर्ने सल्लाह दिँदै आएका छन् । उनीहरु भन्छन् : ‘सडक बनाऊ तर पदमार्ग पनि नमास।’

विगत ४० वर्षदेखि मुस्ताङको पर्यटन क्षेत्रमा लागिरहेको मुस्ताङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष खगेन्द्र तुलाचनले सडकका कारण उपल्लो मुस्ताङ भ्रमणमा जाने विदेशी पर्यटकलाई निकै सास्ती भएको बताए।

'सडकले उपल्लो मुस्ताङको प्राकृतिक सुन्दरतामा अतिक्रमण गरेको छ', अध्यक्ष तुलाचनले भने, 'सडककै कारण यहाँ आउने विदेशी पर्यटकलाई भड्काउनु हुँदैन, हामीले विकल्प खोज्नैपर्ने भएको छ।' अध्यक्ष तुलाचनका अनुसार सडकरुपी खुकुरीले उपल्लो मुस्ताङको प्राकृतिक सुन्दरतालाई छिनाली दिएको छ। सडकको विस्तार हुनुपूर्व उपल्लो मुस्ताङमा देखिने खच्चड, घोडा, पैदलयात्री, काठेपुल सबै चिज एकै ठाउँमा देखिने र ती सबैको गज्जबको दृश्य अहिले लोप भएकोमा मुस्ताङीले नमज्जा मानेको अध्यक्ष तुलाचनले बताए।

पूर्वाधारको अभावले विकासमा पछाडि परेको उपल्लो मुस्ताङमा सडक तथा यातायात पूर्वाधार विकास गर्नु पहिलो आवश्यकता हो। यसबाट यहाँको अर्थतन्त्रमा सुधार आउनुका साथै दूरदराजका बासिन्दा र त्यहाँका उत्पादन तथा सम्पदाले स्थान पाउँछन्। साथै पूर्वाधारकै कारण बढ्ने आन्तरिक पर्यटनले राज्य र नागरिक दुवैलाई लाभ पु-याउँछ।

विदेशी पर्यटकको खर्च वृद्धि

उपल्लो मुस्ताङमा नेपाली पर्यटकको तुलनामा विदेशी पर्यटकले ५० प्रतिशतले बढी खर्च गर्ने गरेका छन्। त्यहाँ रहेका होटल तथा लजले पनि नेपाली र बाह्य पर्यटकलाई अलगअलग दरमा खाने र बस्ने रकम लिने गरेका छन्।

नेपालीलाई  तिन सय रूपैमाँमा शाकाहारी खाना खुवाउने उपल्लो मुस्ताङका होटलमा विदेशी पर्यटकका लागि त्यही खाना चार सय ५० रूपैयाँ रहेको छ । यस्तै फरक अन्य खानाका साथै कोठाको शुल्कमा पनि छ। नेपाली पर्यटकका तुलनामा विदेशी पर्यटकले महङ्गा चिनो लैजाने लोमान्थाङका व्यवसायी रामबहादुर गुरुङले बताए।

देश दर्शन गर्ने अवसर

विदेशी पर्यटकले गुनासो गरिरहेका सडक तथा त्यहाँ गुड्ने सवारीसाधन नै उक्त क्षेत्रमा ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक पु-याउने माध्यम बनेका छन्। बेनी–जोमसोम–कोरला सडकको द्रुतमार्ग खुलेसँगै नेपाली कार, मोटरसाइकलका साथै स्थानीयरूपमा चल्ने सवारी साधनबाट उपल्लो मुस्ताङको लोमान्थाङसम्म पुग्न थालेका छन्। यसले नेपालीलाई देश दर्शनको अवसर मिलेको छ भने देशलाई आन्तरिक पर्यटनको लाभ पनि भएको छ। गाडी पुगेपछि सबैभन्दा बढी आन्तरिक पर्यटक उपल्लो मुस्ताङमा गएका पर्यटन व्यवसायी गुरुङले बताए।रासस
अर्को समाचार
उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा
१ मिनेट अघि
•
१ मिनेट पाठ
उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा
काठमाडौं। काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६७५ जना सवारी चालक एकै दिन कारबाहीमा परेका छन्।




काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानमा गरेको नियमित तथा विशेष चेकजाँचका क्रममा उनीहरूलाई कारबाही गरेको हो।

कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १०३, सिसिटिभी निगरानीबाट पहिचान भएका ३५, ट्राफिक बत्तीको सङ्केत उल्लङ्घन गर्ने ३६ र तीव्र गतिमा सवारी चलाउने ११३ जना छन्।

त्यस्तै, निषेधित क्षेत्रमा हर्न बजाउने १६, सवारीसाधनको अवस्था दुरुस्त नराख्ने २५, लेन पालना नगर्ने तीन तथा एकतर्फी रूपमा सवारी हुइक्याउने आठ जना कारबाहीमा परेका छन्। अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने ३३६ जना चालकलाई जरिवानासहित कारबाही गरिएको प्रवक्ता सुवेदीले जानकारी दिए।

उनका अनुसार सडक दुर्घटना न्यूनीकरण, सवारी आवागमन व्यवस्थित र ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनका लागि उपत्यकामा निगरानी तथा चेकजाँचलाई तीव्रता दिइएको छ। 

ट्राफिक कारबाहीको उद्देश्य जरिवाना असुल गर्नु मात्र नभई सडक दुर्घटना न्यूनीकरण गर्दै नागरिकको सुरक्षित यात्रा सुनिश्चित गर्नु रहेको उनले बताए।

विशेषगरी मापसे गरी सवारी चलाउने, तीव्र गति अपनाउने र ट्राफिक सङ्केतको बेवास्ता गर्ने प्रवृत्तिले दुर्घटनाको जोखिम बढाउने भएकाले त्यस्ता गतिविधि नियन्त्रणमा विशेष निगरानी गरिएको उनको भनाइ छ।

ट्राफिक प्रहरीले मुख्य सडक तथा बढी सवारी चाप हुने चोकमा नियमित चेकजाँच र सिसिटिभी निगरानीमार्फत नियम उल्लङ्घन गर्ने चालकको पहिचान गरी कारबाही गर्दै आएको छ।

प्रहरीले सडक अनुशासन कायम राख्न तथा सम्भावित दुर्घटना न्यूनीकरण गर्न सबै सवारीचालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ।
उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा
समाज
Clock १ मिनेट अघि | १ मिनेट पाठ
उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा
काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६७५ जना सवारी चालक एकै दिन कारबाहीमा परेका छन्।
Whatsapp
ओलीबाट सुरु भएको गालीगलौजको राजनीतिक संस्कार रास्वपाले पनि सिक्यो : दामोदर अर्याल
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
ओलीबाट सुरु भएको गालीगलौजको राजनीतिक संस्कार रास्वपाले पनि सिक्यो : दामोदर अर्याल
उनले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि त्यही राजनीतिक प्रवृत्ति अपनाएको आरोप लगाएका छन्।
Whatsapp
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
अर्थ
Clock २० मिनेट अघि | १ मिनेट पाठ
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा करिब रु ११ करोडको लागतमा आधुनिक कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र निर्माण गर्न लागिएको छ।
Whatsapp
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कला/साहित्य
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कार्यसमितिका अध्यक्ष डा. पुष्करराज भट्टको अध्यक्षतामा भएको साधारण सभामा महासचिव कोपिलादेवी शर्माले वार्षिक प्रतिवेदन एवं कोषाध्यक्ष तिलकबहादुर सिंहले...
Whatsapp
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
नेपाली कांग्रेसले देशका ७५३ वटै स्थानीय तहमा सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ अभियान’ का लागि खटिने प्रतिनिधिहरूलाई आज अभिमुखीकरण दिन ला...
Whatsapp
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
खेल
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपाल प्रिमियर लिग (एनपिएल) को चौथो संस्करणका खेल सञ्चालन गर्ने लक्ष्यसहित निर्माण तथा व्यवस्थापनका काम अ...
Whatsapp
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
राजनीति
Clock ४५ मिनेट अघि | ० मिनेट पाठ
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले सरकारका कामकारबाहीले कानुनी विधि र प्रक्रियालाई आधार बनाउनुपर्नेमा जोड दिएका छन्।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य
 विदेशमा बस्ने नेपालीहरुको संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कर्णाली प्रदेशमा सुरु भएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाएक...
Whatsapp
नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्छ : गृहमन्त्री गुरुङ
राजनीति
Clock ५९ मिनेट अघि | ० मिनेट पाठ
नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्छ : गृहमन्त्री गुरुङ
गृहमन्त्री सुधन गुरुङले जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्ने बताएका छन्।
Whatsapp
कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने
नेपाली कांग्रेसले देशभर ७५३ वटै स्थानीय तहमा ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने भएको छ।
Whatsapp
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
देशभर भएका १६ वटा विपद्का घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस