डा. केसीको स्वास्थ्य कमजोर बन्दै
२१ कार्तिक २०७६
•
५ मिनेट पाठ
डा. केसीको स्वास्थ्य कमजोर बन्दै
डडेल्धुरा – डडेल्धुरा सदरमुकाममा सोमबारदेखि १७औं चरणको अनशन सुरु गरेका चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गइरहेको छ। डडेल्धुरा अस्पतालनजिकैको एउटा घरमा अनशन बसिरहेका उनको स्वास्थ्यस्थिति चिसोका कारण कमजोर बन्दै गएको हो।

चिसो मौसम र शारीरिक कमजोरीका कारण रिँगटा लाग्ने एवं टाउको दुख्न थालेको डा. केसीले बताएका छन्। डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जितेन्द्र कँडेलले डा. केसीको रक्तचाप तलमाथि भइरहेको जानकारी दिए। उनका अनुसार बुधबार बिहान मात्रै दुईपटक उनको स्वास्थ्य जाँच गरिएको छ। मंगलबार र बुधबार उनको पिसाब र रगत जाँच गरिए पनि रिपोर्ट आउन भने बाँकी रहेको डा. कँडेलले बताए।

‘हिजोसम्म उहाँको रक्तचाप ठीकठीकै थियो। आज ९०÷६० मा झरेको छ,’ उनले भने, ‘उहाँले आफू कमजोर भएको महसुस गर्नुभएको छ। उहाँमा हिजोको जस्तो जाँगर छैन।’ उनले चिसोका कारण डा. केसीको स्वास्थ्यमा झन् प्रतिकूल हुँदै जान सक्ने प्रतिक्रिया दिए। बुधबार दिउँसोसम्म डडेल्धुराको अधिकतम तापक्रम २१ दशमलव २ डिग्री सेल्सियस तथा न्यूनतम तापक्रम ९ दशमलव ३ डिग्री सेल्सियस रहेको छ। उनका अनुसार डा. केसी अनशन बसिरहेको क्षेत्रमा घाम लाग्दैन। डडेल्धुरा अस्पतालमा चिकित्सक कम हुँदा उनको नियमित जाँचमा समेत समस्या भइरहेको छ। डा. केसीको स्वास्थ्य कमजोर बन्दै गए डडेल्धुरा अस्पतालभित्र सार्नुपर्ने अवस्था आउने डा. कँडेलले बताए।

डा. केसीले पत्रकार सम्मेलन सरकारसमक्ष पहिला भएका सम्झौता कार्यान्वयन गर्नुपर्नेलगायत सातबुँदे माग राख्दै सोमबार डडेल्धुरा सदरमुकाममा अनशन सुरु गरेका हुन्। बुधबार तेस्रो दिन पनि उनको अनशन जारी छ। माग पूरा नभएसम्म अनशन फिर्ता नहुने उनको भनाइ छ।

अनशनप्रति समर्थन बढ्दै

डा. गोविन्द केसीले १७औं पटक थालेको अनशनलाई विभिन्न संघसंस्थाले समर्थन जनाउन थालेका छन्। डडेलधुरा नागरिक समाजलगायत छिमेकी जिल्ला डोटीका पाँच संघसंस्थाले सत्याग्रहको समर्थन गर्दै बुधबार डा. केसीको माग यथाशीघ्र माग सम्बोधन नभए कडा आन्दोलन थाल्ने चेतावनी दिए।

डोटीस्थित उद्योग वाणिज्य संघ, प्राध्यापक संघ डोटी बहुमुखी क्याम्पस एकाइ समिति, होटल व्यवसायी संघ डोटी, गैसस संस्था महासंघ डोटी र शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालीले सत्याग्रहप्रति समर्थन जनाएका हुन्। नागरिक समाज डडेल्धुराले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ध्यानाकर्षपत्रसमेत पठाएको छ।

डा. केसीले राखेका सबै माग नेपाली जनताका पक्षमा र शैक्षिक निजी मेडिकल कलेज सञ्चालक माफियाहरूका विरुद्धमा भएकाले सत्याग्रहलाई निरन्तर साथ, सहयोग र समर्थन दिँदै जाने डोटी बहुमुखी क्याम्पस त्रिवि एकाइ समिति सचिव टीकाराम फुलाराले बताए।

‘उहाँका माग पूरा हँुदैन भने हामी जुनसुकै खालका आन्दोलनका कार्यक्रम थाल्न पछि पर्दैनौं,’ उनले भने, ‘सुदूरपश्चिमका नौवटै जिल्लालाई आन्दोलनमय बनाउँछौं।’ डो केसीले पटकपटक थालेको आन्दोलनबाट विधेयक बनेकाले धेरै भएको मान्न सकिने बताउँदै उनले कार्यान्वयनमा ढिलाइ भएको बताए।

डडेल्धुरा वा डोटीमा सरकारी मेडिकल कलेज स्थापनालगायत निजी मेडिकल कलेजमा सरकारले तोकेको निश्चित शुल्कभन्दा बढी असुल्न नपाउने र उनीसँग पहिले गरेका सम्झौता पूरा गर्नुपर्ने माग जायज रहेको फुलाराले बताए।
अर्को समाचार
डा. केसीको स्वास्थ्य झन् कमजोर बन्दै
०६ असोज २०७७
•
२ मिनेट पाठ
डा. केसीको स्वास्थ्य झन् कमजोर बन्दै
नेपालगन्जको भेरी अस्पतालमा भर्ना भएका डा. गोविन्द केसी। तस्बिर : नागरिक
चिकित्सा शिक्षा सुधारका लागि आमरण अनशन बसिरहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था झन् कमजोर बन्दै गएको छ। नेपालगन्जस्थित भेरी अस्पतालमा सोमबार बेलुकादेखि भर्ना गरिएका केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको हो। भेरी अस्पतालका वरिष्ठ फिजिसियन डा. संकेत रिसालले डा. केसीको स्वास्थ्य अवस्था अति कमजोर रहेको बताए।  

‘उहाँ सत्याग्रहमा बसेको मान्छे हो, खाना खानु भएको छैन र पानी लिनु भएको छैन,’ रिसालले भने ‘हिजो साँझको रिपोर्टमा केही सुगरको मात्रामा गिरावट आएका छन्, अरु बाँकी चाही रिपोर्ट सामान्य छ, तर शरिर चाही अति नै कमजोर भइसकेको छ।’ उनले अनसन थालेको मंगलबार नवौं दिन भएको छ। डा. केसीको उपचारमा डा. रिसाल लगायत चिकित्सक तथा स्वास्थ्यकर्मी खटिएका छन्।

स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि केसीलाई मंगलबार (आज) बिहान ११:२५ को बुद्ध एयरको उडानमार्फत काठमाडौं लैजाने तयारी छ। बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङले आमरण अनशन बसिरहेका डा. केसी बिहान ११:२५ बजेको उडानमार्फत काठमाडौं जाने निश्चित भइसकेको बताए। ‘जुम्लाबाट हिजो नेपालगन्ज आएपछि उहाँ अहिले भेरी अस्पतालमा हुनुहुन्छ, बुद्धको फ्लाइटबाट आजै काठमाडौं जानु हुनेछ,’ प्रजिअ कुरुङवाङले भने।  

अनशन बसेका डा. केसीको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएपछि उपचारका लागि सोमबार बेलुकी नेपालगन्ज ल्याइएको थियो। काठमाडौं लैजान सोमबार अबेर भएपछि भेरी अस्पतालमा राखेर उपचार सुरु गरिएको हो। चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै उनी जुम्लाको चन्दननाथ नगरपालिका रानीचौरस्थित बाबिरामस्ट मन्दिरमा अनशन बसेका थिए।  

छाती दुख्ने, सास फेर्न समस्या हुन थालेपछि अनशन बसेको स्थानबाट उनलाई शनिबार राती कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्यासइएकोमा सोमबार काठमाडौं लैजाने तयारी स्वरुप नेपालगन्ज ल्याएको बताइएको छ। डा. केसीको माग पुरा गरी जीवन रक्षा गर्न नेपालगन्जका नागरिक अगुवाले माग गरेका छन्। नेपाल चिकित्सक संघ भेरीका अध्यक्ष डा. विनोद कर्णले डा. केसीको जीवन रक्षा गरिदिन सरकारसँग माग गरेका छन्। उनको स्वास्थ्य लाभको कामना गर्दै दीप प्रज्वलन समेत गरिएको छ।  
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस