'अपहरण गरी बयान फेर्ने कागजमा सही गराए'
२७ कार्तिक २०७६
•
६ मिनेट पाठ
'अपहरण गरी बयान फेर्ने कागजमा सही गराए'
बम विस्फोटमा घाइते भएका भारत सीतामढीका गौरीशंकर राम चमार। तस्बिरःनागरिक
काठमाडौं – राजपुर बमकाण्डसम्बन्धी मुद्दाका आरोपित मोहम्मद आफताब आलम पक्षले बम विस्फोटमा घाइते भएका भारत सीतामढीका गौरीशंकर राम चमारलाई अपहरण गरी बयान फेर्न लगाएको खुलासा भएको छ। मंगलबार बिहान नागरिकसँग सो बम विस्फोटका घाइते तथा साक्षी चमारले आफूलाई आलम पक्षले अपहरण गरी बयान फेर्न लगाएको बताएका हुन्।




बिहारको सीतामढी जिल्ला बैरगनिया मुसाचोक घर भएका चमारले आफूलाई चार दिनसम्म बन्धक बनाएर बयान फेरेको कागज गराएको स्पष्ट पारे। आलमविरुद्ध जिल्ला अदालत रौतहटमा थुनछेक बहस चलिरहेको थियो। सोही समय अदालत प्रवेश गर्दै सरकारी साक्षीका रूपमा राखिएका चमारले आफूलाई प्रहरीले पक्राउ गरी जबरजस्ती गलत बयान गर्न लगाएको भन्दै निवेदन दिन लगाएका थिए। तर थुनछेक बहस चलिरहेको अवस्थामा साक्षी अदालतभित्र गई कुनै बयान दिन नपाउने भए पनि चमार जबरजस्ती अदालत प्रवेश गर्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो।

प्रहरीले नियन्त्रणमा लिएलगत्तै प्रहरीसमक्ष आफूलाई अपहरण गरी बयान फेर्न बाध्य बनाएको भन्दै चमार रोएका थिए। साथै, आलम पक्षले आफू र आफ्नो परिवारको ज्यान लिने धम्की दिएको भन्दै सुरक्षाका लागि प्रहरीलाई आग्रह गरेका थिए। चमारले आफूलाई ४ दिनअगाडि भारत सीतामढीकै मुसाचोकस्थित आफ्नो घरमा बसिरहेको बेला ४÷५ जना मानिस जिप लिएर आई केही काम छ भनी अपहरण गरी आलमको शिवहर जिल्लास्थित आफन्तको घरमा बन्धक बनाएर राखेको बताए। त्यसै समय आलमका मानिसले ‘तिमीलाई जति पैसा चाहिन्छ दिउँला तर अदालत गएर बयान फेर’ भन्दै आधार कार्ड लिई एउटा लिखित कागजमा बलपूर्वक हस्ताक्षर गर्न लगाएको चमारले खुलासा गरे।

यसअघि २१ कात्तिकमा अर्का साक्षीको बयान परिवर्तन गराउने प्रयास भएको थियो। २७ चैतको विस्फोटमा मारिएका मोहम्मद ओसी अख्तरकी पत्नी अमना खातुनलाई पति वैदेशिक रोजगारीमा गएर नफर्किएको झुटो निवेदन इजलासमा पेस गर्न लगाइएको थियो। २०७४ सालमै खातुनले आफ्ना पतिको मृत्युदर्ता प्रमाणपत्र बनाएर प्रहरीसमक्ष आलमविरुद्ध कारबाहीका लागि पेस गरेकी थिइन्। पहिलो संविधानसभाको निर्वाचन प्रचारप्रसारको क्रममा आलमकहाँ गएका ओसी अख्तरको विस्फोटमा परी ज्यान गएको थियो। ओसी अख्तरको ज्यान गएपछि आमा रुकसाना खातुनले आलमलाई कारबाहीका लागि माग गर्दै गरेको अवस्थामा उनको गोली हानी हत्या गरिएको थियो। बिहीबार मियाँकी पत्नी आमना खातुनलाई प्रतिवादी पक्षले अदालतमा उपस्थित गराएर निवेदन दिन ल्याए पनि ती महिलाले दिएको निवेदन अदालतमा दर्ता हुन सकेको छैन।

घटना अनुसन्धानको क्रममा तत्कालीन समयमा मृतककी पत्नी अमना खातुनले उनकी सासू रुकसाना खातुनकै भनाइ उद्धृत गरेर पतिलाई आलमका सहयोगीले लिएर गएको र त्यहाँ भएको विस्फोटमा मारिएको भन्ने कागजसमेत गरेकी थिइन्। आलमका सहयोगीले पीडितलाई होस्टाइल गरी अदालतमा ल्याएर अर्को निवेदन दिन लगाएका छन्। मृतककी पत्नी अमना खातुनले तत्कालीन समयमा आफ्ना पति वैदेशिक रोजगारमा गएका र त्यहाँ मारिएको भन्ने व्यहोरासमेत सो निवेदनमा उल्लेख गरेको अदालत स्रोतले जनाएको छ।

आलमका सहयोगीको त्रासबाट केही प्रत्यक्षदर्शी र साक्षीसमेत डराएपछि प्रहरीले उनीहरूको सुरक्षामा ध्यान दिन थालेको छ। आलमका सहयोगीले मृतक ओसी अख्तरका छोरालाई ५ कट्ठा जमिन र ५ लाख रुपैयाँ दिने प्रलोभन दिएको अडियोसमेत जिल्ला प्रहरी कार्यालय रौतहटले फेला पारेको प्रहरी स्रोतले जनाएको छ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन भएको बम विस्फोट र मृतक तथा घाइतेलाई इँटाभट्टामा जलाएको आरोपमा रौतहट २ का सांसद आलम पक्राउ परेका छन्। उनीविरुद्ध विस्फोटक पदार्थ, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा मुद्दा चलिरहेको छ।
अर्को समाचार
गण्डकीमा शतप्रतिशत विद्युतीकरण गर्ने लक्ष्य
१२ मिनेट अघि
•
१ मिनेट पाठ
गण्डकीमा शतप्रतिशत विद्युतीकरण गर्ने लक्ष्य
बागलुङ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङको निसेलढोरमा यसै वर्ष केन्द्रीय विद्युत् सेवा विस्तार गर्ने बताएका छन्।




बागलुङको प्रसिद्ध पर्यटकीय स्थल ढोरपाटनमा बिहीबार केन्द्रीय विद्युत् सेवा पुगेको उल्लेख गर्दै उनले त्यसको करिब ११ किलोमिटर टाढा अवस्थित निसेलढोरमा पनि यसै वर्ष विद्युत् पुर्याउने लक्ष्य रहेको बताए। यससँगै गण्डकी प्रदेशमा शतप्रतिशत विद्युतीकरण हुने उनको भनाइ थियो।

बागलुङ नगरपालिका–१० स्थित दब्ल्याङ पहिरो निरीक्षणपछि मन्त्री श्रेष्ठले निसेलढोरमा विद्युत् विस्तारको काम अघि बढाइने बताएका हुन्। 'चुनौतीका बीच ढोरपाटनमा केन्द्रीय विद्युत् पुगेको छ। त्यहाँबाट ११ किलोमिटर टाढा रहेको निसेलढोरमा सम्भवतः यसै वर्ष विद्युत् पुर्याउँछौँ। त्यसपछि गण्डकीमा शतप्रतिशत विद्युतीकरण हुन्छ,' उनले भने।

मन्त्री श्रेष्ठले दब्ल्याङ पहिरोको दिगो समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाउँदै नियन्त्रणका लागि बायोइन्जिनियरिङ विधिसमेत अपनाउनुपर्ने बताए।
हसिना शासनका प्रभावशाली प्रहरी अधिकारीकी पत्नी र दुई साला पक्राउ
अन्तर्राष्ट्रिय
Clock १० मिनेट अघि | १ मिनेट पाठ
हसिना शासनका प्रभावशाली प्रहरी अधिकारीकी पत्नी र दुई साला पक्राउ
पूर्वप्रधानमन्त्री शेख हसिनाको शासनकालका प्रभावशाली प्रहरी अधिकारी मोनिरुल इस्लामकी पत्नी र दुई सालालाई हिंसा तथा तोडफोडको योजना बनाएको आरोपमा पक्राउ...
Whatsapp
गण्डकीमा शतप्रतिशत विद्युतीकरण गर्ने लक्ष्य
समाज
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
गण्डकीमा शतप्रतिशत विद्युतीकरण गर्ने लक्ष्य
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङको निसेलढोरमा यसै वर्ष केन्द्रीय विद्युत् सेवा विस्तार गर्ने बताएका छन्।
Whatsapp
सामुदायिक पशु व्यवस्थापनमा धनगढीको उदाहरणीय प्रयास
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
सामुदायिक पशु व्यवस्थापनमा धनगढीको उदाहरणीय प्रयास
बस्ती र सडकमा छाडा छोडिएका पशुचौपायाले निम्त्याउने दुर्घटनाको त्रास र बालीनाली जोगाउनुपर्ने बाध्यताबाट आजित कैलालीको धनगढी उपमहानगरपालिकाका बासिन्दाका...
Whatsapp
पुरुष फुटबलतर्फ सेमिफाइनल समीकरण पूरा, बाँकी खेलहरू जुम्लामा हुने
खेल
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
पुरुष फुटबलतर्फ सेमिफाइनल समीकरण पूरा, बाँकी खेलहरू जुम्लामा हुने
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आइतबार भएको पुरुष फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र कोशी प्रदेशले १–१ गोलको बराबरी खेलेका छन्...
Whatsapp
दशौं राष्ट्रिय खेलकुद : सुदूरलाई हराउँदै आर्मी फाइनल प्रवेश
खेल
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद : सुदूरलाई हराउँदै आर्मी फाइनल प्रवेश
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला क्रिकेट अन्तर्गत विभागीय टोली त्रिभुवन आर्मी क्लब सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै फाइनल प्रवेश गरेको छ।
Whatsapp
दुर्गममा पनि आधुनिक र गुणस्तरीय स्वास्थ्य पूर्वाधार पुर्‍याउँदै याङवरक पाँचथर
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दुर्गममा पनि आधुनिक र गुणस्तरीय स्वास्थ्य पूर्वाधार पुर्‍याउँदै याङवरक पाँचथर
दूरदराजका नागरिकलाई गाउँघरमै गुणस्तरी स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यसहित जिल्लाको याङवरक गाउँपालिकाले स्वास्थ्य क्षेत्रको विकास र विस्तार...
Whatsapp
रारा ताल पुग्यो दशौं राष्ट्रिय खेलकुदको ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रारा ताल पुग्यो दशौं राष्ट्रिय खेलकुदको ट्रफी
कर्णालीको पर्यटन प्रवर्धन र राष्ट्रिय खेलकुदको प्रचारप्रसारलाई एकैसाथ अघि बढाउने उद्देश्यले सुरु गरिएको टर्च तथा ट्रफी टुरले रारासम्मको यात्रा तय गरेक...
Whatsapp
लागूऔषधसहित चार जना पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित चार जना पक्राउ
झापामा लागूऔषध ब्राउन सुगरको कारोबारमा संलग्न रहेको आरोपमा दुई युवतीसहित चार जना पक्राउ परेका छन्।
Whatsapp
'प्रहरी निरीक्षक हुँ' भन्दै दुई लाख रुपैयाँ माग्ने पाँच जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
'प्रहरी निरीक्षक हुँ' भन्दै दुई लाख रुपैयाँ माग्ने पाँच जना पक्राउ
प्रहरी निरीक्षक भएको भन्दै मुद्दा नचलाइदिने बहानामा दुई लाख रुपैयाँ माग गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्।
Whatsapp
चार महिनामा २० अर्ब ४८ करोडको विद्युत् निर्यात, कात्तिकमा मात्रै ४ अर्ब बढी आम्दानी
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चार महिनामा २० अर्ब ४८ करोडको विद्युत् निर्यात, कात्तिकमा मात्रै ४ अर्ब बढी आम्दानी
नेपालले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा २० अर्ब ४८ करोड रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गरेको छ।
Whatsapp
दुई हजारले बढ्यो सुन, चाँदी पनि महँगियो
बजार
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दुई हजारले बढ्यो सुन, चाँदी पनि महँगियो
नेपाली सुनचाँदी बजारमा आइतबार सुन र चाँदी दुबैको मूल्य बढेको छ।
Whatsapp
यस वर्षको भूतपूर्व सैनिक सम्मेलन भोलि कोशी प्रदेशबाट सुरु हुँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
यस वर्षको भूतपूर्व सैनिक सम्मेलन भोलि कोशी प्रदेशबाट सुरु हुँदै
सैनिक कल्याणकारी कोषको व्यवस्थापनमा यस वर्षको भूतपूर्व सैनिक सम्मेलन भोलि कोशी प्रदेशबाट सुरु हुँदैछ।  
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस