‘नेपाली हामी रहौंला कहाँ नेपालै नरहे...’
२९ कार्तिक २०७६
•
३ मिनेट पाठ
‘नेपाली हामी रहौंला कहाँ नेपालै नरहे...’
भूमी अतिक्रमणको विरोधमा दिक्तेलमा शिक्षक÷शिक्षिकाले निकालेको विरोध -याली । तस्बिरः दमन नागरिक
खोटाङ- नेपाली भूमी अतिक्रणको विरोधमा खोटाङका शिक्षकले विरोध -याली निकालेको छ। भारतले हेपाहा दृष्टिकासाथ नेपाली भूमीलाई आफ्नो नक्साभित्र समाबेस गरेको विरोधमा नेपाल राष्ट्रिय शिक्षक संगठन र एकीकृत अखिल नेपाल शिक्षक संगठनले शुक्रबार दिक्तेलमा विरोध -याली निकालेको हो।

‘नेपाली भूमी अतिक्रमणको विरोध गरौं, राष्ट्रिय स्वाभिमान र अखण्डताका लागि एक जुट होऔं’ नारा लेखिएको कालो व्यानर सहित दिक्तेलको रत्नपार्कबाट सुरु भएको शिक्षक/शिक्षिकाको विरोध -यालीले दिक्तेल बजार परिक्रमा गरेको थियो। भारतले नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई आफ्नो नक्साभित्र समावेश गरेर सिमानामा अतिक्रमण गरेको बिरोधमा -याली निकालिएको शिक्षक संगठनले बताएका छन्।

अतिक्रमणमा परेका नेपाली भूमी फिर्ताको माग गर्दै सत्तारुढ दल निकट दुई शिक्षक संगठनले ‘नेपाली हामी रहौंला कहाँ नेपालै नरहे, देशले रगत मागे, गाउँछ गीत नेपाली, जाग चम्क लम्क हे’ लगायतका देशभक्ती भावका स्वदेश गान घन्काएर विरोध -याली निकालेका हुन्।

नेपाली भूमी फिर्ता गर्नका लागि कुटनैतिक पहल गर्न माग 

नेपाल राष्ट्रिय शिक्षक संगठन र एकीकृत अखिल नेपाल शिक्षक संगठनले अतिक्रमित नेपाली भूमी फिर्ता गर्नका लागि कुटनैतिक तथा कानूनी प्रकृया अगाडि बढाउन नेपाल सरकार समक्ष माग गरेका छन्। दिक्तेल बजारमा विरोध -याली निकालेपछि जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाउँदै शिक्षक संगठनले लिपुलेक, कालापानी, लिम्पियाधुरा लगायतका नेपाली भूमी फिर्ताका लागि पहल बढाउन नेपाल सरकारको ध्यानाकर्षण गराएका हुन्।

भूमी अतिक्रमण कुनै पनि स्वाभिमानी नेपालीलाई मान्य नहुने भन्दै शिक्षक संगठनले जिल्लाका राजनैतिक दल र जिल्ला समन्वय समितिलाई बोधार्थ दिएको छ। प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायलाई ज्ञापनपत्र बुझाएपछि जिल्ला समन्वय समितिको प्रांगणमा आयोजित कोणसभामा नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष मनकाजी राई, एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष कृष्ण गुरुङलगायतले भारतीय हस्तक्षेपको चर्को बिरोध गरेका थिए।

भारतीय हस्तक्षेपको विरोधमा कात्तिक २५ गते नेविसंघको दिक्तेल बहुमुखी क्याम्पस ईकाई समितिले विरोध जुलुस प्रदर्शन गरेको थियो। यस्तै, कात्तिक २३ गते जिल्लाका साहित्यकारले पनि सडकमै कविता वाचन गरेका थिए।
अर्को समाचार
'नेपाली हामी रहाैंला कहाँ नेपालै नरहे?'
०४ असोज २०७२
•
५ मिनेट पाठ
'नेपाली हामी रहाैंला कहाँ नेपालै नरहे?'
यस अवसरमा म राष्ट्रकवि माधव घिमिरेको कविता सम्झन्छु,

'नेपाली हामी रहौंला कहाँ नेपालै नरहे

उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे ?'

त्यस्तै, कवि गोपालप्रसाद रिमालले लेख्नु भएको छ,

'एक युगमा एक दिन एक चोटी आउँछ

ठूला ठूला उथलपुथल हेरफेर ल्याउँछ'

हो, असोज ३ गते हामीले एउटा नयाँ युगको सुरुआत गर्यौं । नेपाली जनताको नाममा केही व्यक्तिले बनाएका आयोगबाट संविधान दिने परम्पराको अन्त्य गर्र्यौं । जनताकै प्रतिनिधिले संविधान लेख्ने नयाँ युगको शुरु गर्र्यौं । एउटा युगको शुरुआत भएकोमा सम्पूर्ण नेपाली दाजुभाई दिदिबहिनीलाई हार्दीक बधाई तथा शुभकामना दिन्छु ।

हजारौं नेपालीको बलिदानी र संघर्षबाट हामी यो ठाउँमा आईपुग्यौं ।

तत्कालिन युद्धमा रहेको माओवादी र अन्य शान्तिपूर्ण आन्दोलनमा रहेका दलहरुबीच १२ बुँदे समझदारीमार्फत नेपालमा हामीले संविधान ल्याउन सफल भयौं । विस्तृत शान्ति सम्झौता गरेको दिनलाईन पनि म सम्झन चाहन्छु। तत्कालित नेपाली कांग्रेसका सभापति पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको त्यस सम्झौतामा महत्वपूर्ण भूमिका रहेको म स्मरण गर्न चाहन्छु। तमाम सहित तथा वेपत्ता पारिएका नागरिकहरु प्रति हार्दीक श्रद्धान्जली अर्पण गर्दछु, उहाँहरुकै संघर्षले हामीलाई आजको दिनसम्म ल्याइ पुर्याएको छ।

केही व्यक्तिलाई संविधानसभाबाट संविधान ल्याउने कुरामा चित्त बुझेको थिएन। तर, तमाम चुनौतीको सामना गरी हामीले देशलाई नयाँ संविधान निर्माण सम्पन्न गर्ने आजको बिन्दुसम्म ल्याइ पुर्याएका छौं। गणतन्त्र आफैमा एउटा विशिष्ट शासन व्यवस्था हो । संघीयता नयाँ अभ्यासमा हामी जाँदै छौं । समानुपातिक प्रतिनिधित्व, धर्मनिरपेक्षता र धार्मिक स्वतन्त्रता पनि यस संविधानको विशिष्ट विशेषता हो। यसको रक्षा गर्ने, समृद्ध पार्ने र यसलाई कार्यान्वय गर्न हामी सबै नेपालीको जिम्मेवारी उत्तिकै छ।

केही दलहरुले केही नेताहरुले यस संविधानको स्वामित्व ग्रहण गर्न मानिरहेका छैनन् । दलका केही नेताहरुमा गम्भीर असन्तुष्टि र असहमति पनि हामीले देखेका छौं । तर, हामीले नै यस देशमा उत्पिडित जाति, भाषी र समुदायका व्यक्तिलाई अधिकारसम्पन्न गराउने आन्दोलन शुरु गर्यौं । जब दमित पीडितको हक अधिकारको कुरा आउँछ, हामी एनेकपा माओवादी त्यहीँ हुन्छौं ।

मधेसी जनतालाई जनतालाई आग्रह गर्छौं। अन्य भेगका जनतालाईभन्दा मधेसका मधेसीका मुद्दा बढी सम्बोधन भएको छ। नागरिकता, समानुपातिक प्रतिनिधित्व जस्तो मुद्दा सम्बोधन भएका छन्। सीमांकनका विषयमा रहेका असहमति पनि वार्ताबाट समाधान गर्न सकिन्छ । तपाईंहरु अविलम्ब वार्ताको टेबुलमा आउनै पर्छ । र, तपाईंहरुको मागलाई सम्बोधन गर्नेछौं।

संविधान निर्माणको यस प्रक्रियामा सहयोग गर्ने छिमेकी राष्ट्रहरु, राष्ट्र संघ सबैलाई धन्यबाद । हाम्रो स्वतन्त्रतालाई सम्मान गर्ने छिमेकी राष्ट्रहरुले पनि आफ्नो स्वतन्त्रतालाई कायम राख्न सक्छन् । त्यसो हुँदा आपसी सौहार्द सम्बन्धलाई काम राखेर यो संविधानलाई स्वागत गर्ने छन् । खास गरी भारतका नेताहरुले आफ्नो नेपालसँगको मित्रतालाई दह्रो बनाउन आग्रह गछौं । जे भन्यो त्यही मान्छन्, नेपाली नेताले भनेर नसोच्न भारतलाई आग्रह गर्छु । भारतका जायत चासो र चिन्तालाई हामी एक असल छिमेकीको नाताले सम्बोधन गर्छौं ।

(संविधान जारी भएकाे अवसरमा राजधानीकाे टुँडिखेलमा एकीकृत नेकपा माअाेवादीका अध्यक्ष पुष्पकमल दाहालले दिएका मन्तव्यकाे सम्पादित अंश)
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस