फलेवास (पर्वत), कात्तिक २६- पर्वतको भोक्सिङबाट शङ्करपोखरीतर्फ आउँदै गएको जिप गएराति दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
ग १ च ४१४४ नम्बरको जिप शङ्करपोखरी गाउँ विकास समिति-१ रत्नेचौरमा दुर्घटना हुँदा चालक शङ्करपोखरीकै इन्द्रप्रसाद तिवारीको मृत्यु भएको हो।
तिवारीलाई उपचारका लागि पर्वत जिल्ला अस्पतालमा ल्याउँदै गर्दा मृत्यु भएको हो। जिपका सहचालक भने सामान्य घाइते भएका छन्।
अत्यधिक मदिरा सेवन गरी चलाएका कारण जिप अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको बताइएको छ। रासस