छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग
१४ पौष २०७६
•
६ मिनेट पाठ
छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग
खोटाङ – नेपाली कांग्रेसले खोटाङको बराहपोखरी गाउँपालिकामा भएको सामाजिक सुरक्षाभत्ता अनियमितताको विषयमा गरिएको छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ। बराहपोखरी गाउँपालिकाका चारवटा वडामा भएको सामाजिक सुरक्षाभत्ता अनियमितताको अध्ययन गर्न बनेको छानबिन समितिले अन्तिम प्रतिवेदन बुझाए पनि गाउँपालिकाले हालसम्म त्यसलाई सार्वजनिक नगरेको भन्दै कांग्रेोध जनाएको हो।




नेपाली कांग्रेस बराहपोखरी गाउँपालिका कार्यसमितिका सभापति खिलाराज राई (दीपक) ले गाउँपालिका अध्यक्ष सालिकराम बन्जरालाई लिखित निवेदन पेस गर्दै सामाजिक सुरक्षा भत्ता अनियमितताका विषयमा अध्ययनसम्बन्धी छानबिन प्रतिवेदनको सत्यतथ्य सार्वजनिक गर्न र दोषी ठहरिए कानुनी दायरामा ल्याउन माग गरेका छन्। पार्टीकै लेटरप्याडमा लेखिएको निवेदनमा सामाजिक सुरक्षाभत्ता अनियमिततामा संलग्न जोकोहीलाई उन्मुक्ति नदिन आग्रह गरिएको छ।

बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा मृत्यु भइसकेका र बसाइँ सरिसकेका व्यक्तिको नाममा पनि सामाजिक सुरक्षाभत्ता निकासा भइरहेको खुलेपछि गाउँपालिकाका उपाध्यक्ष गोमादेवी मगरको संयोजकत्वमा गठित छानबिन समितिले मंसिर १७ गते अन्तिम प्रतिवेदन बुझाएको थियो। छानबिन समितिले बराहपोखरी गाउँपालिका–१ बराहपोखरी, वडा २ सुन्तले, वडा ३ साउनेचौर र वडा ४ फाक्टाङमा सामाजिक सुरक्षा भत्तामा अनियमितता भएको प्रतिवेदन पेस गरेको छ। गाउँपालिकालाई बुझाइएको प्रतिवेदनमा बराहपोखरी र साउनेचौरमा सामाजिक सुरक्षा भत्तामा व्यापक अनियमितता देखिएको उल्लेख छ। स्थलगत अध्ययन र निरीक्षणका क्रममा सामाजिक सुरक्षा भत्ता दुरुपयोग भएको पाइएपछि स्पष्टीकरण सोधिएका चार वडाले मंसिर १६ गते लिखित स्पष्टीकरण बुझाएको छानबिन समितिमा संलग्न किसन राईले बताए।

बराहपोखरीमा पहिल्यै मृत्यु भइसकेका वृद्धवृद्धा एवं बसाइँ सरेर अन्यत्र गइसकेका वृद्धवृद्धाको लगत कट्टा नगरी सामाजिक सुरक्षाभत्ता निकासा गर्ने काम भइरहेको भन्दै उजुरी परेपछि कात्तिक पहिलो साता बसेको गाउँ कार्यपालिकाको बैठकले सिंगो पालिकाभरि भइरहेको सामाजिक सुरक्षाभत्ता दुरुपयोगबारे छानबिन गर्न उपाध्यक्ष मगरको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको थियो। सबै दलका प्रतिनिधि सम्मिलित समितिले गाउँपालिकाका ६ वटै वडाभित्रको सामाजिक सुरक्षाभत्ता दुरुपयोगका विषयमा अध्ययन गरेर ३५ दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी पाएको थियो।

छानबिन समितिले पहिल्यैदेखि सामाजिक सुरक्षाभत्तामा अनियमितता हुँदै आएको पाइएको जनाएको छ। ‘अहिलेका वडा सचिव र कर्मचारीलाई मात्र कारबाही गरेर हुँदैन। धेरै अगाडिका पञ्जिकाधिकारीको समेत दोष देखिएको छ,’ छानबिन समितिमध्येका एक सदस्यले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘अध्यक्षहरूको नियत खराब देखिन्न तर पनि उनीहरुले पालिकालाई स्पष्टीकरण दिनुपर्ने देखिएको छ।’ छानबिनका क्रममा बराहपोखरी–५ पौवासेरा र वडा ६ मौवाबोटेमा भने सामाजिक सुरक्षाभत्ता दुरुपयोग नभएको पाइएको छ।

मृत्यु, बसाइँसराइलगायत तथ्यांकको काम चुस्तदुरुस्त नराखी वडा कार्यालय बराहपोखरीले ३३ जनाको नाममा निरन्तर सामाजिक सुरक्षाभत्ता निकासा गरिरहेको भन्दै छानबिनका लागि कात्तिक १ गते गाउँपालिकामा उजुरी परेको थियो। ५० जनाभन्दा बढीको हस्ताक्षर भएको उजुरीमा वडाका मृत्यु भइसकेका १९ वृद्धवृद्धा, मृत्यु भइसकेका ६ विधुवा र बसाइँ सरिसकेका तीनजनाको नाममा सामाजिक सुरक्षाभत्ता निकासा भइरहेको उल्लेख छ। यस्तै चारजनाको नाममा दोहोरो सुविधा देखिएको र एकजना हुँदै नभएका अपांगता भएका व्यक्तिका नाममा पनि सामाजिक सुरक्षाभत्ता निकासा भइरहेको पाइएको स्थानीय विदुर श्रेष्ठले बताए।

सरकारी निकायको लेखापरीक्षणका लागि २०७५ माघमा आएको महालेखा परीक्षकको कार्यालयले पनि बराहपोखरी गाउँपालिकालगायत स्थानीय तहमा मृत्यु भइसकेका व्यक्तिका नाममा र कतिपय एउटै व्यक्तिका नाममा दोहोरो भत्ता वितरण भइरहेको औंल्याएको थियो।
अर्को समाचार
कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्ने उनेपाको माग
०३ चैत्र २०८२
•
१ मिनेट पाठ
कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्ने उनेपाको माग
उज्यालो नेपाल पार्टीले जेनजी आन्दोलनसँग सम्बन्धित घटनाक्रमबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको छ।




पार्टीका प्रवक्ता डा. राजु थापाद्वारा आज जारी प्रेस वक्तव्यमा प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्नेसहितका पाँच बुँदे माग अघि सारिएको छ।

प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ भएकाबारे स्पष्ट आधिकारिक जानकारी र समयसीमा सार्वजनिक गर्न पार्टीको माग छ।

यस्तै, प्रतिवेदनका निष्कर्ष र सिफारिसका आधारमा जिम्मेवार पक्षमाथि निष्पक्ष, पारदर्शी र कानुनसम्मत प्रक्रिया तत्काल अघि बढाउन माग गरिएको छ।

पीडित, घाइते, मृतकका परिवार तथा प्रभावित समुदायलाई सत्य, न्याय र परिपूरणको अनुभूति हुनेगरी आवश्यक निर्णय गर्न पार्टीको माग छ।

प्रतिवेदन सार्वजनिक नहुँदा नागरिक तहमा अन्योल, शङ्का र असन्तोष बढ्दै जाने तथा राज्यप्रतिको विश्वास कमजोर हुने पार्टीको भनाइ छ।
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ३३ मिनेट अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
प्रधानमन्त्री शाहको चीन भ्रमणबारे परराष्ट्रमन्त्री खनालले के भने ?
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
प्रधानमन्त्री शाहको चीन भ्रमणबारे परराष्ट्रमन्त्री खनालले के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको चीन भ्रमणको तयारीबारे चर्चा भए पनि भ्रमणको मिति अझै तय नभएको पाइएको छ।
Whatsapp
लगानीमैत्री वातावरण बनाउन सरकारले केही दिनभित्रै कानुन संशोधन गर्ने
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
लगानीमैत्री वातावरण बनाउन सरकारले केही दिनभित्रै कानुन संशोधन गर्ने
परराष्ट्रमन्त्री शिशिर खनालले लगानीमैत्री वातावरण निर्माणका लागि कानुनी तथा नियामकीय सुधार सरकारको प्राथमिकतामा रहेको बताएका छन्।
Whatsapp
सातबुँदे प्रतिबद्धतासहित काठमाडौं जलवायु घोषणा जारी, कार्यान्वयनमा जोड
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
सातबुँदे प्रतिबद्धतासहित काठमाडौं जलवायु घोषणा जारी, कार्यान्वयनमा जोड
जलवायु परिवर्तनका कारण बढ्दै गएको बाढी, पहिरो, अत्यधिक तापक्रम, जलस्रोत संकट र वायु प्रदूषणका चुनौती सामना गर्न काठमाडौं महानगरपालिकाले सात बुँदे प्रत...
Whatsapp
झोला बोकेर सिंहदरबार गेट पुगे जेनजीका आफन्त, माग पूरा नभएसम्म अनशन बस्ने (तस्बिरसहित)
फोटो फिचर
Clock १ घण्टा अघि | १ मिनेट पाठ
झोला बोकेर सिंहदरबार गेट पुगे जेनजीका आफन्त, माग पूरा नभएसम्म अनशन बस्ने (तस्बिरसहित)
गत वर्षको ‘जेनजी आन्दोलन’का क्रममा पक्राउ परेका प्रदर्शनकारीको विनासर्त रिहाइको माग गर्दै उनीहरूका आफन्त सिंहदरबार दक्षिण गेट अगाडि धर्नाम...
Whatsapp
कानुन निर्माणमा निजी क्षेत्रका समस्या र आवश्यकतालाई  प्राथमिकता दिन्छौँ : सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कानुन निर्माणमा निजी क्षेत्रका समस्या र आवश्यकतालाई प्राथमिकता दिन्छौँ : सभामुख अर्याल
उनले निजी क्षेत्र, व्यापारी, व्यवसायी तथा उपभोक्ताको हितलाई ध्यानमा राखेर कानुन निर्माण गर्नुपर्नेमा जोड दिए।
Whatsapp
चीनले गर्यो अन्तरिक्षमा चार नयाँ उपग्रहको सफलतापूर्वक प्रक्षेपण
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चीनले गर्यो अन्तरिक्षमा चार नयाँ उपग्रहको सफलतापूर्वक प्रक्षेपण
चीनले आइतबार चार नयाँ उपग्रह अन्तरिक्षमा सफलतापूर्वक प्रक्षेपण गरेको छ।
Whatsapp
अब नेता फकाउने होइन, जनता फकाउने हो : वरिष्ठ उपसभापति शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब नेता फकाउने होइन, जनता फकाउने हो : वरिष्ठ उपसभापति शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले आफूहरू अब नेता फकाउनेतर्फ भन्दा जनता फकाउनेतर्फ लागेको बताएका छन्।
Whatsapp
ट्रक र पिकअप ठोक्किँदा एक जनाको मृ’त्यु
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ट्रक र पिकअप ठोक्किँदा एक जनाको मृ’त्यु
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–१ स्थित होङ्सी गेटमा ट्रकको ठक्करबाट पिकअप...
Whatsapp
१३२ केभीको चोभार सबस्टेसन सञ्चालनमा
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
१३२ केभीको चोभार सबस्टेसन सञ्चालनमा
काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र गुणस्तरीय बनाउन महत्वपूर्ण मानिएको चोभार सबस्टेसन सञ्चालनमा आएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस