उदयपुर- उदयपुरमा बालिका बलात्कार आरोपमा एक युवक पक्राउ परेका छन्। त्रियुगा नगरपालिका ८ शाहीखोला बगरटोलकी ५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा त्रियुगा ९ उत्तराहीटोलका २२ वर्षीय उमेश सदा पक्राउ परेको प्रहरीले जनाएको छ।
गत ४ गते राति साढे ११ बजेको घटनालगत्तै युवक फरार रहेको भन्दै पीडितका आफन्तले उजुरी दिएपछि खटेको प्रहरीले उनलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले आफन्तको किटानी जाहेरीका आधारमा युवकलाई पक्राउ गरिएको बताए।
सदालाई प्रहरी हिरासतमा राखेर अनुसन्धान सुरु भइरहेको एसपी मगरले बताएका छन्।