लकडाउनमा आमहत्या बढी
३० वैशाख २०७७
•
१० मिनेट पाठ
लकडाउनमा आमहत्या बढी
कोभिड–१९ अर्थात् कोरोना भाइरस जोखिम न्यूनीकरण गर्न सरकारले लगाएको बन्दाबन्दी (लकडाउन) को अवधिमा अन्य घटनाका तुलनामा आत्महत्याका घटना धेरै भएका छन् । सरकारले चैत ११ गतेदेखि लगाएको लकडाउनको अवधिभरि कर्णालीमा ४० जनाले आत्महत्या गरेका हुन् ।  




गत वर्ष दुई सय ५० वटा आत्महत्याका घटना भएका थिए । जसमा यही समयमा ४४ जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ । चैत ११ गतेदेखि ३० गतेसम्म १५ जना र वैशाखमा २५ जनाले आत्महत्या गरेको प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता लोकनाथ तिमिल्सिनाले जानकारी दिए । 

उनका अनुसार चैतभन्दा अघि फागुनमा सातजना विष र १५ जनाले झुन्डिएर आत्महत्या गरेका थिए । प्रदेश राजधानीसमेत रहेको सुर्खेतमा १७, जुम्लामा एक, डोल्पामा एक, दैलेखमा सात, रुकुम पश्चिममा चार र सल्यानमा १० जनाले आत्महत्या गरेका छन् । यीमध्ये आठजनाले विष सेवन गरेका थिए भने ३२ जनाले झुन्डिएर आत्महत्या गरेको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । कर्णालीमा अरु घटनाका उजुरीमा भने कमी आएको छ ।

हाल कर्णालीका १० जिल्लामा ७७ आत्महत्याबाहेक ७७ वटा घटना दर्ताका छन् । सबैभन्दा बढी सार्वजनिक हितसम्बन्धी कसुरमा १४ वटा घटना दर्ता भएका छन् । प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार घरेलु हिंसा १३, भवितव्य, १२, कर्तव्य ज्यान तीन, ज्यान मार्ने उद्योग पाँच र फुटकरका ६ वटा घटना दर्ता भएका छन् । 

त्यस्तै आत्महत्या प्रोत्साहन दुई, चोरी दुई, जुवा एक, लागू औषध चार, हातहतियार तथा खरखजना एक, सार्वजनिक शान्तिविरुद्धको कसुर एक, सरुवा रोगसम्बन्धी कानुन उल्लंघन एक, धर्मसम्बन्धी कसुरमा एक, बहुविवाहका तीनवटा उजुरी प्रहरीमा दर्ता भएका छन् । साथै बालविवाह एक, जबरजस्ती करणी उद्योग दुई, बाल दुराचार एक, सवारी ज्यान तीन र ठगीमा एक जनाको उजुरी दर्ता भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तिमिल्सिनाले जानकारी दिए ।

यतिबेला सामान्य अवस्थाभन्दा बढी तनाव हुने र व्यापार, व्यवसाय र रोजगारी बन्द भएकाले तनाव उत्पन्न भइ मान्छेले आत्महत्या गर्ने गरेको मनोविद् राजेशकुमार झाले बताए । ‘लकडाउन अनिश्चित भएपछि मान्छेमा निराशावादी साेंच पलायो,’ उनले भने, ‘त्यसपश्चात् मान्छे सकारात्मक सोंच हराएसँगै मानसिक स्वास्थ्य समस्याबाट पीडित हुने र उसले ज्यानसमेत लिन वा दिन सक्छ ।’ 

तनाव मान्छेले धेरै दिन सहन नसक्ने हुँदा यस्ता आत्महत्या धेरै हुने गरेको उनी बताउँछन् । मान्छे अवसर, काम, लक्ष्य र जीवन जिउने बाटोको खोजीमा हुन्छन् भन्दै उनले भने, ‘ती सबै बाटाहरू बन्द भएपछि विचलित भइ छटपटाह धेरै हुने र आबेगमा आएर सोंच परिवर्तन गर्न सक्छन् ।’ यस्तोबेला अभिभावक सँगै हुनु पर्ने उनको सुझाव छ ।  

दैनिक घरायसी काममा लगाउने र सानासाना सफलता हासिल गर्ने अवसर दिँदा मानसिक रोग रोकथाम गर्न सकिने मनोविद्हरू बताउँछन् । अवस्था र परिस्थितिको सामना गर्न नसक्नु र आफ्ना समस्या व्यक्त गर्न नसक्नुले पनि मानसिक समस्या पैदा हुने बताइएको छ । यस्तो अवस्थामा मानसिक समस्या भएका व्यक्तिहरूको समस्या बुझन् जरुरी देखिन्छ ।

‘मानसिक समस्या भएका व्यक्तिले समस्या व्यक्त गर्न सक्दैनन्,’ सिएमसी नेपालका कार्यक्रम अधिकृत तथा मनोसामाजिक परामर्शकर्ता हिमाल गैरले बताए । ‘मानसिक समस्यामा भएका व्यक्तिले दैनिक व्यवहारबाट फरक क्रियाकलाप देखाउँछन्,’ उनले भने, ‘चित्रका माध्यम, गीत गुन्गुनाएर वा कुरामा प्रतिक्रिया दिएर त्यस्तो संकेत गर्छन् ।’ त्यस्तो अवस्थामा उनीहरूसँग अन्तक्र्रिया र मनोपरामर्शकर्तासँग समन्वय गर्नपर्ने उनको भनाइ छ ।

पहिला आत्महत्या गरिबीका कारण हुने भए पनि अहिले अन्य कारण पनि थपिएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीले बताए । ‘पहिलाभन्दा अहिले आत्महत्याका कारणमा केही फरक भएको छ,’ उनले भने, ‘अहिले आर्थिक हैसियत पुरानै र इच्छा तथा आकांक्षा बढी हुँदा आत्महत्यासम्मको घटना हुन्छ ।’ 

उनका अनुसार पहिलेभन्दा लकडाउनको समयमा अन्य घटनामा कमी आएको बताए । कार्यालयमा उजुरी दिन नसक्नेहरू तथा टाढाका व्यक्तिले फोनबाटै घटनाको जानकारी दिने गरेका थिए भन्दै उनले भने, ‘अहिले फोनबाट पनि घटनाको जानकारी त्यति आउँदैन ।’ लकडाउन पछि पुनः एक्कासी अपराधिक क्रियाकलाप बढ्न सक्ने प्रहरीको भनाइ छ ।
अर्को समाचार
लकडाउनमा आत्महत्या गर्नेको संख्या बढ्दै
०८ जेष्ठ २०७७
•
१० मिनेट पाठ
लकडाउनमा आत्महत्या गर्नेको संख्या बढ्दै
नेपाली समाजमा पछिल्लो समय आत्महत्याका घटनाहरु बढ्दै गएका छन् । आत्महत्याका घटना नेपालमा मात्रै नभएर विश्वभरि नै हुने गरेका छन् ।  त्यसो त लकडाउनको अवधिमा पनि आत्महत्याका घटनामा कमी आएको छैन । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथामको लागि नेपाल सरकारले मुलुक लकडाउन गरेको अवस्था छ । यो विषम परिस्थितिमा जिल्लामा भने आत्महत्याको घटना बढ्दै गएको छ ।  




गत चैत्र ११ देखि जेठ ४ गतेसम्म जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको विवरण अनुसार जिल्लामा २६ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा वृद्धादेखि बालिकासम्म रहेका छन् । विष सेवन गरेर ५ र झुन्डिएर २१ जनाले आत्महत्या गरेको कार्यालयको विवरणमा उल्लेख छ । झुन्डिएर आत्महत्या गर्नेमा २ बालिका, ९ पुरुष र १० महिला रहेका छन् । त्यस्तै ५ पुरुषले विष सेवन गरेर आत्महत्या गरेका छन् ।  

जिल्लामा यसरी आत्महत्याको संख्या वृृद्धि हुनु समाजका लागि नकारात्मक सन्देश भएको कानुन व्यवसायी एवं लकडाउनको अवधिमा गठन गरिएको मानव अधिकार व्यवस्था अनुगमन समितिका सदस्य देवकुमार मोक्तानले बताए । राष्ट्रिय मानव अधिकार आयोगले कोभिड १९ को सन्र्दभमा जिल्लामा मानव अधिकार व्यवस्था अनुगमन समिति गठन गरेको थियो । समितिका सदस्य मोक्तानका अनुसार जिम्मेवारी अनुसार लकडाउनको अवधिमा जिल्लाका सम्पूर्ण गतिविधिको निगरानी गरिएको छ । निगरानीकै क्रममा जिल्लामा यस्ता गतिविधि भएको पाइएको छ । यो विषम परिस्थितिमा यस्ता घटनाले समाजमा नराम्रो सन्देश जाने उनले बताए ।  

‘आत्महत्याको एउटै कारण सबैै व्यक्तिमा लागु हुन्छ भन्ने हुँदैन,’ उनले भने, ‘उदासिनता, रक्सी र अन्य लागु औषधिको दुरुपयोग, दीर्घरोगी, मानसिक स्वास्थ्य समस्या, द्वन्द्व, घरेलु हिंसा, आफन्तको मृत्यु, गरिवी, बेरोजगारी, मायामा धोका, पढाइमा असफल जस्ता कारणले व्यक्ति आत्महत्याको तहमा पुग्न सक्ने छन् ।’ अहिले लकडाउनको समयमा वैदेशिक रोजगार, प्रविधि, समाजका अनेक समस्या झेल्न नसकेर आत्महत्या बढिरहेको निष्कर्षमा पुगेका बेला समाज बन्द, आर्थिक संकट जस्ता कारणले गर्दा मानिसहरुले आत्महत्याको बाटो रोजेको मोक्तान बताउँछन् ।  

संसारभर बढी आत्महत्या हुने मुलुकहरूमध्ये नेपाल सातौं स्थानमा पर्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपालमा पुरुषभन्दा महिलाले धेरै आत्महत्या गर्ने गरेका छन् । आत्महत्या गर्ने महिलाको तथ्यांक हेर्दा नेपाल तेस्रो स्थानमा पर्छ । नेपालमा बर्सेनि औसत आठ हजार ६ सय ४० जना मानिसले आत्महत्या गर्ने गरेको एक तथ्यांकले देखाएको छ ।  

लकडाउनमा अपराधजन्य गतिविधि बढ्दो

लकडाउनका बेलामा पनि जिल्लामा अपराधजन्य गतिविधिमा भने कमी आएको छैन । यस समयावधिमा चोरीडकैती सम्बन्धी कसुर अन्तर्गत तीन वटा मुद्दा कार्यालयमा दर्ता भएको जानकारी छ । लागु औषध गाँजा सम्बन्धी १, अभद्र व्यवहार अन्तर्गत ७, हातहतियार खरखजना सम्बन्धी १, ज्यान मार्ने उद्योग १, बालयौन दुरुपयोग १, बहुविवाह १, जबर्जस्ती करणी उद्योग १ मुद्दा कार्यालयमा दर्ता भएका छन् । लकडाउन अवधिमा जिल्ला कुल ५८ वटा अपराधजन्य मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त क्रियाकलापमा संलग्न २४ जनालाई पक्राउ गरिएको र ११ जना फरार रहेको कार्यालयको जानकारी छ ।  
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४५ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस