भारतले बाटो नदिँदा कालापानीकै स्थानीय फर्कन पाएनन्
०५ जेष्ठ २०७७
•
१० मिनेट पाठ
भारतले बाटो नदिँदा कालापानीकै स्थानीय फर्कन पाएनन्
छाङरुमा गस्ती गर्दै सुरक्षाकर्मी
भारतले नेपाली भूमि कालापानी, लिपुलेक हुदै तिब्बतको मानसरोवरसम्म जोड्ने सडक उद्घाटन गरेपछि पूरै देश त्यसको विरोधमा छ । तर कालापानी क्षेत्रका सीमामा बस्ने बासिन्दालाई भने भारतले आफ्नो भूमि अतिक्रमण गरेर सडक बनाएको भन्दा अर्कै चिन्ता र पीडा छ ।




लिम्पियाधुरा र कालापानी क्षेत्रमा गर्खा (गाउँ) कुती, नाभी गुन्जी, छाङरु र तिंकरको २०१८ सालमा भैरव रिसालले जनगणना गरेका थिए । यीमध्ये कुटी, नाभी र गुन्जीका बासिन्दालाई भारतले नागरिकता र आधार कार्ड उपलब्ध मात्र गराएर आफ्नो बनाए । यिनीहरूलाई भारतले उच्च प्राथमिकता दिएर सेवा, सुविधा र पहुँच उपलब्ध गराएको छ । पाँच गर्खामध्ये तिंकर र छाङरु गाउँ नेपाली भूभाग कालापानी क्षेत्रका साक्षीका रूपमा बाँकी छन् तर ती गाउँका बासिन्दाले कालापानी क्षेत्रका सीमामा भोग्नुपरेको समस्या र पीडाले कहिल्यै सिंहदरबारलाई छोएको छैन ।

भारतले सडक उद्घाटन गरेपछि गत बुधबार वैशाख ३१ गते व्यास गाउँपालिका–१ छाङरु गागामा सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट (बिओपी) स्थापना गरियो । पहिलोपटक सशस्त्र प्रहरीको बिओपी आफ्नै आँगनमा स्थापना हुँदा त्यो खुसी साट्न छाङरु र तिंकरका बासिन्दा भने त्याहाँ थिएनन् । नेपाली सेनाको हेलिकोप्टरबाट सशस्त्र प्रहरी पुगी बिओपी स्थापना गरिँदा ती गाउँ सुनसान थिए ।

६ महिनापहिले हिउँदमा तल झरेका कालापानीमा बसोबास गर्ने सौका जाति भारतले आफ्नो बाटो प्रयोग गर्ने अनुमति नदिँदा गाउँ फर्कन पाएका छैनन् । मोटर बाटो त कुरै छाडौं, सामान्य गोरेटोसमेत नहुँदा कालापानी क्षेत्र छाङरु र तिंकरका बासिन्दाले भारतको बाटो भएर आफ्नै जिल्ला सदरमुकाम ओहोरदोहोर गर्नुपर्ने बाध्यतामा छन् ।

व्यास–१ छाङरु र तिंकरका बासिन्दा हिउँदमा हिउँका कारण बेंसीमा झरेर ६ महिना सदरमुकाम खलंगा बस्ने गर्छन् । गत मंसिरमा बेंसी आएका उनीहरू लकडाउनमा भारतसँगको सीमा बन्द भएका कारण गाउँ जान सकेका छैनन् । दार्चुला खलंगाबाट कालापानी क्षेत्रमा जाने सामान्य गोरेटो बाटोसमेत छैन । चट्टानै नै चट्टान भएकाले पैदल हिँडेर सम्भव नभएको स्थानीयले बताएका छन् ।

भारतीय बाटो भएर नै मंसिरमा उनीहरू खलंगा झरेका हुन् । लकडाउनले सीमा बन्द भएर भारतको बाटो प्रयोग गर्ने अनुमति नपाएपछि उनीहरू आफ्नो गाउँ जान नपाएर खलंगामा अड्किएका छन् । दार्चुलामा रहेका सौका समुदाय परम्परागत ६ महिना र ६ महिना खलंगा बस्दै आएका छन् । हेलिकप्टरमार्फत गएका सशस्त्र प्रहरीले छाङरुमा बिओपी स्थापना गरी बसेको छन् भने तिंकर र सितापुलमा नेपाल प्रहरीसमेत पुगिसकेको छ ।

छाङरु गाउँमा एक सय १५ र तिंकरमा ६८ घरधुरीको बसोबास छ भने उनीहरूको करिब एक हजार दुई सय जनसंख्या रहेको छ । लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नेपाली भूभाग राखेको नयाँ नक्सा भारतले गत कात्तिकमा सार्वजनिक गरेसँगै चर्को आक्रोश र विरोध हुन थालेपछि गत मंसिरमा नै घोरेटो बाटो निर्माण गर्ने भनेर प्रदेश सरकार र संघीय सरकारले निर्णय गरेको थियो तर अझै घोरेटो बाटो निर्माणको काम सुरुआतसमेत भएको छैन ।
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
२ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस