मकैबालीमा फौजी किराको प्रकोप
१० जेष्ठ २०७७
•
४ मिनेट पाठ
मकैबालीमा फौजी किराको प्रकोप
मकैबालीमा लागेको फौजी किरा ।
धादिङका विभिन्न ठाउँमा फैलिएको फौजी किराको प्रकोपले मकैबाली सखाप बनाएको छ । हुर्कदै गरेको मकै बालीमा किराको संक्रमण देखिएपछि किसानहरु चिन्तित बनेका छन् । जिल्लाको नीलकण्ठ नगरपालिका, सिद्धलेक, गल्छी, ज्वालामुखी, त्रिपूरासुन्दरी गाउँपालिकाका विभिन्न ठाउँमा लगाइएको मकै बालीमा फौजी किरा देखिएको हो । केही गोड्ने बेला र केही गोडिसकेका मकै कीराले खाएर नष्ट गरेपछि किसानहरु अन्यौलमा परेका छन् ।  




लकडाउनका कारण मारमा परेका किसानहरु किराको संक्रमणले झनै चिन्तित बनेका छन् । मकै बालीबाट राम्रो आम्दानी लिने सोच बनाएका किसान फौजी किराको आक्रमणले गर्दा अनिकालले सताउने हो कि भन्ने चिन्तामा रहेको सिद्धलेक गाउँपालिका वडा नं १ जलकिनीका किसान बलबहादुर तामाङले बताए । ‘अघिल्लो वर्ष खडेरीले मकै खायो, अहिले पनि फौजी कीराले सताउन थालेको छ’, उनले भने, ‘तरकारी बारीमै कुहियो, मकैमा पनि रोग लाग्यो, यो बर्ष त अनिकालले सताउने हो कि भन्ने चिन्ता छ ।’  

अमेरिकन फौजी किरा (फल आर्मीवर्म) मकैबालीमा लाग्ने पुतली समूहअन्तर्गत पर्ने किरा हो । यसको वैज्ञानिक नाम स्पोडोप्टेरा फ्र्युगिपेर्डा हो । अमेरिकी महादेशको उष्ण तथा उपोष्ण क्षेत्रहरूमा पाइने यो कीरा सन् २०१६ मा पहिलो पटक अमेरिकामा देखा परेको थियो । गर्मी महिनामा एक रातमै एक सय किलोमिटरभन्दा लामो यात्रा गर्न सक्ने यो मिचाहा कीरा पुतली समूहमा पर्छ र राति सक्रिय हुन्छ । बालीमा क्षति पुर्‍याउने चाहिँ कीराको लार्भाले हो । फौजी कीराको लार्भा धेरै खन्चुवा हुन्छ । मकैको पात, गुभो, जुँगा र घोगा समेत खाइदिन्छ ।  

सिद्धलेक गाउँपालिकाका वडा नं १ र ६ मा फौजी किराको संक्रमण देखिएको छ । मकैमा किराको संक्रमण देखिएपछि गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवाल, कृषि शाखाका प्रमुख छविलाल गुरुङ लगायतको टोली गएर अनुगमन गरी विषादी प्रदान गरेको छ । ‘त्यस ठाउँको १५ हजार हेक्टर भन्दा बढी जग्गामा लगाइएको मकै बालीमा रोग देखिएको छ,’ कृषि शाखाका प्रमुख गुरुङले भने, ‘हामीले दिएको विषादीले काम गर्‍यो भने मकै हुर्किन्छ नत्र किसानको मेहनत खेर जाने अवस्था छ ।’  

यता गल्छी गाउँपालिका वडा नं. १ को कल्लेरीमा एक हजार दुई सय रोपनीको क्षेत्रफलमा रहेको कल्लेरीटार घर्तिटारमा गोडिसकेको मकैको विरुवाको गुभोमा किरा लागेको छ । दुई सय परिवारको बसोवास रहेको टारका अघिकांशको मकैबालीमा रोग देखिएको छ । यहि अवस्था रहिरहे मकै खाना नपाईने अवस्था रहेको किसानहरुको भनाई छ । 

सवै जसो किसानको मकैको विरुवामा किराको प्रकोप रहेको र त्यसको जानकारी कृषि ज्ञान केन्द्रमा पठाएको गल्छी गाउँपालिकाका कृषि प्राविधिक टिकाराम खतिवडाले बताए । कल्लेरी टारमा यस अघि धान वालीमा पनि समस्या देखिएको र वाली संरक्षण प्रयोगशालामा परिषण गराएर विषदी प्रयोग गरि केही हदसम्म नियन्त्रण गरिएको थियो ।  

किराले बाली सखाप बनाएपछि विषादी छर्ने काम गरेपनि कमी नभएको गल्छी गाउँपालिका वडा नं. १ का किसान पुतली परियारले बताइन् । ‘दिउँसोभन्दा राति यो किराले धेरै बाली नष्ट गर्ने रहेछ, भोलिपल्ट भाँचिएको, किराले खाएर ढलेको देखिन्छ’, उनले भनिन्, ‘साना मकै त गुभोसम्मै खाएको छ, पुरै मकै बर्वाद पारिदियो, फौजी किरालाई विषादीमै डुबाएर राख्दा पनि किरा नमरेकोले झन् आतंकित बनेका छौँ ।’  

रोगको संक्रमणले गर्दा जिल्लाको नीलकण्ठ नगरपालिकाको वडा नं. ७, ८ र १२, गल्छी गाउँपालिका वडा नं. १ को कल्लेरीटार, फोस्रेटार, डुम्रीचौर, वडा नं. ६ को जिन्ठेटार, ज्वालामुखी गाउँपालिकाको वडा नं. २, ३ र ४, त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. १ र २ लगायतका क्षेत्रका किसानहरु चिन्तित बनेका छन् ।  

विगतमा पनि छिटपुट रुपमा मकैमा फौजि किरा देखिएपछि यस वर्ष सतर्क रहन बेलैमा आग्रह गरेको कृषि ज्ञान केन्द्र धादिङका वरिष्ठ कृषि विकास अधिकृत होमराज विष्टले बताए । फौजी किराबारे धादिङका सबै स्थानीय तहका जनप्रतिनिधि, कृषि प्राविधिक र अगुवा किसानलाई बताएको भएपनि त्यसतर्फ ध्यान नदिंदा किसानले नोक्सानी व्यहोर्नु परेको विष्टले बताए ।  

कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र काठमाडौंले फौजी किरा नियन्त्रणका लागि ३ प्रकारका विषादी सिफारिस गरेको छ । पानीमा घोलेर छर्ने एमामेक्टीन बेन्जोएट, स्पिनोसाड र क्लोरान्ट्रानिलिप्रोल नामका विषादी सिफारिस गरे पनि किरा प्रभावित क्षेत्रमा पुर्‍याउन नसकेको प्राविधिकहरु बताउँछन् । यो विषादी फौजी किराको लार्भा मार्ने हो, यसले मकै खाने लार्भा मात्रै मार्ने भएकाले वयस्क फौजी किरा मार्न फेरेमीन ट्याबको प्रयोग गर्न सकिने कृषि प्राविधिकहरु बताउँछन् ।
अर्को समाचार
मकैमा फौजी किराको प्रकोप
०८ असार २०७९
•
१ मिनेट पाठ
मकैमा फौजी किराको प्रकोप
मकैबालीमा फौजी किराको प्रकोप बढन थालेपछि बैतडीका किसान चिन्तित भएका छन्। तीन वर्ष यता हरेक वर्ष अमेरिकी फौजी किराले मकैबाली नष्ट गर्न थालेको छ। मुख्य खाद्यबालीको रूपमा रहेको मकैमा फौजी किराको प्रकोप  बढेपछि स्थानीय किसान चिन्तित भएका हुन्।




जिल्लाका अधिकांश खेतमा फौजी किराको प्रकोप देखिएको कृषि ज्ञान केन्द्रले जनाएको छ। मकैको पकेट क्षेत्र मानिने यो क्षेत्रमा किराले मकैको बोट सखाप पार्ने गरेको छ। धेरै समयसम्मको खडेरीका कारण फौजी किरा बढी सक्रिय भएको कृषि ज्ञान केन्द्र बैतडीका कृषिप्रचार अधिकृत नरेन्द्रबहादुर चन्दले बताए।

दिनभर लुक्ने र रात परेपछि कीराले मकैको घोगाा, डाँठ, पात र टुप्पा खाएर थोरै समयमा धेरै बाली नष्ट गर्दै आएको छ। मकैबाली लगाएकै बेलादेखि फौजी किराले मकैबालीमा क्षति पुर्‍याउन थालेको छ। किराले मकैको पातमा पसेर गाभो समेत खाने गरेको छ।

पछिल्ला केही वर्ष यता मकैमा अमेरिकन फौजी किराको प्रकोप देखिन थालेपछि यसको उत्पादनमा समेत ह्रास आउने आएको छ। फौजी किराको प्रकोप नियन्त्रणका लागि जैविक विषादी र रासायनिक विषादीको प्रयोग गर्न सकिने प्राविधिक बताउँछन्।

किरा नियन्त्रणका लागि विषादी वितरण गर्ने कार्य भइरहेको कृषि ज्ञान केन्द्रका कृषिप्रचार अधिकृत चन्दले जनाए। स्थानीय तहको कृषि शाखाहरूको समन्वयमा किसानलाई विषादी वितरण गरिरहेका उनले बताए। प्रकोप देखिएका सबै बारीमा विषादी छर्केपछि मात्रै किराको प्रकोप नियन्त्रण हुने बताइएको छ।

बैतडीमा १३ हजार हेक्टर क्षेत्रफल जमिनमा मकै खेती गरिंदै आएको छ। फौजी किराको प्रकोप देखापरेकाले यस वर्ष उत्पादनमा ह्रास आउने प्राविधिकहरू बताउँछन्।
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४५ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस