पशुपतिनगर नाकाबाट नेपाली कामदार भित्रिँदै
११ जेष्ठ २०७७
•
२ मिनेट पाठ
पशुपतिनगर नाकाबाट नेपाली कामदार भित्रिँदै
इलामको पशुपतिनगरस्थित सीमा नाकाबाट भित्रिने नेपालीको -यापिड डाइनोस्टिक टेस्ट (आरडिटी) गर्न पशुपतिनगर गेटको सडकमै तयार गरिएको सामाजिक दूरीसहितको संकेत। तस्बिर:नागरिक
पूर्वी सीमासँग जोडिएका भारतीय क्षेत्रमा काम गरेर फर्किने चाहने नेपाली कामदारलाई आइतबार (आज)देखि नेपाल प्रवेश दिइँदैछ। पशुपतिनगर नाकाबाट भित्रिने व्यक्तिलई राख्न पशुपतिनगरसहित आसपासका विभिन्न स्थानमा ४ सय जना क्षमताको क्वारेन्टाइन तयार गरिएको छ।  

यो नाकाबाट आउने व्यक्तिको संख्या यकिन नभएपनि जिल्ला प्रशासन कार्यालयले करिब ५ हजार युवा यही बाटो भएर आउन सक्ने अनुमान गरेको छ। तर, भारतमा काम गरिरहेका सबै नेपाली युवासँग सम्पर्क हुन नसकेकाले यो विवरण यकिन भइनसकेको कार्यालयले जनाएको छ।  

जिल्लास्तरीय संकट व्यवस्थापन केन्द्र र पशुपतिनगर नाका रहेको सूर्याेदय नगरपालिकाको समन्वयमा क्वारेन्टाइन व्यवस्थापन गरिएको छ। तर, नाका भित्रिनेबित्तिकै ¥यापिड डाइनोस्टिक टेस्ट (आरडिटी) गरेर उनीहरूलाई सम्बन्धित जिल्ला पठाइने सूर्याेदय नगरपालिकाले जनाएको छ। नगरले १ नम्बर प्रदेशका युवाको चाहिँ पोलिमर चेन्ज रियाक्सन (पिसिआर)समेत जाँच गर्नेबारे समन्वय गरिरहेको छ। मेयर रणबहादुर राईले आइतबार दोलखाका ७० युवा पशुपतिनगर नाकाबाट भित्रिने बताए। ‘आरडिटी रिपोर्ट नेगेटिभ देखिएकालाई तत्कालै सम्बन्धित जिल्ला पठाइनेछ,’ उनले भने, ‘आरडिटी पोजिटिभ देखिएका युवामात्र केही समय क्वारेन्टाइनमा बस्नेछन्।’  

नाका भित्रिनेको आरडिटी गर्न पशुपतिनगर गेटको सडकमै सामाजिक दूरीसहितको संकेत तयार गरिएको छ। सडकमा पाल टाँगेर उनीहरूलाई अस्थायी रूपमा बस्नसक्ने प्रबन्ध मिलाइएको छ। पशुपतिनगरस्थित सहरी स्वास्थ्य केन्द्र र सार्वजनिक विद्यालयको भवनमा सय तथा पञ्चकन्याको फरफोक र कन्यामको कृष्णश्रम माध्यमिक विद्यालयमा डेढ÷डेढ सय जना अटाउने क्वारेन्टाइन रहेको मेयर राईले बताए।  

दार्जिलिङ, मिरिक, कापिम्पोङ, सिक्किमलगायत क्षेत्रमा रहेका युवा भारतमा रेल सेवा सञ्चालन भएपछि पशुपतिनगर नाका भएर देश भित्रिने भएका हुन्। लकडाउनयता नै ८÷१० युवा रातिको समय पारेर सुरक्षाकर्मीको आँखा छल्दै पशुपतिनगर आसपासबाट भित्रिएका थिए। उनीहरूलाई क्वारेन्टाइनमा राखिएको थियो। इलाममात्र नभई अन्य जिल्लाबाट समेत हजारौं युवा मौसमी काम गर्न भारत गएका छन्। उनीहरू वर्षमा ८ महिना उता काम गरेर अरू समय घर फर्किने गरेका छन्। भारतमा काम गरिरहेका कति संख्याका नेपाली यो नाकाबाट आउँछन् भन्ने यकिन तथ्यांक चाहिँ नभएको प्रशासन कार्यालयका शाखा अधिकृत सफल पोर्तेलले बताए।  

जिल्ला समन्वय समितिले स्थानीय तहहरूलाई पत्र लेखेर आफ्नो क्षेत्रबाट कति संख्याका युवा विदेशमा छन् भन्ने विवरण माग गरेको थियो। तर, सबै स्थानीय तहबाट विवरण नआएको समन्वय समितिको कार्यालयका सूचना अधिकारी कुमार निरौलाले बताए। ‘१÷२ स्थानीय तहबाहेक अन्यबाट विवरण आएन,’ उनले भने, ‘विवरण माग गरिएलगत्तै बाहिर काम गरेर बसेका इलामले युवालाई तत्कालै जिल्ला नल्याइने, बरु जहाँ बसेका छन्, उतै राहत वितरण गर्ने जिल्लास्तरीय निर्णय भएपछि विवरण संकलनको काम भएन।’

इलामसँग भारतको सीमा साढे ५२ किलोमिटर जोडिएको छ। खुला सीमा रहेका यी भू–भागबाट अनाधिकृत ढंगले कसैलाई आउ–जाउ गर्न नदिन सशस्त्र प्रहरी बलका १६ र नेपाल प्रहरीका १२ इकाई सीमा क्षेत्र आसपासमा राखिएको जिल्ला प्रशासनले जनाएको छ।
अर्को समाचार
पशुपतिनगर नाकाबाट नेपाली कामदार भित्रिँदै
११ जेष्ठ २०७७
•
२ मिनेट पाठ
पशुपतिनगर नाकाबाट नेपाली कामदार भित्रिँदै
इलामको पशुपतिनगरस्थित सीमा नाकाबाट भित्रिने नेपालीको ¥यापिड डाइनोस्टिक टेस्ट (आरडिटी) गर्न पशुपतिनगर गेटको सडकमै तयार गरिएको सामाजिक दूरीसहितको संकेत। तस्बिर : नागरिक
पूर्वी सीमासँग जोडिएका भारतीय क्षेत्रमा काम गरेर फर्किने चाहने नेपाली कामदारलाई आइतबार (आज)देखि नेपाल प्रवेश दिइँदैछ। पशुपतिनगर नाकाबाट भित्रिने व्यक्तिलई राख्न पशुपतिनगरसहित आसपासका विभिन्न स्थानमा ४ सय जना क्षमताको क्वारेन्टाइन तयार गरिएको छ।  

यो नाकाबाट आउने व्यक्तिको संख्या यकिन नभएपनि जिल्ला प्रशासन कार्यालयले करिब ५ हजार युवा यही बाटो भएर आउन सक्ने अनुमान गरेको छ। तर, भारतमा काम गरिरहेका सबै नेपाली युवासँग सम्पर्क हुन नसकेकाले यो विवरण यकिन भइनसकेको कार्यालयले जनाएको छ।  

जिल्लास्तरीय संकट व्यवस्थापन केन्द्र र पशुपतिनगर नाका रहेको सूर्योदय नगरपालिकाको समन्वयमा क्वारेन्टाइन व्यवस्थापन गरिएको छ। तर, नाका भित्रिनेबित्तिकै र्यानपिड डाइनोस्टिक टेस्ट (आरडिटी) गरेर उनीहरूलाई सम्बन्धित जिल्ला पठाइने सूर्योदय नगरपालिकाले जनाएको छ। नगरले १ नम्बर प्रदेशका युवाको चाहिँ पोलिमर चेन्ज रियाक्सन (पिसिआर)समेत जाँच गर्नेबारे समन्वय गरिरहेको छ। मेयर रणबहादुर राईले आइतबार दोलखाका ७० युवा पशुपतिनगर नाकाबाट भित्रिने बताए। ‘आरडिटी रिपोर्ट नेगेटिभ देखिएकालाई तत्कालै सम्बन्धित जिल्ला पठाइनेछ,’ उनले भने, ‘आरडिटी पोजिटिभ देखिएका युवामात्र केही समय क्वारेन्टाइनमा बस्नेछन्।’  

नाका भित्रिनेको आरडिटी गर्न पशुपतिनगर गेटको सडकमै सामाजिक दूरीसहितको संकेत तयार गरिएको छ। सडकमा पाल टाँगेर उनीहरूलाई अस्थायी रूपमा बस्नसक्ने प्रबन्ध मिलाइएको छ। पशुपतिनगरस्थित सहरी स्वास्थ्य केन्द्र र सार्वजनिक विद्यालयको भवनमा सय तथा पञ्चकन्याको फरफोक र कन्यामको कृष्णश्रम माध्यमिक विद्यालयमा डेढ/डेढ सय जना अटाउने क्वारेन्टाइन रहेको मेयर राईले बताए।  

दार्जिलिङ, मिरिक, कापिम्पोङ, सिक्किमलगायत क्षेत्रमा रहेका युवा भारतमा रेल सेवा सञ्चालन भएपछि पशुपतिनगर नाका भएर देश भित्रिने भएका हुन्। लकडाउनयता नै ८/१० युवा रातिको समय पारेर सुरक्षाकर्मीको आँखा छल्दै पशुपतिनगर आसपासबाट भित्रिएका थिए। उनीहरूलाई क्वारेन्टाइनमा राखिएको थियो। इलाममात्र नभई अन्य जिल्लाबाट समेत हजारौं युवा मौसमी काम गर्न भारत गएका छन्। उनीहरू वर्षमा ८ महिना उता काम गरेर अरू समय घर फर्किने गरेका छन्। भारतमा काम गरिरहेका कति संख्याका नेपाली यो नाकाबाट आउँछन् भन्ने यकिन तथ्यांक चाहिँ नभएको प्रशासन कार्यालयका शाखा अधिकृत सफल पोर्तेलले बताए।  

जिल्ला समन्वय समितिले स्थानीय तहहरूलाई पत्र लेखेर आफ्नो क्षेत्रबाट कति संख्याका युवा विदेशमा छन् भन्ने विवरण माग गरेको थियो। तर, सबै स्थानीय तहबाट विवरण नआएको समन्वय समितिको कार्यालयका सूचना अधिकारी कुमार निरौलाले बताए। ‘१÷२ स्थानीय तहबाहेक अन्यबाट विवरण आएन,’ उनले भने, ‘विवरण माग गरिएलगत्तै बाहिर काम गरेर बसेका इलामले युवालाई तत्कालै जिल्ला नल्याइने, बरु जहाँ बसेका छन्, उतै राहत वितरण गर्ने जिल्लास्तरीय निर्णय भएपछि विवरण संकलनको काम भएन।’

इलामसँग भारतको सीमा साढे ५२ किलोमिटर जोडिएको छ। खुला सीमा रहेका यी भू–भागबाट अनाधिकृत ढंगले कसैलाई आउ–जाउ गर्न नदिन सशस्त्र प्रहरी बलका १६ र नेपाल प्रहरीका १२ इकाई सीमा क्षेत्र आसपासमा राखिएको जिल्ला प्रशासनले जनाएको छ।  
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस